
लेखनाथ (कास्की)। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा विधेयकसम्बन्धी भएका छलफलले अन्तिम रूप लिन लागेकाले यथाशीघ्र ऐन आउने बताएका छन्। प्रिन्सिपल एसोसिएसन अफ नेपाल (पान)को दोस्रो शिखर सम्मेलनलाई आज पोखरामा सम्बोधन गर्दै उनले आगामी साउनभित्र शिक्षा ऐन ल्याउने गरी तयारी भइरहेको उल्लेख गरे।
शिक्षा विधेयक पारित गर्न शिक्षक महासंघको सहयोग आवश्यक रहेको बताउँदै मन्त्री पन्तले शिक्षा मन्त्रालय महासंघसँग छलफल र वार्ता गरी अगाडि बढ्न तयार रहेको बताए। ‘उत्कृष्ट शिक्षा ऐन ल्याउन सक्यौँ भने शिक्षा क्षेत्रको विकास दु्रतगतिमा अगाडि बढ्ने विश्वाससहित महासंघसँग सहकार्य र समन्वय आवश्यक परेको हो’, उनले भने।
आगामी आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्रको विकासका लागि यथास्थितिमा बजेट छुट्याइएकाले उल्लेख्य उपलब्धि प्राप्त गर्न केही असहज हुनसक्ने मन्त्री पन्तले धारणा राखे । ‘विदेशको तुलनामा नेपालमा शिक्षा क्षेत्रमा बजेट कम छुट्याउने गरिन्छ, त्यसले समग्र विकासमा केही बाधा पर्ने देखिन्छ। चालु आवमा जति बजेट थियो, त्यति नै आगामी आवका लागि छुट्याउँदा शिक्षा क्षेत्रको विकास गर्न केही असहज परिस्थिति आउनसक्ने अनुमान गरेका छौँ’, उनले भने।
शिक्षामा नयाँनयाँ प्रविधि र अभ्यासको प्रयोग विकास हुँदै गएकाले शिक्षक पनि प्रविधिमैत्री हुन जरुरी रहेको बताउँदै मन्त्री पन्तले गुणस्तरीय शिक्षण सिकाइ र व्यावहारिक शिक्षामा जोड दिन उनले सम्पूर्ण शिक्षकलाई आग्रह गरे। ‘प्राथमिक तहमा दरबन्दीभन्दा बढी शिक्षक भएकाले ती शिक्षकलाई निम्नमाध्यमिक र माध्यमिक तहमा समायोजन गर्ने तयारीमा छौँ’, उनले भने।
शिक्षक महासंघसँग भएका नौ बुँदे सहमतिप्रति शिक्षा मन्त्रालय गम्भीर रहेको बताउँदै मन्त्री पन्तले शिक्षा विधेयक पारित गर्न शिक्षकहरूको सहयोगको आवश्यकता औँल्याए।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्बरबहादुर थापाले विद्यालय तहको शिक्षामा सुधार गर्ने प्रमुख जिम्मेवारी प्रधानाध्यापकसहित सम्पूर्ण शिक्षकको भएकाले विद्यालयमा शैक्षिक वातावरण बनाउन आग्रह गरे। ‘शिक्षकहरूले आफ्नो अधिकारमात्र खोज्ने होइन, आफ्नो कर्तव्य पनि पूरा गर्नुपर्छ’, उनले भने।
शिक्षाविद् प्रा डा विद्यानाथ कोइरालाले शिक्षण सिकाइलाई प्रभावकारी बनाउँदै शिक्षामा नयाँ प्रविधि र अभ्यास प्रयोग गर्न शिक्षकहरूलाई आग्रह गरे। सम्मेलनमा सातवटै प्रदेशका उत्कृष्ट प्रधानाध्यापक, विद्यालय, पालिका तथा दीर्घसेवा प्रदान गरेका प्रधानाध्यापकलाई सम्मान गरिएको थियो।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनले शिक्षा क्षेत्रका समग्र पक्षलाई समेटेर पोखरा घोषणापत्र जारी गरिने पानले जनाएको छ। उक्त कार्यक्रम पानका अध्यक्ष सुदामप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो।
