
काभ्रेपलाञ्चोक। पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नंबर गण हेडक्वाटरले काभ्रेमा विपद् व्यवस्थापन एवं प्रतिकार्य स्वयंसेवक आधारभूत तालिम तथा विपद् सुचकसम्बन्धी अभ्यास अभियान सञ्चालन गरेको छ ।
गणले बनेपा नगरपालिकासँगको सहकार्यमा नगरको १४ वडाका ८० लाई लक्षित गर्दै तीन दिने विपद् स्वयंसेवक आधारभूत तालिम सुरु गरेको छ । मङ्गलबारसम्म सञ्चालन गरिने तालिममा विपद् पूर्व तयारी, विपद्–उद्धार त्यसपश्चातका प्रतिकार्य राहत तथा समन्वयसम्बन्धी व्यावहारिक तालिम तथा अभ्यास गराइएको जनाइएको छ ।
नगरप्रमुख शान्तिरत्न शाक्यले हरेक नागरिक विपद्सँग परिचित हुनुपर्ने उल्लेख गर्दै विपद्पछिका अवस्था, विपद आउनुअघिको अवस्थाको सचेतना गराउँदै विपदले पु¥याउने असर न्यूनीकरण गर्न तत्काल खोज, उद्धार र राहतसँगै समन्वयात्मक भूमिकाका लागि स्वंसेवक अत्यावश्यक हुने बताए ।
गणले यही जेठ १२ गते पनौती नगरको सहकार्यमा नगरभित्रका १२ वडाका ४० जनालाई उक्त तालिम दिएर अभियानको सुरुआत गरेको थियो । गणका प्रमुख प्रहरी उपरीक्षक प्रेम प्रसाइँले जिल्लाका १३ वटै स्थानीय तहमा क्रमशः यससम्बन्धी तीन दिने तालिम प्रदान गर्दै जाने जानकारी दिए।
सामाग्री श्रोत :
काठमाडौँ । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम पारित भएको छ । आइतबार बसेको प्रदेशसभा बैठकबाट बहुमतले पारित नीति तथा कार्यक्रममा प्रदेशको समग्र विकासमा सूचना प्रविधिलाई प्रमुख आधार बनाउने लक्ष्य लिइएको छ ।
यसअन्तर्गत कर्णालीको डिजिटल रुपान्तरणका लागि स्पष्ट मार्गचित्र तयार गर्न ‘डिजिटल कर्णाली फ्रेमवर्क’ निर्माण गर्ने योजना सारिएको छ । यस कार्यका लागि मध्यपश्चिम विश्वविद्यालय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) सँग सहकार्य गरिने उल्लेख छ ।
यसपालिको नीति तथा कार्यक्रममा नयाँ पुस्ता ‘जेनजी’ (Gen-Z) लाई प्रविधिमा आधारित उद्यम तथा सेवामा आकर्षित गर्न सहुलियत प्रदान गर्ने योजना समेटिएको छ । सूचना प्रविधिमा आधारित व्यवसाय र सेवा प्रवाहमा युवा पुस्ताको सहभागिता बढाउन सरकारले आवश्यक सहयोग र प्रोत्साहन गर्ने नीति लिएको हो ।
यसैगरी, सरकारी सेवा प्रवाहलाई डिजिटल बनाउँदै ‘फेसलेस सेवा’ विस्तार गर्नेदेखि कृषिमा डिजिटल प्रविधि प्रयोग गर्दै आर्टिफिसियल इन्टेलिजेन्स र एपमार्फत सेवा दिने योजना ल्याइएको छ ।
सडक सुरक्षाका लागि स्वचालित नम्बर प्लेट पहिचान प्रणाली र साइबर सुरक्षालाई मजबुत बनाउन विशेष कार्यक्रम सञ्चालन गरिने भएको छ । शिक्षा, पर्यटन, ई-कमर्स र भुक्तानी प्रणाली समेत डिजिटल बनाउने लक्ष्य नीति तथा कार्यक्रममा समावेश छ ।
पछिल्लो अध्यावधिक: जेठ २६, २०८२ ८:२
सामाग्री श्रोत :
टेक पाना
बर्दिया– बर्दियामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । करेन्ट लागेर बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकामा गरेर दुई जनाएको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा बाँसगढी –९ माछागढका ५७ वर्षीय राजेन्द्रजङ्ग शाह र गुलरिया नगरपालिका–१२ भैसाही बस्ने २१ वर्षीय वीरेन्द्र थारु रहेका जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
