
काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणमा विपक्षी दलले राखेका विषयमा छलफल जारी रहे पनि कुनै सहमति नभएको बताएका छन्।
आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले सत्तापक्ष र प्रतिपक्षीबीच छलफल भइरहेको भन्दै अहिलेसम्म कुनै सहमति नभएको बताएका हुन्। छानविन समिति बनाउनुपर्छ भन्नेमा आफूहरूको अडान कायमै रहेको उनले बताए।
त्यस्तै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले आफुहरु निरन्तर छलफलमा रहेपनि बिषयको गाम्भीर्यतालाई सत्तापक्षले बुझ्न नसकेको बताए। भिजिट भिसा प्रकरणमा छानविन समिति बनाउनुपर्ने आफूहरूको न्यूनतम माग रहेको उनले उल्लेख गरे। सदनको गतिरोध खुलाउने प्रयास जारी रहेको भन्दै परियारले सोमबार सदन बस्नुअघि दलहरूबीच सहमति हुने विश्वास व्यक्त गरे।
उनले छलफलबाटै समस्याको हल गर्ने पक्षमा आफूहरू पनि रहेको जिकिर गरे।
सामाग्री श्रोत :
भिसा प्रकरणमा छलफल जारी रहे पनि सहमति भएको छैन : हितराज पाण्डे
काठमाडौँ । पछिल्लो समय सूचना र प्रविधि क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को तीव्र विकास भइरहेको छ । यससँगै एआईका बारे दक्ष जनशक्तिको माग पनि बढ्दो छ ।
यसैलाई मध्यनजर गर्दै नेपालका विभिन्न विश्वविद्यालय तथा कलेजले छुट्टै कोर्सको रूपमा स्नातक तथा स्नातकोत्तर तहमा एआईको अध्यापन गराउन थालिसकेका छन् । यस विषयका पाठ्यक्रम कम्प्युटर प्रोग्रामिङसहित एआईका बारेमा विस्तृतमा जानकारी दिने गरी तयार पारिएका छन् । ब्याचलर्स इन एआईमा मसिन लर्निङ, डेटा साइन्स र रोबोटिक्स जस्ता विषयहरूको बारे सिकाइन्छ ।
नेपालका विश्वविद्यालयहरूले चार वर्षे कोर्सअन्तर्गत आठ सेमेस्टरमा एआई पठाउँदै आएका छन् । विज्ञान तथा प्रविधि सङ्कायअन्तर्गत रहेको यो विषय पढ्नका लागि कक्षा १२ मा विज्ञान वा गणित विषय लिएर पढेको विद्यार्थीले स्नातक तहमा यो विषय रोज्न पाउँछन् । आज हामी नेपालमा स्नातक तहमा कुन कुन विश्वविद्यालय तथा कलेजमा एआई पढाइ हुन्छ र कति शुल्क लाग्छ भनेर बताउँदै छौँ ।
काठमाडौँ विश्वविद्यालय
काठमाडौँ विश्वविद्यालयले विगत ३ वर्षदेखि ‘ब्याचलर्स इन एआई’ अध्यापन गराउँदै आएको छ । एआईलाई छुट्टै कोर्सको रूपमा पढाउन सुरु गर्ने यो नेपालको पहिलो विश्वविद्यालय पनि हो । डिपार्टमेन्ट अफ एआई अन्तर्गतको यो विषय पढ्न धुलिखेलस्थित विश्वविद्यालय क्याम्पसमा नै जानुपर्ने हुन्छ ।
आठ सेमेस्टरमा पढाइ हुने यस विषयका लागि ३० जनाको कोटा तोकिएको छ । तर, विद्यार्थीहरूको रुचि बढ्दै गएकाले कोटा थप्ने तयारी समेत विश्वविद्यालयले थालेको छ । काठमाडौँ विश्वविद्यालयको डिपार्टमेन्ट अफ एआईको प्रशासन शाखाका कर्मचारी रामचन्द्र वलीका अनुसार भर्ना शुल्कदेखि चार वर्षको अध्ययन पूरा गर्न ९ लाख १५ हजार रुपैयाँ शुल्क तोकिएको छ । यस्तै विश्वविद्यालयले स्नातकोत्तर तहमा ‘एमटेक इन एआई’ पनि पढाउँदै आएको छ ।