सामाग्री श्रोत :
काठमाडौँ । गुगलले आफ्नो नयाँ एआई मोडेल जेमिनाई २.५ प्रो अपडेट गरी सार्वजनिक गरेको छ । यो संस्करण पहिलेभन्दा थप सशक्त र बौद्धिक रहेको भन्दै कम्पनीले कोडिङका जटिल कार्यमा अन्य प्रतिस्पर्धी मोडेलभन्दा उत्कृष्ट भएको दाबी गरेको छ ।
यो अपडेटेड संस्करण हाल गुगलको एआई डेभलपर प्लेटफर्म एआई स्टुडिओ, भर्टेक्स एआई र जेमिनाई एपमा उपलब्ध छ भने केही सातामा सबैका लागि सार्वजनिक रूपमा उपलब्ध हुने जानकारी दिइएको छ ।
गुगलका अनुसार नयाँ जेमिनाई २.५ प्रोले प्रयोगकर्ताका अघिल्ला प्रतिक्रियालाई ध्यानमा राख्दै जवाफको शैली र संरचनामा सुधार ल्याएको छ । कोड एडिटिङमा यसले ८२.२ प्रतिशतको प्रदर्शन देखाएको छ भने गणित (AIME 2025) मा ८८ प्रतिशत र विज्ञान (GPQA) मा ८६.४ प्रतिशतको नतिजा ल्याएको छ ।
जटिल ज्ञान र तर्कशक्ति परीक्षण (Humanity’s Last Exam) मा पनि यसले २१.६ प्रतिशत स्कोर गर्दै अन्य मोडेलभन्दा अग्रस्थान कायम राखेको गुगलको दाबी छ ।
जेमिनाई २.५ प्रोको इनपुट मूल्य प्रति मिलियन टोकन १.२५ डलर तोकिएको छ भने आउटपुट मूल्य १० डलर रहेको छ । यसमा भिजुअल र भिडिओ बुझाइ, लामो सन्दर्भ सम्हाल्ने क्षमता र बहुभाषिक प्रदर्शनमा समेत सुधार देखिएको कम्पनीको भनाइ छ ।
गुगलले यो मोडेल अब इन्टरप्राइज स्तरको प्रयोगका लागि समेत उपयुक्त बनाइएको र यसमा थिङ्किङ बजेट (thinking budgets) जस्ता सुविधा समावेश गरिएको जनाएको छ । यसले डेभलपरलाई लागत र समय बचाउन सजिलो बनाउने विश्लेषण गरिएको छ ।
पछिल्लो अध्यावधिक: जेठ २३, २०८२ १३:११
सामाग्री श्रोत :
टेक पाना
झापा। कनकाई नगरपालिका–२ मा करेन्ट लाग्दा आज आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। हात्ती छेक्न लगाइएको तारबाट करेन्ट लाग्दा उनीहरू घाइते भएका हुन्।
स्थानीय फरकबहादुर बस्नेतको केरसाबारीमा बोडी टिप्न जाँदा उनीहरूलाई करेन्ट लागेको थियो। घाइते हुनेहरूरुमा कनकाई ४४ वर्षीय तुलाराम कार्की, २२ वर्षीया लक्ष्मी चौहान, ३५ वर्षीय गोपाल बस्नेत, ५८ वर्षीया डम्बरकुमारी बस्नेत, ६४ वर्षीय फरकबहादुर बस्नेत, २६ वर्षीया अनु खड्का, २२ वर्षीया सन्ध्या कार्की र १८ वर्षीय सलिन कार्की रहेका छन्।
घाइतेहरूको बीएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको र सबै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
आजै कमल गाउँपालिका–२ तोपगाछीमा बाथरुमा चिप्लिएर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय ९३ नरप्रसाद पौडेल छन्।
