

काठमाडौँ–सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ।
सोमबार बिहान पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक सुरु भएको हो।
बैठकमा पार्टीका पछिल्ला गतिविधि, राजनीतिक समसामयिक गतिविधि, आगामी आर्थिक वर्षको बजेटबारे छलफल हुनेछ। साथै गृहमन्त्री रमेश लेखकबारे पनि छलफल केन्द्रित हुने बताइएको छ। बैठकमा गृहमन्त्री लेखकसँगै प्रमुख सचेतक श्याम घिमिरे पनि उपस्थित छन्।
आजको बैठकले गृहमन्त्री लेखकबारे आधिकारिक धारणा बनाउने बताइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा दुरुपयोग गरी दैनिक घुस लिने गरेको गृहमन्त्री लेखकलाई आरोप लागेको छ। उनले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने माग भइरहेको छ।
यता गृहमन्त्री लेखकले भने आफूले कहिल्यै आर्थिक अनियमितता गरेको प्रमाणित गर्न सके राजनीतिबाटै राजीनामा दिने बताउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
चैनपुर– जिल्लामा सर्जरी र मानसिक रोग विशेषज्ञ डाक्टरहरूको अभावका कारण सहरका अस्पतालमा धाउनुपर्ने समस्या न्युनिकरण भएको छ। दुईजना स्थानीय डाक्टरहरू
विशेषज्ञता हासिल गरेर आफ्नै जिल्लामा सेवा दिन फर्किएका छन् ।
बझाङमै जन्मिएका सर्जन डा सन्दिप ओखेडा र मानसिक रोग विशेषज्ञ डा शैलेन्द्र प्रसाद जोशी हाल जिल्लामा सेवा दिन बझाङ पुगेका छन् । डा ओखेडाले यो भन्दा अगाडि जिल्लामा सेवा दिएको भएपनि थप शिक्षा हासिलको लागि बाहिरिएका थिए।
जिल्लामा डा ओखेडा जस्तै अन्य विशेषज्ञ डा आएपनि राजनीति पूर्वाग्रहका कारण सेवा दिन समस्या हुने गरेको छ । त्यसैले उनीहरू पनि जिल्लामा लामो समय टिक्न नसक्ने आमजनको आशंका कायम छ । डा ओखेडा जिल्लामा रहँदा स्वास्थ्य क्षेत्रमा सुधार गर्ने प्रयास गरेका थिए । कोरोनाको समयमा पनि उनले खेलेको भूमिका महत्वपूर्ण रहेको थियो । सेवा लिन आएका अधिकांस बिरामीहरू डा ओखेडाको स्वभावबाट सन्तुष्ट भएर फर्किने गरेका थिए।
स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा राजनीतिका पूर्वाग्रहबाट नहेरी योग्य जनशक्तिलाई जिल्लामा नै टिकाइ राख्नुपर्ने सेवाग्राहीको माग छ । जिल्लामा मानसिक समस्या बढेको छ।
मानसिक स्वास्थ्यबारे सर्वोच्चको ऐतिहासिक फैसला अनुसार तीनै तहका सरकारले मानसिक स्वास्थ्य शाखा खोल्नुपर्ने, मानसिक स्वास्थ्य संरचनालाई वार्षिक बजेट विनियोजन, सबै अस्पतालमा मानसिक स्वास्थ्य परामर्शकर्मीको दरबन्दी लगाएत काम सहितको आदेश जारी गरेको छ ।
विशेषज्ञ डाक्टरहरूलाई बझाङमै राख्न आवश्यक औषधि, उपकरण र आवास सुविधा उपलब्ध गराउन सरकारसँग आग्रह गरिएको छ ।