आइतबार शाहलाई आफ्नै खेतमा धानको बिउमा पानी लगाउन मोटर चलाउने क्रममा करेन्ट लाग्दा मृत्यु भएको हो । त्यसैगरि बढैयाताल गाउँपालिका–९ कान्तिपुरमा घर बनाउने क्रममा करेन्ट लाग्दा थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं। लस एन्जलसमा फेरि प्रदर्शन भड्किएको छ। अमेरिकन अध्यागमन बिभागले गरिरहेको छापाको बिरूद्ध प्रदर्शनकारीहरूले तेस्रो दिन पनि प्रदर्शन गरिरहेका छन्। सो प्रदर्शनमा दर्जनौं सवारी साधानहरू तोडफोड भएका छन् भने प्रदर्शनकारीले १ सय १ भन्दा सडक अबरोध गरिरहेका छन्।
उता, सबन्धित राज्यको अनुमति बिना नै राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जलसमा तैनाथ गरेका नेशनल गार्ड एकाइहरूले प्रदर्शनकारीहरूमाथि जबरजस्ती अश्रु ग्यास प्रयोग गराएका छन् भने दर्जनौं प्रदर्शनकारी पक्राउ परेका छन्। खासमा, शहरको प्रमुख १०१ फ्री वेलाई अवरुद्ध गर्दा कानून प्रवर्तन प्रदर्शनकारीहरूलाई हटाउन अगाडि बढिरहेका छन्।
उता, ट्रम्पले नेशनल गार्ड पठाउने आफ्नो कदमको बचाउ गर्दै नेशनल गार्डहरूले क्यार्लिफोनिया र लस एन्जलसमा त्यहाँ कानून र व्यवस्था छ भनेर सुनिश्चित गर्ने दावी गरेका छन्।
तर, क्यालिफोर्नियाका गभर्नरले ट्रम्पलाई सेना परिचालन रद्द गर्न आग्रह गरेका छन्। जसलाई अन्य डेमोक्रेटिक गभर्नरहरूले शक्तिको डरलाग्दो दुरुपयोग भनेर टिप्पणी गरेका छन्।
क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूजमले लस एन्जलस काउन्टीमा गैरकानूनी सेना तैनाथ गर्न र आफ्नो आदेशमा फिर्ता गर्न ट्रम्प प्रशासनलाई औपचारिक रूपमा अनुरोध गरेका छन्।
सामाजिक सञ्जाल एक्सको एक पोष्टमा डेमोक्र्याटिक गभर्नर भन्छन्, ‘ट्रम्प संलग्न नभएसम्म हामीलाई कुनै समस्या थिएन तर नेशनल गार्ड खटाउने उनको कदम यो राज्यको सार्वभौमसत्ताको गम्भीर उल्लङ्घन हो, जहाँ उनीहरूलाई आवश्यक छ, त्यहाँबाट स्रोतहरू तानेर तनाव फैलाउने काम भएको छ।’
रिपब्लिकन राष्ट्रपति ट्रम्प प्रशासनले न्यूजमको अनुरोधमा सार्वजनिक रूपमा टिप्पणी गरेको छैनन्। शुक्रबारदेखि सुरु भएको विरोध प्रदर्शनले निकै हिंसात्मक रुप लिइरहेको छ। सो क्रममा दर्जनौं पक्राउ परेका छन् र प्रहरी अधिकारीहरूसमेत घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
सामाग्री श्रोत :
काठमाडौँ । एप्पलको वार्षिक डेभलपर कन्फ्रेन्स (डब्लूडब्लूडीसी) २०२५ आजदेखि सुरु हुँदैछ । कम्पनीले यस कार्यक्रममा आफ्ना पछिल्ला सफ्टवेयर संस्करणहरूका साथै केही नयाँ हार्डवेयर उत्पादन घोषणा गर्ने तयारी गरेको छ ।
हालसम्म बाहिरिएका रिपोर्ट अनुसार एप्पलले यसपटक अपरेटिङ सिस्टमहरूको नाम परिवर्तन गर्दैछ । कम्पनीले आईओएस १९ र आईप्याडओएस १९ को साटो आईओएस २६ र आईप्याडओएस २६ सार्वजनिक गर्नेछ । यसले वर्तमान वर्षसँग नामलाई मेल गराउने उद्देश्य लिएको बुझिएको छ ।