आफ्नै घरको बाथरूमबाट निस्कने क्रममा चिप्लिएर लड्दा उनी घाइते भएका थिए। उनलाई उपचारका लागि बिराटनगरस्थित टिचिङ अस्पतालमा लगिएको थियो। उपचारकै क्रममा सोही अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताए।
सामाग्री श्रोत :
काठमाडौँ । मधेस प्रदेशमा ‘स्कुल अफ एआई तथा रोबोटिक्स’ स्थापना हुने भएको छ । शुक्रबार बसेको मधेस प्रदेश सभाको बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उक्त योजना पेस गरेकी हुन् ।
“स्कुल अफ एआई तथा रोबोटिक्स पूर्वाधार तथा भवन संरचना निर्माणको कार्यलाई अघि बढाइनेछ,” उनले भनिन् । यसका साथै प्रदेशभर नै ‘एआई फर इफिसेन्सी’ शीर्षक अन्तर्गत एआई साक्षरता तथा प्रशिक्षण कार्यक्रम पनि सञ्चलनमा ल्याइने उनले बताइन् ।
यस्तै प्रदेशले आगामी आर्थिक वर्षमा सामुदायिक माध्यमिक विद्यालयहरूमा प्रविधिमैत्री गुणस्तरीय शिक्षा प्रदान गर्न स्मार्ट/डिजिटल बोर्डको व्यवस्था मिलाइने र सूचना तथा डिजिटल प्रविधिको विकास गरी गुणस्तरीय शिक्षामा जोड दिइने प्रदेश प्रमुख भण्डारीले बताइन् ।
स्पेस एन्ड कम्युनिकेसन सेन्टर तथा स्टार्टअप र इन्कुवेसन सेन्टर स्थापना हुने
विज्ञान र प्रविधिको विकासलाई समृद्धिको आधारका रूपमा अघि बढाउने लक्ष्यसहित मधेस प्रदेश सरकारले ‘साइन्स एन्ड टेक्नोलोजी इनोभेसन क्लस्टर्स’ अन्तर्गत विभिन्न केन्द्रहरू पनि स्थापना गर्ने भएको छ । प्रदेश प्रमुख भण्डारीका अनुसार, प्रदेश गौरवको आयोजनाको रूपमा रहेका यी केन्द्रहरूका लागि प्रविधिमैत्री वातावरण निर्माण, नवप्रवर्तनमा आधारित उद्यमशीलता प्रवर्धन र वैज्ञानिक अनुसन्धानलाई प्रोत्साहन गर्ने लक्ष्य लिइएको छ ।
पछिल्लो अध्यावधिक: जेठ २३, २०८२ २०:३१
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कन थालेको बताएका छन्।
एमाले उपत्यका विशेष प्रदेश कमिटीले आज यहाँ आयोजना गरेको ‘आर्थिक वर्ष २०८२/८३ को बजेट विमर्श–२०८२’ कार्यक्रममा उनले निजी क्षेत्र चलायमान देखिएकोले अर्थतन्त्र लयमा फर्कन थालेको बताए। उनले बजेटका माध्यमबाट निजी क्षेत्रका माग सम्बोधन गर्ने प्रयास गरिएको बताए।
महासचिव पोखरेलले तरलता नियन्त्रण गर्ने नाममा साधारण खर्च बढिरहेकाले राज्यको पैसा अनुत्पादक काममा खर्च भइरहेको बताए। ‘मौद्रिक सन्तुलनका लागि हामीले पैसा खर्च गरिरहेका छौँ। एकातिर हामीसँग पैसा छैन। अर्कातिर बैंकमा थुप्रिएका पैसालाई व्यवस्थापन गर्ने नाममा पैसा खर्च गरिरहेका छौँ’, उनले भने, ‘राज्यको पैसा तरलता नियन्त्रण गर्ने नाममा खर्च भइरहेको छ।’
राष्ट्र बैंकले तरलता खिच्नुपर्ने बाध्यताको अन्त्य गर्न सके बैंकमा व्यवसायीहरु लगानीका प्रस्ताव लिएर आउने बताए। ‘अर्थतन्त्र लयमा फर्कनका लागि निजी क्षेत्र चलायमान हुनुपर्यो। अहिले बाहिरबाट सामान ल्याएर व्यापार गर्ने सक्रिय छन्। राजस्व बढेको छ। आयात वृद्धि भएको छ। आर्थिक क्रियाकलाप बढेर आयात बढेको हो’, उनले भने।