स्थानीय पत्रकार तथा नागरिक समाजले यो विषयलाई गम्भीर रूपमा उठाउँदै जिल्ला अस्पताल बझाङमा सर्जरी तथा मानसिक रोग विशेषज्ञको स्थायी व्यवस्था गर्न माग गरेका छन्।
आत्महत्याका घटना बढ्दै
बढ्दो आत्महत्या न्यूनीकरणका लागि प्रभावकारी कार्यक्रम हुन सकेका छैनन् । हरेक वर्ष आत्महत्याका घटनामा वृद्धि भएपनि सरोकारवाला पक्षले यस्ता घटना न्यूनीकरणका लागि प्रभावकारी कार्यक्रम गर्न सकेका छैनन् ।
आत्महत्या गर्ने व्यक्तिलाई समयमै परामर्श, सहयोग र प्रोत्साहन हुन सकेको छैन । यसर्थ आत्महत्याका घटना हरेक वर्ष बढ्दो रहेको छ । बझाङमा हरेक वर्ष आत्महत्याका घटनामा वृद्धि हुँदै गएको छ । अघिल्लो वर्षको तुलनामा गत आ व २०८०–०८१ मा आत्महत्या गर्ने बढेको स्वास्थ्य कार्यालयकोे तथ्याङ्कमा उल्लेख छ । घरायसी समस्या, आवेग, डिप्रेसन, दीर्घरोग, लगायतका कारणले आत्महत्या बढेको स्वास्थ्य कार्यालय बझाङले जनाएको छ ।
अघिल्लो आव २०७८–०७९ मा जिल्लाभर २६ जनाले आत्महत्या गरेकामा आव २०७९–०८० मा २६ जनाले आत्महत्या गरेको तथ्याङ्कले देखाएको छ । आत्महत्या गर्नेमा झुन्डिएर र नदिमा हाम फालेर देह त्याग गर्ने बढी रहेका छन् । तुलनात्मक रूपमा किशोरी र महिलाहरूले बढी आत्महत्या गर्ने गरेका छन् ।
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । आज नेकपा (माओवादी केन्द्र) र गंगानारायण श्रेष्ठले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीका बिचमा पार्टी एकीकरण हुने भएको छ ।
सोमबार बिहान ११ः३० बजे ललितपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्यांक्वेटमा पार्टी एकीकरण घोषणा सभा राखिएको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।
घोषणासभा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।
सामाग्री श्रोत :
काठमाडौँ । ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले हालै एप्पलका पूर्व मुख्य डिजाइनर जोनी आइभको स्टार्टअप आईओ (io) किन्न लागेको घोषणा गर्दै प्रविधि क्षेत्रलाई आश्चर्यचकित पारे । ओपनएआईले आईओ किन्न ६.५ अर्ब डलर खर्च गर्ने जानकारी दिइएको छ ।
यस घोषणापछि एप्पलको शेयर मूल्यमा २.३ प्रतिशतले गिरावट आएको छ । प्रविधि क्षेत्रमा प्रभावशाली व्यक्तित्व मानिने अल्टम्यान र आइभबिचको सहकार्यलाई विश्लेषकहरूले अनौठो र आशाजनक ठानेका छन् ।
जोनी आइभले आईपड, आईफोन, आईप्याडदेखि एयरपड्ससम्मका चर्चित एप्पल उत्पादनहरूको डिजाइनमा भूमिका खेलेका थिए । उनले एप्पलका सह-संस्थापक स्टिभ जब्ससँग मिलेर विश्व बदल्ने उत्पादनहरूमा काम गरिसकेका छन् ।