पूर्वाञ्चल विश्वविद्यालय
विराटनगरमा रहेको पूर्वाञ्चल विश्वविद्यालयले गत वर्षदेखि आर्टिफिसियल इन्टेलिजेन्स विषय पढाउन सुरु गरेको हो । पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ साइन्स एन्ड टेक्नोलोजीका क्याम्पस प्रमुख नरेशकुमार शाहका अनुसार गत वर्ष ३० जनाको कोटा निर्धारण गरेर “ब्याचलर्स अफ टेक्नोलोजी इन एआई”मा विद्यार्थी भर्ना लिइएको थियो ।
उनले भने, “हामी सरकारी क्याम्पस भएकाले खासै धेरै प्रचार गर्न पाउँदैनौँ । गत वर्ष कोटाभन्दा अलि कम विद्यार्थी भर्ना भए । तर यस वर्ष भने नतिजा आउनुभन्दा पहिलेदेखि नै विद्यार्थीले यस कोर्सको बारेमा बुझ्न थालिसकेका छन् ।” आङ्गिक क्याम्पस भएकाले विद्यार्थीहरूको रुचि बढ्दै जाँदा कोटा क्षमता पनि बढाउन सकिने उनको भनाई छ ।
क्याम्पस प्रमुख शाहका अनुसार विश्वविद्यालयमा आठ सेमेस्टरमा एआईको पढाइ हुन्छ । स्नातक तह पूरा गर्दा ४ लाख रुपैयाँ शुल्क लाग्छ । यसका लागि छात्रवृत्तिको पनि व्यवस्था गरिएको छ । उनले भने, “छात्रवृत्तिको लागि परीक्षा लिइन्छ । त्यसमध्ये विभिन्न कोटामा ५ प्रतिशत र बाँकी ५ प्रतिशत गरेर १० प्रतिशत छात्रवृत्ति विश्वविद्यालयले उपलब्ध गराउँछ । त्यस बाहेक क्याम्पसले पनि छात्रवृत्ति प्रदान गर्छ ।” विश्वविद्यालयले पूर्ण रूपमा अनुसन्धानमा आधारित भएर एआई विषयको अध्यापन गराउँदै आएको उनले बताए ।
लुम्बिनी प्राविधिक विश्वविद्यालय
२०७९ सालदेखि बाँकेको नेपालगन्जमा सञ्चालनमा आएको लुम्बिनी प्राविधिक विश्वविद्यालयले २०८० देखि स्नातक तहमा एआई पढाउन थालेको हो । विश्वविद्यालय क्याम्पसमा मात्र पढाइ हुने ‘बी टेक इन कम्प्युटर साइन्स एन्ड एआई’ आठ सेमेस्टरमा पूरा हुन्छ ।
विश्वविद्यालयका वरिष्ठ सहायक प्राध्यापक चतुर्भुज भट्टका अनुसार विश्वविद्यालयमा एआईका लागि ३६ कोटा निर्धारण गरिएको छ ।
स्नातक तहमा पूरा गर्दा पाँच लाख रुपैयाँ खर्च लाग्छ । तर, विद्यार्थीहरूलाई पढ्न सहज होस् भनेर २५ देखि सत् प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराइन्छ । यस बाहेक, नगरपालिका र गाउँपालिकाले स्थानीय छात्रवृत्ति पनि उपलब्ध गराउँछन् । त्यसैले यहाँ पढ्ने अधिकांश विद्यार्थीले आंशिक छात्रवृत्ति पाउने गरेका छन् ।
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय
मकवानपुरको चित्लाङमा रहेको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले आगामी नोभेम्बरदेखि पहिलो पटक ब्याचलर्स इन एआईमा स्नातक तहमा भर्ना खुलाउँदै छ । अनुसन्धानमा आधारित भएर अध्यापन गराउँदै आएको यस विश्वविद्यालयले स्नातकोत्तर तहमा भने दुई वर्षदेखि एआई पढाइरहेको छ । यो विश्वविद्यालयको बारेमा थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