एमाले पोलिटब्युरो सदस्य सुजिता शाक्यले बजेटले अर्थतन्त्र चलायमान गराउने कार्यक्रम समेटिएको बताए। कमिटीका अध्यक्ष प्रेमप्रसाद पराजुलीले मुलुकको आर्थिक संकट समाधान गर्न वर्तमान सरकार सफल भइरहेको बताए।
सामाग्री श्रोत :
काठमाडौँ । मधेस प्रदेश सरकारले सौर्य ऊर्जा प्रवर्धन गर्दै ऊर्जामा आत्मनिर्भर बन्ने लक्ष्यसहित विस्तृत गुरुयोजना तयार पार्ने भएको छ ।
शुक्रबार मधेस प्रदेश सभाको बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशभित्र रहेका नदीका बगरहरूलाई सदुपयोग गरी सौर्य ऊर्जा उत्पादन गर्ने कार्यक्रम घोषणा गरेकी हुन् ।
उनका अनुसार यसरी उत्पादित ऊर्जालाई राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । साथै सार्वजनिक तथा निजी साझेदारीको मोडेलमा सामुदायिक विद्यालयहरू र प्रादेशिक अस्पतालहरूमा सौर्य ऊर्जा जडान गरिने पनि उनले बताइन् ।
पछिल्लो अध्यावधिक: जेठ २३, २०८२ २०:४४
सामाग्री श्रोत :
टेक पाना
गोलबजार(सिरहा)। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले देशलाई समृद्ध बनाउनका लागि युवामा काम गर्ने हुटहुटी हुनुपर्ने बताएका छन्।
यहाँको खडक नगरपालिकामा राष्ट्रिय युवा परिषद्द्वारा आयोजित ‘आकस्मिक, मानसिक स्वास्थ्य तथा उद्यमशील केन्द्रित युवा परामर्श तथा मार्गदर्शन’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा सम्भावना छैन भन्ने गलत भाष्य सृजना भइरहेको बताए।
नगरपालिकाको सभाहलमा आयोजित एक दिने कार्यशालाको सहजीकरण प्रमुख प्रशिक्षक मनोविद् डा गोविन्दराज पोखरेल र डा राम थापाले गरेका छन्। तालिममा युवा मानसिक स्वास्थ्य, यसले पार्ने प्रभाव, परामर्श र बिरामीलाई कसरी पहिचान गर्नेबारे प्रशिक्षण दिइएको थियो।
खडक नगरपालिकाका नगरउप्रमुख रिता चौधरीले युवाहरु राष्ट्रको गहना भएकाले राज्यले युवालाई सीपमूलक तालिमको व्यवस्था मिलाउनुपर्नेमा जोड दिइन्।
सामाग्री श्रोत :
काठमाडौँ । मधेस प्रदेशले सम्पूर्ण यातायात व्यवस्था कार्यालयहरूमा अटोमेटिक ट्रायल सेन्टर स्थापना गर्ने भएको छ । शुक्रबार आगामी आर्थिक वर्ष २०८२/८३ को प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख सुमित्रा सुवेदीले यस्तो योजना सार्वजनिक गरेकी हुन् ।
“मधेस प्रदेशका सबै यातायात व्यवस्था कार्यालयमा अटोमेटिक ट्रायल सेन्टर स्थापना र स्मार्ट लाइसेन्सको छपाइको व्यवस्था मिलाइनेछ,” उनले भनेकी छिन् । साथै राजमार्गका विभिन्न स्थानमा भेहिकल फिटनेस टेस्ट सेन्टर स्थापनाका लागि सङ्घीय सरकारसँग समन्वय गरी प्रक्रिया समेत अघि बढाइनेछ ।