२०१९ मा एप्पलबाट अलग भएपछि आइभले ‘लभफ्रम’ (LoveFrom) नामक आफ्नै डिजाइन कम्पनी स्थापना गरेका थिए । हाल ओपनएआईले ‘लभफ्रम’ नकिन्ने तर आइभकै नेतृत्वमा रहेको ‘आईओ’ नामक स्पिन-अफ कम्पनीलाई खरिद गर्ने बताएको छ ।
‘आईओ’ मा एप्पलका तीन पूर्वकर्मचारीसहित ५५ कर्मचारी छन् । अब उनीहरूले ओपनएआईको नयाँ हार्डवेयर डिभिजनमा काम गर्नेछन् । सो डिभिजनको नेतृत्व पिटर वेलिन्डरले गर्नेछन् ।
ओपनएआईले निर्माण गर्न लागेको नयाँ उत्पादन कस्तो हुनेछ भन्ने खुलाइएको छैन । तर कम्पनीले यसलाई सन् २०२६ को अन्त्यमा सार्वजनिक गर्ने योजना बनाएको छ । अल्टम्यानका अनुसार यो नयाँ एआई उपकरण पूर्ण रूपमा प्रयोगकर्ताको परिवेशबारे सचेत रहने र अघिल्लो पुस्ताका कुनै पनि उपकरणभन्दा फरक तथा प्रभावशाली हुने अपेक्षा गरिएको छ ।
प्रारम्भिक संकेतअनुसार यो उत्पादन न त स्मार्टफोन, न चस्मा, न घडीजस्तो हुनेछ । कतिपयले यसलाई ‘Humane AI Pin’ जस्तै स्क्रिनविहीन उपकरणको परिकल्पना गरेका छन् । तर आइभले यस्ता उपकरणहरूलाई निकै कमजोर भनेका छन् । एआईमा ओपनएआईको अनुभव र हार्डवेयरमा आइभको डिजाइन क्षमताले यस परियोजनाप्रति ठुलो उत्सुकता देखिएको छ । तर प्राविधिक चुनौतीहरू पनि छन् ।
क्लाउडमा आधारित प्रणाली हुने हो भने उपकरण इन्टरनेट नहुँदा प्रयोग गर्न नसकिने र ढिलाइ देखिने सम्भावना प्रबल छ । प्रविधि विश्लेषकहरूका अनुसार अल्टम्यान–आइभको सहकार्यले स्मार्टफोनको विकल्प बन्न सक्ने नयाँ युगको सुरुवात हुन सक्छ । तर मोबाइल फोनको बलियो उपस्थितिलाई हटाएर नयाँ मापदण्ड स्थापित गर्न सक्नेछ वा सक्दैन भन्ने प्रश्न भने अझै अनुत्तरित छ ।
पछिल्लो अध्यावधिक: जेठ १२, २०८२ ८:४३
सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ – न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्स्टन पिटर्स नेपालको औपचारिक भ्रमणमा आउने भएका छन् ।
उनी यही जेठ १४ गते नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । दुईदिने भ्रमणका क्रममा उपप्रधानमन्त्री पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने बताइएको छ ।
त्यसैगरी, उनले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

हेटौँडा । बागमती प्रदेशको प्रदेश खेलकुद परिषद हेटौंडाले २ करोड १६ लाखको सामान सोझै खरिद गरेको पाइएको छ । बितेको आर्थिक वर्षमा खेलकुद परिषद्ले ठुलो रकमलाई ४४ वटा टुक्रा बनाएर विभिन्न फर्महरुलाई वितरणमुखी ढंगले सोझै खरिद गरेको हो ।
सार्वजनिक खरिद ऐन अनुसार २० लाख रुपैयाँ भन्दा माथीको रकममा काम गर्दा ठेक्का मार्फत गराउनुपर्ने कानूनी व्यवस्था रहेको भएपनि २ करोड भन्दा धेरै रकमको काम सोझै खरिद गरेकोमा महाँलेखा परिक्षकको कार्यालयले प्रश्न उठाएको छ ।