अब भने नोभेम्बरबाट डेटा साइन्ससहितका विषयहरू समावेश गरेर आर्टिफिसियल इन्टेलिजेन्स लगायतका विषयमा स्नातक तहमा पनि भर्ना खुलाउन लागिएको हो । यसका लागि पाठ्यक्रम विकासका काम र आवश्यक छलफल भइरहेको विश्वविद्यालयका उपप्राध्यापक एवं जनसम्पर्क संयोजक डा. राजिव सुब्बाले जानकारी दिए ।
स्नातकोत्तर तहमा डेटा साइन्स अथवा एआई विषयमा एक सेमेस्टरको ७५ हजार रुपैयाँ शुल्क लिने गरेको विश्वविद्यालयले स्नातक तहमा पनि सोही स्तरको शुल्क (पुरा स्नातक तहको ६ लाख रुपैयाँ) लिने गरी शुल्क निर्धारण गर्ने तयारी रहेको उनले बताए । यद्यपि विश्वविद्यालयले विद्यार्थीलाई २५ प्रतिशतदेखि सत् प्रतिशतसम्म छात्रवृत्ति समेत प्रदान गर्दै आएको छ ।
नेपाली विश्वविद्यालय बाहेक विदेशी विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पस तथा कलेजहरूमा पनि स्नातक तहमा एआईको अध्यापन गराइन्छ । तर यी क्याम्पसहरू भने नेपाली विश्वविद्यालयको तुलनामा महँगा छन् । कक्षा १२ मा २.४ सीजीपीए ल्याउने विद्यार्थीहरूलाई यी क्याम्पसहरूले भर्ना लिने गरेको पाइन्छ ।
इस्लिङ्टन कलेज
लन्डन मेट्रोपोलिटन युनिभर्सिटीको सम्बन्धन प्राप्त इस्लिङ्टन कलेजमा बीएससी कम्प्युटिङ विथ आर्टिफिसियल इन्टेलिजेन्स पढ्न सकिन्छ । क्याम्पसका अनुसार समयअनुसार नयाँ नयाँ पाठ्यक्रम ल्याएर पढाउने गरिन्छ भने हरेक वर्ष क्याम्पसको शुल्कमा पनि फेरबदल भइरहेको हुन्छ । क्याम्पस प्रशासनका अनुसार यस क्याम्पसमा एआईमा स्नातक पुरा गर्ने हो भने करिब १८ लाख रुपैयाँ लाग्छ । कोर्सको बारेमा यहाँबाट थप जानकारी लिन सकिन्छ ।
द ब्रिटिश कलेज
युनिभर्सिटी अफ द वेस्ट अफ इङ्ल्यान्डको सहकार्यमा द ब्रिटिश कलेजले स्नातकमा बीएससी कम्प्युटर साइन्सअन्तर्गत आर्टिफिसियल इन्टेलिजेन्स अध्यापन गराउँछ । ४ वर्षे यो कोर्स आठ सेमेस्टरमा पूरा हुन्छ । क्याम्पस प्रशासन अनुसार हरेक ब्याचमा शुल्क परिवर्तन हुने गरेपनि हाल आर्टिफिसियल इन्टेलिजेन्सको पढाइ पुरा गर्न १९ लाख ५० हजारदेखि २० लाख रुपैयाँसम्म पर्छ । द ब्रिटिश कलेजको कोर्स बुझ्न यहाँ क्लिक गर्नुहोस् ।
सफ्टवेरिका
इङल्यान्डको कोन्भेन्ट्री विश्वविद्यालयअन्तर्गत रहेको यस विश्वविद्यालयमा तीन वर्षे कोर्सअन्तर्गत ६ सेमेस्टरमा बीएससी कम्प्युटर साइन्स विथ आर्टिफिसियल इन्टेलिजेन्स पढाइन्छ । अहिलेको सन्दर्भमा यो कोर्स पूरा गर्न १३ लाख २३ हजार २०० रुपैयाँ पर्ने कलेजले जनाएको छ । यो क्याम्पसको कोर्सको बारेमा विस्तृत जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।
एआई पढ्ने विद्यार्थीका लागि कस्तो छ अवसर ?