यसका साथै विकट क्षेत्रमा बस्ने बिरामीका लागि टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याउने घोषणा समेत प्रदेश सरकारले गरेको छ । स्वास्थ्य सेवा सुलभ रूपमा नपाएका नागरिकका लागि यस्तो सेवा सुरु गरिनेछ ।
“स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित बिरामीहरूलाई सञ्चार प्रविधिको माध्यमबाट विशेषज्ञ चिकित्सकको परामर्श उपलब्ध गराउन तथा स्वास्थ्य सेवाको डिजिटल अभिलेख राखी सेवा प्रवाह गर्न टेलिमेडिसिन र ई-हेल्थ प्रणाली सञ्चालन गरिनेछ,” प्रदेश प्रमुख सुवेदीले भनिन् ।
पछिल्लो अध्यावधिक: जेठ २३, २०८२ २०:५७
सामाग्री श्रोत :
टेक पाना
सुर्खेत– जाजरकोटको नलगाड नगरपालिका–८ मा भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीन जनामध्ये दुईको शव फेला परेको छ ।
भेरी नदीको मन्मैमा पौडी खेल्ने क्रम्मा १५ वर्षीया भगवती नेपाली र १० वर्षीय महेश कुसारीको शव फेला परेको जाजरकोटका प्रहरी नायब उपरीक्षक बसन्त शर्माले जानकारी दिए । १२ वर्षीया आशा कुसारी अझै बेपत्ता छन् ।
बेपत्ताको खोजी जारी छ । आज दिउँसो २ बजे भेरीमा पौडी खेल्ने क्रममा उनीहरु भेरीमा बेपत्ता भएका हुन् । जाजरकोट तर्फको ६ ठाउँमा प्रहरी परिचालन गरेर बेपत्ताको खोजी भइरहेको जाजरकोटका डिएसपी शर्माले जानकारी दिए । आशा र महेश एकै घरका दिदी भाई हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
कञ्चनपुर। गौरीफन्टा नाका हुँदै भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोनाको संक्रमण देखापरेको छ। सो नाका हुँदै फर्केका पाँच महिलाको आज ‘एन्टिजेन’ परीक्षण गर्दा नतिजा ‘पोजेटिभ’ आएको हो। ती मध्ये तीन जना कैलाली र दुई जना अछामका हुन्।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीका अनुसार भारतबाट फर्केका शंकास्पद ३० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। कोरोना संक्रमित पाँचै जनालाई ‘होम क्वारेण्टाइन’मा बस्न परामर्श दिइएको छ। दुई दिनअघि मात्रै यही नाका भएर भारतबाट आएका ३६ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
तीन दिनमा भारतबाट फर्केका आठ जनामा कोराना संक्रमण देखा परेको सूचना अधिकारी जोशीले जानकारी दिए। संक्रमितहरुमा ज्वरो र रुघाखोकीको समस्या रहेको उनको भनाइ छ।
एन्टिजेनको नतिजा पोजेटिभ आएका आठै जनाको नमूना काठमाडौंस्थित प्रयोगशालामा पठाइएको छ। आपतकालीन सञ्चालन केन्द्रले सीमा नाकामा तीन दिनदेखि ‘हेल्थ डेस्क’ राखेर कोराना परीक्षण गर्दै आएको छ।
‘पुरानै स्टकमा रहेका किट प्रयोग गरी परीक्षण गर्दै थियौँ, आज थप दुई सय किट प्राप्त भएको छ’, सूचना अधिकारी जोशीले भने, ‘दुई÷तीन दिनभित्रै सीमा नाका गड्डाचौकीमा हेल्थ डेस्क राखेर कोरोना परीक्षण गर्छौँ।’
सामाग्री श्रोत :