खेलकुद परिषद्ले ४४ वटा र्फमबाट अन्तर प्रदेश राष्ट्रिय खेलकुदको उद्घाटन र समापनका लागि भनेर खेल स्थल निर्माण, खेल सामाग्री खरिद, साउण्ड सिस्टम, झण्डा, खादा, छपाइ सम्वन्धी काम लगायतका क्षेत्रमा सोझै खरिद गरेकोमा महाँलेखा परिक्षकको कार्यालयले प्रश्न उठाएको हो ।
यसैगरी महाँलेखाले यस परिषद्ले बितेको आर्थिक वर्षमा विभिन्न संघसंस्थालाई दिएको अनुदानका विषयमा पनि प्रश्न उठाएको छ । अनुदान रकम दिएपनि काम भए नभएको र अनुदानको सदुपयोग भए नभएको विषयमा महालेखाले प्रश्न गरको हो ।
सामाग्री श्रोत :
बागमती प्रदेशको प्रदेश खेलकुद परिषद्ले २ करोड १६ लाखको सामान सोझैं खरिद

काठमाडौं – संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको दुईवटा संसदीय समितिको बैठक आज बस्दैछन् । आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र अर्थ समितिको बैठक बस्न लागेको हो ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, अर्थ समितिको बैठक मध्याह्न १२ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा सरोकारवाला र विज्ञसँग छलफल हुने सचिवालयले जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुका साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशको उच्चपहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
आज राति भने, कोशी, मधेश र बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेश र बागमती प्रदेश प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सामाग्री श्रोत :

एजेन्सी –रुसले युक्रेनमा अहिले सम्मकै ठूलो हवाई आक्रमण गरेको छ । मस्कोको अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमणपछि युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसलाई कडा दबाब नदिएसम्म यस्ता आक्रमण नरोकिने बताएका हुन् । साथै जेलेन्स्कीले अमेरिकाको मौनताले राष्ट्रपति भ्लादिमिर पुटिनलाई प्रोत्साहित गरिरहेको आरोप लगाएका छन् ।
रुसले हालै युक्रेनमा ३६७ ड्रोन र मिसाइलहरू प्रहार गरेको थियो । २०२२ मा पुटिनले पूर्ण–स्तरीय आक्रमण शुरू गरेपछि एकै रातमा भएको यो सबैभन्दा ठूलो आक्रमण हो ।
रुसले युक्रेनमाथि अत्याचार गरिरहेको राष्ट्रपति जेलेन्स्कीले प्रतिक्रिया दिए । युक्रेनभरि व्यापक आक्रमणमा तीन बालबालिकासहित कम्तिमा १२ जनाको मृत्यु भएको छ र दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ ।
यस्तै युरोपेली संघको विदेश नीति प्रमुख काजा कालासले रातभरको आक्रमणले रुस युक्रेनलाई पूर्ण रूपमा ध्वस्त पार्ने लक्ष्यमा रहेको देखाएको बताए । उनले रुसमाथि थप अन्तर्राष्ट्रिय दबाब दिन पनि आह्वान गरेका छन् ।