यो विषयमा विद्यार्थीहरूलाई एआईका साथै मसिन लर्निङ, डेटा साइन्स र प्रोग्रामिङसँगै कम्प्युटर साइन्सका अन्य विषयहरू समेत पढाइन्छ । यो विषय पढेमा नेपालमा मात्र नभइ संसारको जुनसुकै स्थानमा पनि रोजगारी पाउन सकिने जानकारहरू बताउँछन् । एआई विषय पढेर भविष्यमा एआई सफ्टवेयर डेभलपर, डेटा साइन्टिस्ट, डेटा इन्जिनियर, एआई कन्सल्टेन्ट, मसिन लर्निङ इन्जिनियर, गेमिङ एआई डेभलपर, रोबोटिक्स इन्जिनियर आदि बन्न सकिन्छ ।
एआईp
पछिल्लो अध्यावधिक: जेठ २५, २०८२ २०:२४
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– पूर्वयुवराज्ञी हिमानी शाहले जुम्लामा बर्थिङ सेन्टर शिलान्यास गरेकी छन् । उनले आइतबार जुम्लाको गुठिचौर गाउँपालिका–१ मणिसाँघुमा हिमानी ट्रष्टले बनाउन लागेको सुत्केरी सेवा केन्द्र (बर्थिङ सेन्टर)को शिलान्यास गरेकी हुन् ।
पूर्वयुवराज्ञी हिमानीसँगै उनका छोरा हृदयेन्द्र पनि जुम्ला पुगेका छन् । उनीहरू शनिबार जुम्ला पुगेका थिए । शिलान्यास कार्यक्रममा बोल्दै राप्रपाका प्रमुख सचेत तथा जुम्लाबाट निर्वाचित सांसद ज्ञानेन्द्र शाहीले हिमानी र हृदयेन्द्रले जुम्लामा उदाहरणीय काम गरेको बताए ।
त्यस्तै, गुठीचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले पूर्वराजपरिवारप्रति धन्यवाद व्यक्त गरे । गुठिचैर–१ का वडाध्यक्ष अजुन महताराले बर्थिङ सेन्टरले गाउँघरका महिलालाई सहज हुने बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- नेपाल स्वास्थ्य अनुसन्धान परिषद्(एनएचआरसी) अध्यक्षमा डा नारायण बिक्रम थापा नियुक्त भएका छन्।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै आगामी चार वर्षका लागि अध्यक्ष पदमा नियुक्त गरेका हुन्।
डा थापाले नेपाल मेडिकल काउन्सिलको उपाध्यक्ष भइसकेका छन्।
यसअघि परिषद्को अध्यक्ष रहेका डा. गेहनाथ बरालको कार्यकाल गत चैत्रमा सकिएको थियो।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालय, कास्की प्रमुख चित्तरञ्जन दासलगायत विरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ।
मिलेमतोमा बिलमा उल्लेख भएको परिणामभन्दा बढी पेट्रोलियम पदार्थ डिजेल पठाएको उजुरी निवेदनमा अनुसन्धानपछि विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
पेट्रालियम पदार्थको डिप र सिल गर्ने जिम्मेवारीमा रहेका डिलर्स एसोसिएसनका प्रतिनिधि जगन्नाथ ढुङ्गाना र लक्ष्मण रानाभाटसँगको मिलेमतोमा बदनियत राखी सिसी क्यामेरासमेत बन्द गरेर बढी पेट्रोलियम पदार्थ पठाएको पाइएको अख्तियारले जनाएको छ।
कुल १२ हजार लिटर डिजल पठाउनुपर्नेमा १५ हजार ३८ लिटर पठाइएको र उक्त डिजेल बोकेको ट्यांकर पोखरा महानगरपालिका २७ मा नियन्त्रणमा लिइएको थियो। बिलमा उल्लेख भएभन्दा बढी तीन हजार ३८ लिटर डिजलको प्रतिलिटर मूल्य १४७ अनुसार चार लाख ४८ हजार ५२५ हिनामिना भएको आयोगको दाबी छ।
आयोगले प्रमुख दास, पश्चिमाञ्चल ट्रेडर्सका सञ्चालक बाबुराम जमरकट्टेल, गण्डकी धौलागिरि पेट्रोलियम एसोसिएसनका तत्कालीन प्रतिनिधि ढुङ्गाना र रानाभाट, ट्याङ्कर चालक निर्मला थापाविरुद्ध जनही रु चार लाख ४८ हजार ५२५ बराबरको बिगो दाबी गरिएको छ।
सामाग्री श्रोत :
काठमाडौं । ई-स्पोर्ट्स विश्वकप २०२५ मा स्थान बनाउने लक्ष्यसहित तीन नेपाली पब्जी मोबाइल टिम कजाखस्तान प्रस्थान गरेका छन् । नेपालका पब्जी टिम डीआरएस गेमिङ, होरा ईस्पोर्ट्स र एएसटी ईस्पोर्ट्स (ट्राइब एरोमेसी) आइतबार कजाखस्तानको अल्माटी सहरतर्फ उडेका हुन् ।
उनीहरूले त्यहाँ आयोजना हुने ‘पब्जी मोबाइल सुपर लिग (PMSL) मध्य तथा दक्षिण एसिया स्प्रिङ २०२५’ मा नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछन् । यो ईस्पोर्ट्स विश्वकपको एक महत्त्वपूर्ण छनोट चरण हो ।