यसैबीच पछिल्लो तीन दिनमा दुवै पक्षले एकअर्कालाई तीन सयभन्दा धेरै सेना फिर्ता गरेका छन् । युक्रेनी अधिकारीहरूले रुसी कैदबाट फर्किएका धेरैलाई यातना दिइएको र खानाबाट समेत वञ्चित गरिएको बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
अनावश्यकरुपमा सामाजिक संजालको दुरुपयोग गर्नुपनि समस्या हो भन्ने कुरा बिभिन्न अध्ययनबाट पुष्टि भैसकेको छ l यसको सही सदुपयोगका कारण कतिपय ज्ञान, सिद्धान्त र अभ्यास सिकेर आफूलाई सफल बनाउन सकेका उदाहरणहरु पनि प्रशस्त देखिएका छन् l यहाँ सामाजिक संजालको दुरुपयोग भन्नाले त्यस्ता ब्यक्ति वा प्रयोगको माध्यम (अकाउन्टस्) लाई बुझिन्छ, जसका कारण समाजमा नकारात्मक भावना वा तरङ्ग फैलिन गई त्यसको असर अन्य व्यक्तिमा स्थानान्तरण हुन सक्छ l यसै सन्दर्भमा सामाजिक सञ्जालको नकारात्मक प्रयोगकर्ताको मोटामोटी वर्गीकरण देहाय अनुसार गर्न सकिन्छl
१. समाजमा नकारात्मक सन्देश वा बिज्ञापन फैलाउने प्रयोगकर्ता (स्पामर्स), जसमा कुनै महत्वपूर्ण सन्देश प्रवाह भएको हुँदैन र खाली क्षणिक आनन्द वा प्रयोगकर्ताको प्रतिक्रिया जान्नका लागि मात्र हुने गर्छ l यस्ता प्रयोगकर्ताहरु प्राय: आफूलाई अरुसँग तुलना गर्न रुचाउँछन् र यस प्रकारको भावनाले उनीहरुमा इर्ष्या र नकारात्मक भावनाको विकास हुन जान्छl
२. कुनै लेख, टिप्पणी वा फोटो प्रति सकारात्मक भावनाले अर्थ नलगाई तुरुन्तै नकारात्मक भावना पैदा गरी असान्दर्भिक र नकारात्मकरुपमा प्रतिक्रिया प्रवाह गर्ने प्रवृतिका कारण सोहि स्वभाव भएका अन्य ब्यक्तिहरु उचालिने हुनाले समाजमा उद्दण्डता र बिचारको विषाक्तता फैलिन सक्छl
३. सामाजिक संजालमा नकारात्मक भावना फैलाउने ब्यक्तिहरुले नक्कली नाम वा परिचय सृजना गरी अरुको नाममा अनावश्यक सन्देश वा भ्रम फैलाउने गर्दछन् l यसबाट अरुको बदनाम गर्ने, तनाव पैदा गर्ने र आफुले कसैबाट लाभ प्राप्त गर्ने ( कसैको माध्यममा काम गरेको भएमा ) प्रबृत्ति हावी भएको पाइन्छl
४. समुदाय वा ब्यक्ति विशेषलाई कुनै फाइदालाई नसोची आफूमात्र चर्चित हुनका लागि अनावश्यक सन्देश, कविता, फोटो, भिडियो, प्रतिक्रिया वा टिप्पणी गर्ने प्रयोगकर्ता यस वर्गमा पर्छन् l समाजमा खासै योगदान नहुने र आफुलाई सधै सामाजिक संजालमा कुनै न कुनै रुपमा संलग्न गराई प्रतिष्ठा स्थापित गर्न खोज्नेहरुबाट यस प्रकारको काम भई रहेको पाइन्छl
५. आफ्नो छवी कायम गर्न वा अभियान्ताको दर्जा कायम राख्न सामाजिक संजालको प्रयोग गर्ने जसलेगर्दा मौकामा चौका पाउने आशाका अभिलासिहरुले यस प्रकारले संजालको प्रयोग गरेको पाईन्छ र यस्ता ब्यक्तिहरु मद्धे नगन्य मात्रामा केहिले फाइदा लिएको उदाहरण पनि देख्न सकिन्छ l
६. कुनै परिस्थितिमा तयार भएको विषयवस्तुलाई सो परिस्थिति गुज्रिसकेपछि वा त्यसको औचित्य समाप्तिपछि सोहि सामाग्रीलाई बारम्वार सामाजिक संजालमा सियर गरिदिने, जसले गर्दा मूल सन्देशकर्तामा नकारात्मक आंचमा असर पर्न सक्छl
हाल सामाजिक संजाल प्रयोग गर्ने नाममा बिभिन्न बिकृतिहरु छताछुल्ल भएको अनुभव जोकोहीले गर्न सकिन्छ l सामाजिक संजालको अनिधिकृत प्रयोगबाट प्रयोगकर्ताको व्यक्तिगत जीवनका बिभिन्न आयामहरुमा समस्या देख्न सकिन्छ l यसबाट समाजमा रहेको अनुसाशन, मान्यता र सामाजिक परिपाटीमा नकारात्मक असर परेको अनुभव गर्न सकिन्छ l बिद्युतीय माध्यमको अनावश्यक प्रयोगबाट देखिने केहि नकारात्मक प्रभाव देहाय अनुसार रहेका छन्l
(१) अनावश्यकरुपमा सामाजिक संजालको प्रयोगकर्ताको पारिवारिक वा सामाजिक बिच्छेदले गर्दा एकान्तपना हुनु हो l सोका कारण त्यस्ता प्रयोगकर्ताले सञ्जाल मार्फत ब्यक्त बिचार आफ्नो रुची वा विज्ञतासंग नभई भावनात्मक रुपमा अनावश्यक चासो देखाई आफ्ना तिक्तता जाहेर गरिरहेका हुन्छन् l कुनै पनि व्यक्तिले संजालमा राखेका कतिपय बिचारहरु वास्ता नगरेपनि हुन्छन् l किनकी सबै विषयमा सबै ब्यक्ति जानकार हुन् सक्दैन तथापि यस्ता सामाजिक संजाल प्रयोगकर्ताले आफ्ना प्रतिक्रिया जाहेर गरिरहेका हुन्छन र त्यस्ता ब्यक्तिहरु व्यक्तिगत भेटघाट वा छलफलबाट भन्दा सामाजिक संजालबाट प्रतिक्रिया ब्यक्त गर्न रुचाउछन जसले गर्दा उनीहरुमा सामाजिक बिच्छेद वा एकलौटेपनाको विकास हुन पुग्छl
(२) सामाजिक सञ्जालबाट प्राप्त विवरणहरु सबै सत्य र तथ्य नहुने हुन्छन l अनावश्यकरुपमा सामाजिक संजाल प्रयोगकर्तामा कुन सत्य, तथ्य वा सामाजिक चासोको बिषय हो, त्यसको प्रवाह नगरी प्रकाशित सामाग्री प्रति आफु प्रतिक्रियाशील (रियाक्टिभ) भई नकारात्मक भावना सम्प्रेषण गरेका कारण आफ्नो आत्म-सम्मान गुमाइरहेका हुन्छन् l त्यसता व्यक्तिहरुमा असन्तुष्टि र नकारात्मक संवेगात्मक प्रणालीको बिकास हुन जान्छ र सोहीअनुसारको प्रतिक्रिया सामाजिक सञ्जालमा प्रवाह भइरहेको पाइन्छl
(३) अनावश्यकरुपमा घन्टौंसम्म सामाजिक संजालको प्रयोगकर्तामा अस्वभाविक व्यवहार वा चरित्रको विकास हुन सक्छ l यस्ता प्रयोगकर्तामा आफ्नो महत्वपूर्ण समयको ख्याल हुँदैन र राति अवेरसम्म वा बिहान बिस्तरामै बिभिन्न बिधुतिय माध्यम मार्फत संजालको निकटमा रहने आदत बस्छ l यसले गर्दा उनीहरुमा गहिरो निन्द्रामा जाने क्षमता गुम्दै जान्छ l पर्दामा लगातार घोत्लिदा निलो विकिरणको असरले शरीरमा मेलाटोनिन हर्मोनको उत्पादनमा समस्या हुन्छ, जसलेगर्दा निन्द्रामा समस्या उत्पन्न भई मानसिक समस्याको बिकास हुन सक्छl