१२ देखि २२ जुन २०२५ सम्म अल्माटीमा आयोजना हुने यो प्रतियोगिताको कूल पुरस्कार राशि २ लाख अमेरिकी डलर (करिब २ करोड ७४ लाख रुपैयाँ) रहेको छ । प्रतियोगितामा मध्य तथा दक्षिण एसियाका कूल २० व्यावसायिक टिमले सहभागिता जनाउने छन् । यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष तीन टिमले सोझै साउदी अरबमा आयोजना हुने प्रतिष्ठित ईस्पोर्ट्स विश्वकप २०२५ मा स्थान सुरक्षित गर्नेछन् ।
यो प्रतियोगिता दुई चरणमा सञ्चालन हुनेछ, जहाँ १२ देखि १८ जुनसम्म चल्ने समूह चरणबाट उत्कृष्ट १६ टिम फाइनलका लागि छनोट हुनेछन् । र, २० देखि २२ जुनसम्म हुने फाइनलले विजेताको टुङ्गो लगाउनेछ ।
यस पटक नेपालबाट सहभागी टिम डीआरएस गेमिङमा ग्यान्टे, किलर वाईटी , एक्सएमपीएल र डेल्टाएक्स रहेका छन् । त्यस्तै होरा ईस्पोर्ट्सको टिममा जिगल, स्काई, नोफियर र स्लिपी समावेश छन् । त्यसैगरी एएसटीमा ज्यो, रिग, भेनम र ट्रिक्स रहेका छन् ।
हालै सम्पन्न पब्जी मोबाइल नेसनल च्याम्पियनशिप (पीएमएनसी) दक्षिण एसियाबाट डीआरएस पहिलो र एएसटी दोस्रो भएर यस प्रतियोगिताका लागि छनोट भएका हुन् । उता होरा ईस्पोर्स्ट भने ‘इन्भाइट’ अन्तर्गत छनोट भएको हो ।
यी टिमले यसअघि पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिसकेकाले यस पटक पनि उनीबाट ठुलो आशा राखिएको छ ।
पछिल्लो अध्यावधिक: जेठ २५, २०८२ १८:५१
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ । आइतबार पटक–पटक सरेर साँझ साढे ६ बजे बैठक सुरु भएको थियो ।
सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ विपक्षी दलहरु र केही सत्ता पक्षका सांसद उठेका थिए । सभामुखले सदन चलाउन सांसदहरुलाई बस्न आग्रह गरे पनि बस्न नमानेपछि सभामुखले बैठक जेठ २६ सोमबार दिउँसोसम्मका लागि स्थगित गरेका हुन् ।
भिजिट भिसामार्फत मानव तस्करी भएको विषयमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने, छानबिन समिति बनाउनुपर्नेलगायत माग राखी विपक्षी दलहरूले संसद्मा अवरोध गर्दै आएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदको गतिरोध खुलाउने बिषयमा दलहरुबीच सकारात्मक छलफल भएको बताएका छन्।
आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले सवै दलसँग गतिरोध खुलाउने विषयमा सकारात्मक छलफल भएको बताएका हुन्।
उनले निकास निकाल्नका लागि माओवादीमात्रै लचक भएर नपुग्ने भन्दै सरकार पनि लचिलो हुनुपर्ने धारणा राखे। उनले भाषामा समझदारी बनेपछि छिट्टै सदन चल्ने उल्लेख गरे।
भिजिट भिसा प्रकरणमा छानविन आयोग गठन हुनुपर्ने विषयमा दलहरूबीच मतभेद हुँदा लामो समयदेखि सदन अवरुद्ध हुँदै आएको छ।
सामाग्री श्रोत :
संसदको गतिरोध खुलाउने विषयमा दलहरूबीचको छलफल सकारात्मक : प्रचण्ड
काठमाडौँ । नेपालमा फेसबुक प्रयोगकर्ताहरूले पछिल्लो समय मेसेन्जरको च्याट इन्टरफेसमा मेटा एआई (Meta AI) नामक एक नयाँ फिचर देख्न थालेका छन् । यो आकाशे, निलो र वैजनी रङ्गको गोलो आइकनका साथै ‘Ask Meta AI or Search’ लेखिएको सर्च बक्सका रूपमा देखा परेको छ ।
मेटा एआई फेसबुकको मातृ कम्पनी मेटाले विकास गरेको एउटा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुल हो । सरल भाषामा बुझ्दा यो च्याटजीपीटी वा गुगल जेमिनाई जस्तै एक च्याटबट हो, जसले तपाईँको प्रश्नहरूको जवाफ दिन सक्छ र तपाईँले दिएको निर्देशन (प्रम्प्ट) को आधारमा तस्बिरहरू पनि बनाउन सक्छ । यो फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र मेसेन्जर लगायत मेटाका विभिन्न प्लेटफर्महरूमा उपलब्ध हुने बताइएको छ ।
कसरी प्रयोग गर्ने ?