सन् २०२३ मा गरेको एक सर्वेक्षण अनुसार ११ देखि १९ बर्ष उमेर समुहका करिव ४१ प्रतिसत व्यक्तिलाई कुनै न कुनै प्रकारको मानसिक समस्या उत्त्पन्न भएको तथ्य प्रकाशन भएको छl
(४) सामाजिक संजालको अत्यधिक प्रयोगकर्तामा संवेगात्मक चोट ( रिसाउने, नकारात्मक सोचाइ, अनावश्यक डर, आत्मसम्मानमा कमी र सामान्य सोचाइमा भिन्नता )को विकास हुँदै जान्छ, जसलाई साइबरबुलिङ भनिन्छ l एक अध्ययनका अनुसार साइबरबुलिंगको चपेटामा परेका कुल १३ देखि १९ वर्षका व्यक्तिहरु मध्ये करिव १० प्रतिसत साइबरबुलिंगको लक्षण देखा परेको पाईएको छ र जसलाई सो उमेर समुहमा देखिने मानसिक रोगको प्रमुख कारण मानिएको छl
(५) लागातर लामो समयसम्म सामाजिक संजालको लतको बाढीले गर्दा व्यक्तिको एकाग्रता र व्यक्तिगत विकासका गतिविधिहरुमा अवरोध उत्पन्न हुन्छ l कुनै काम, जिम्वेवारी वा अध्ययन प्रतिव्यक्तिको चासो हराउँदै जान्छ र आफूलाई सञ्जालको एक अभिन्न अंगको रुपमा अङ्गिकार गरी आफ्ना व्यवहारहरु प्रकट गर्दै जान थाल्छ र क्रमशः मानसिक र शारीरिक रुपमा ब्यक्ति कमजोर बन्दै जान्छl
(६) सामाजिक सीप वा सिकाईमा नकारात्मक प्रभाव बढ्दै जानु अर्को एक सामाजिक सञ्जालको अत्यधिक प्रयोगकर्तामा देखिने प्रभाव हो l बिशेष गरेर यस्तो प्रभाव देखा पर्दा आमने सामने छलफल र अन्तरक्रियामा कम सहभागी हुने, आत्मनिर्भरतामा कमी हुँदै जाने र नकारात्मकरुपमा टिप्पणी गर्न अग्रसरता देखाउने प्रवृत्तिको बिकास हुँदै जान्छ l आफ्ना टिप्पणी वा संदेश प्रति कसको समर्थन वा विरोध छ, चासो राखी बिरोधी प्रति पूर्वाग्रही भावना राख्ने प्रवृत्तिको विकास हुँदै जान्छl
(७) सामाजिक संजालको अनाधिकृत प्रयोगकर्ताले संजालमा उपलब्ध गलत सन्देशहरुलाई सेयर, लाईक र टिप्पणी गरिदिनाले समाजमा भ्रम उत्पन्न हुने र गलत समाचार फैलिन सक्छ l यस्ता ब्यक्तिहरुमा कुन बिषय प्रति आफ्नो प्रतिक्रिया ब्यक्त गर्न उपयुक्त हुन्छ भन्ने ख्याल नगरी एककोहोरोरुपमा आफ्ना कुरा पस्किरहेका हुन्छन् l यस्तो अवस्था भनेको सामाजिक संजालको व्यक्तिमाथि परेको दवाव हो र यसका कारण व्यक्तिका कतिपय महत्वपूर्ण कामहरु छुट्न सक्छन् र उसमाथि समय व्यवस्थापनको दवाव पनि सृजना हुन जान्छl
अन्त्यमा, सामाजिक संजालको सन्तुलित प्रयोगबाट आफ्ना बिचारलाई संयमित गर्न सकिन्छ l दैनिक कुनै समयमा मात्र यसको प्रयोग गर्ने र हप्तामा कुनै १ दिन यसको प्रयोग नै नगर्ने अभ्यास गर्नु उपयुक्त मानिन्छ र यसलाई सामाजिक संजालको उपवास पनि भन्ने गरिन्छ l यसबाट व्यक्तिले अनावश्यकरुपमा सामाजिक संजालको कुलत छोडी ऊर्जाशील काममा लाग्न प्रेरित गर्छl
( ज्ञवाली जनस्वास्थ्य बिज्ञ हुन्)
सामाग्री श्रोत :
swasthyakhabar