मेसेन्जरमा मेटा एआई प्रयोग गर्न निकै सजिलो छ । तपाईँले आफ्ना साथीहरूसँग च्याट गरेजस्तै गरी यससँग कुराकानी गर्न सक्नुहुन्छ । तपाईँले सिधै मेटा एआई च्याटमा प्रश्न सोध्न वा निर्देशन दिन सक्नुहुन्छ ।
तस्बिरहरू बनाउनका लागि तपाईँले imagine कमान्ड प्रयोग गर्न सक्नुहुन्छ । यसले च्याटमा शेयर गरिएका फोटो वा भिडिओहरू सेभ गरेर राख्छ । तपाईँले मेटा एआईसँग गरेका कुराकानीहरू भविष्यमा गएर सर्च पनि गर्न पनि सक्नुहुन्छ ।
कुनै महत्त्वपूर्ण कुरालाई भविष्यमा सम्झनका लागि तपाईँले remember this भनेर निर्देशन दिन सक्नुहुन्छ र त्यसलाई Memory अप्सनमा गएर हेर्न सकिन्छ । लामो कुराकानी वा टेक्स्टलाई सारांशमा बुझ्न यसको सहयोग लिन सकिन्छ ।
अन्य च्याटहरूमा जवाफ लेख्न पनि यसले सघाउन सक्छ । व्यक्तिगत च्याट तथा ग्रुप च्याटमा यसलाई प्रयोग गर्नका लागि तपाईंले @Meta AI उल्लेख गरेर प्रश्न सोध्न सक्नुहुन्छ । मेटा एआईले @Meta AI ट्याग गरिएका मेसेजहरूमा मात्र प्रतिक्रिया दिन्छ ।
मेटाले आफ्नो एआईलाई अझै बढी उपयोगी बनाउन विभिन्न नयाँ फिचरहरू थपिरहेको छ । हालै वा आगामी दिनमा मेसेन्जर तथा मेटाका अन्य प्लेटफर्महरूमा भ्वाइस (Voice) मार्फत कुराकानी गर्न सकिने फिचर थप हुने बताइएको छ । जसबाट तपाईँले मेटा एआईसँग आवाजमा कुरा गर्न सक्नु हुनेछ र यसले तपाईँलाई बोलेरै जवाफ दिनेछ । यसमा विभिन्न भ्वाइस विकल्पहरू (सेलिब्रिटीका भ्वाइस समेत) समेत उपलब्ध हुन सक्नेछन् ।
त्यस्तै मेटा एआईमा तस्बिर बुझ्ने र सम्पादन गर्ने क्षमता पनि थपिनेछ । जसको सहयोगमा च्याटमा फोटोहरू शेयर गरेर मेटा एआईलाई ती फोटोहरूबारे प्रश्न सोध्न सकिनेछ । यसले फोटोमा देखिएका कुरा बुझेर जवाफ दिन सक्नेछ । साथै, तपाईँले मेटा एआईलाई फोटोमा कुनै कुरा थप्न, हटाउन वा परिवर्तन गर्न निर्देशन दिएर फोटो एडिट पनि गर्न सक्नु हुनेछ ।
यसबाहेक मेसेन्जर वा इन्स्टाग्राम डीएममा एआई प्रयोग गरेर आफ्नो कुराकानीका लागि पर्सनलाइज्ड च्याट थिम बनाउन सक्न हुनेछ । फेसबुक र इन्स्टाग्रामको फिडमा रुचि वा ट्रेन्डका आधारमा मेटा एआईद्वारा सिर्जना गरिएका तस्बिर वा अन्य सामग्रीहरू देखिन सक्नेछन् ।
मेटाले रिल्स (Reels) का लागि अडिओ अनुवाद टुलको परीक्षण पनि गरिरहेको छ, जसले भिडिओको अडियोलाई स्वचालित रूपमा अनुवाद गरी डबिङ र लिप सिंकिङको काम गर्नेछ । रियल-टाइम ट्रान्सलेट नामक यो फिचर हाल परीक्षणकै चरणमा छ ।
मेटा एआईको सहज उपलब्धता र नयाँ फिचरहरूले प्रयोगकर्ताको अनुभव बढाउने अपेक्षा गरिए तापनि, गोपनीयता र डेटा प्रयोगबारे केही चिन्ताहरू पनि उठेका छन् ।
केही प्रयोगकर्ताहरूले यो फिचर आफूले नचाहँदा पनि देखा परेको र यसलाई पूर्ण रूपमा डिसेबल गर्न नमिल्ने बताएका छन् । मेटा एआई च्याटलाई म्युट वा डिलिट गर्न भने मिल्छ ।
मेटाले आफ्नो एआईले प्रयोगकर्ताका निजी कुराकानीहरू नपढ्ने भने पनि यसको उपस्थिति र डेटा प्रयोगले गोपनीयतामाथि प्रश्न चिन्ह खडा गरेको छ । साइबर सुरक्षा विज्ञहरूले यसको पारदर्शिता र डेटा सुरक्षाबारे चासो व्यक्त गरेका छन् ।
विशेषगरी मेसेन्जरमा एआईसँग गरिने कुराकानीहरूमा इन्ड-टु-इन्ड इन्क्रिप्सन नहुन सक्ने जोखिम औँल्याइएको छ । प्रयोगकर्ताले मेटा एआईमा सब्मिट गरेका जानकारी मेटाले एआईलाई तालिम दिनका लागि राख्न र प्रयोग गर्न सक्ने बताइएको छ ।
केही प्रयोगकर्ताहरूले निजी च्याटमा केही शब्दहरू प्रयोग गर्दा मेटा एआईले हस्तक्षेप गरी कुराकानी रोकेको र चेतावनी दिएको अनुभव पनि शेयर गरेका छन् । यसबाट निजी कुराकानीहरू स्क्यान भइरहेको हुन सक्ने चिन्ता पनि बढाएको छ ।
पछिल्लो अध्यावधिक: जेठ २५, २०८२ १७:४८
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दलमा फाटो ल्याउन विपक्षीले गरेको प्रयास सफल नहुने बताएका छन् ।
आइतबार काठमाडौंमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २४औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विरोधीहरुले सत्ता गठबन्धनभित्र खेल्न खोजेको भन्दै गठबन्धन भत्काउने प्रयास सफल नहुने बताएका हुन् ।
उनले स्थिरता, सुशासन र विकासका लागि सही नीतिका साथ सरकार अघि बढिरहेकाले सत्ता साझेदार दलभित्र कुनै मतान्तर नरहेको स्पष्ट पारे । ओलीले नेपाली कांग्रेस र एमालेबीचको सहमतिबमोजिम अबको १३ महिनापछि कांग्रेसलाई सरकारको नेतृत्व हस्तान्तरण गरेर एमाले सरकारका सामेल हुने पनि दोहोर्याए ।
त्यस्तै ओलीले अहिले सँगै सरकारमा रहेर भोलि निर्वाचनमा आ–आफ्नो प्रतिस्पर्धाका आधारमा निर्वाचन लड्न तयार भएरै दुई दल अघि बढेको जिकिर गरे । एमालेको लक्ष्य मिसन २०८४ भएकाले आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने गरी काम गर्नुपर्ने उनले बताए ।
ओलीले विद्यार्थीका नाममा तोडफोड, कुटपिट, शिक्षालयमा आगजनी र तालाबन्दी गर्ने खालका हिंसात्मक क्रियाकलापका लागि अनेरास्ववियुका लागि छुट नहुने बताए ।
उनले प्रविधिको यस जमानामा सूचना प्रविधिसँग अभ्यस्त भएर युवा विद्यार्थीहरुले एमालेको जनताको बहुदलीय जनवाद र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभिभारा पूरा गराउने अभियानमा अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