आईओएसको डिजाइनमा पनि व्यापक परिवर्तनको अपेक्षा गरिएको छ । खबर अनुसार आईओएस ७ पछिको सबैभन्दा ठुलो परिवर्तन गर्नेगरी कम्पनीले काम गरिरहेको छ । नयाँ डिजाइन एप्पल भिजन प्रोको इन्टरफेसबाट प्रेरित हुनेछ । यसअन्तर्गत आईओएसमा गोलो एप आइकनहरू, ट्रान्सप्यारेन्ट मेनुहरू, ग्लासी फ्लोटिङ बटनहरू, तलपट्टि पिल-आकारका नेभिगेसन बारहरू लगायत हुनेछन् । साथै एआईमा आधारित ब्याट्री व्यवस्थापन र शर्टकर्ट्स, लाइभ ट्रान्सलेसन जस्ता सुविधा पनि समावेश हुने बताइएको छ ।
अर्कोतर्फ आईप्याडले पनि नयाँ मल्टिटास्किङ सुविधाहरू पाउने अनुमान छ । यी सुविधाले आईप्याडलाई म्याकजस्तै बनाउनेछ । एप्पल पेन्सिलमा स्ट्यान्डअलोन क्यालिग्राफी पेन मोड थपिने चर्चा छ ।
आगामी म्याकओएसलाई ‘Tahoe’ नाम दिने सम्भावना छ । यसले आईओएस २६ डिजाइनसँग मेल खाने अपडेटेड लुक प्राप्त गर्नेछ । यसले नयाँ गेमिङ एप र राम्रो एयरपड्स सुविधा इन्टिग्रेसन पनि ल्याउनेछ । बाहिरिएका जानकारी अनुसार वाचओएस र टिभीओएसले पनि नयाँ डिजाइनका साथै एयरपड्स लाइभ ट्रान्सलेसन इन्टिग्रेसन पाउनेछन् । साथै एप्पल टिभीमा नयाँ गेमिङ एप समावेश हुनेछ ।
भिजनओएसमा डकुमेन्टहरूका लागि नयाँ आई-स्क्रोलिङ सुविधा र थर्ड पार्टी कन्ट्रोलरहरूका लागि ‘म्याजिक वान्ड’ सपोर्टको हल्ला छ । कम्पनीले एआई-आधारित ट्रान्सलेसनलाई सबै एप्पल उत्पादनहरूमा विस्तार गर्ने र फोन कल र टेक्स्ट मेसेजहरूका लागि लाइभ ट्रान्सलेसन थप्ने अपेक्षा गरिएको छ ।
हार्डवेयरतर्फ एप्पलले पुन: डिजाइन गरिएको म्याक प्रो प्रदर्शन गर्ने अपेक्षा छ । कम्पनीले आफ्नै चिप्स प्रयोग गर्न थालेपछिको यो म्याक पहिलो पुन: डिजाइन हुनेछ । योसँगै ‘चीज ग्रेटर’ डिजाइन अब हट्ने सम्भावना छ ।
होमपडमा डिस्प्ले थपी होमकिट डिभाइसहरूलाई कन्ट्रोल गर्न सजिलो बनाउने तयारी छ । यसमा सिरी, एप्पल टिभीसँग इन्टिग्रेसन र होम अटोमेसनका लागि एआई-सञ्चालित सुविधा समावेश हुनेछन् । एयरट्याग्समा पनि अपडेट आउने अपेक्षा गरिएको छ । तर यसको विस्तृत जानकारी अझै आएको छैन ।
अर्कोतर्फ नयाँ एयरपड्स ल्याउने चर्चा खासै नभएपनि यस वर्ष कम्पनीले एयरपड्समा ‘नयाँ हेड जेस्चर’ फिचर सार्वजनिक गर्ने तयारी गरेको छ । यस फिचर अन्तर्गत एयरपड्स लगाएको प्रयोगकर्ताले टाउको हल्लाएकै भरमा फोन उठ्नेछ । साथै टाउकोको चालबाटै यस फिचरले कलको भोल्युम बढाउने वा घटाउने काम गर्नेछ । एयरपड्समा आउन लागेको अर्को फिचर हो ‘अटो पज फर स्लिप’ । यस फिचरले एप्पल वाचको स्लिप डेटा प्रयोग गरी प्रयोगकर्ता निदाएको थाहा पाउँछ । र, एयरपड्समा बजिरहेको म्युजिक वा अन्य सामग्री स्वतः पज (रोकिने) गर्छ । त्यस्तै एयरपड्समा आउन लागेको अर्को फिचर ‘क्यामेरा टिगर’ हो । जस्तो वायर्ड इयरपोड्स (इयरफोन) मा बटन थिचेपछि आईफोनले फोटो खिच्थ्यो, त्यस्तै यस फिचरले पनि छोएको थाहा पाउनासाथ फोटो खिच्नेछ ।
डब्लूडब्लूडीसी २०२५ को किनोट वक्तव्य नेपाली समय अनुसार आज राति १०ः४५ देखि एप्पलको आधिकारिक वेबसाइटबाट हेर्न सकिनेछ ।
पछिल्लो अध्यावधिक: जेठ २६, २०८२ ७:१
सामाग्री श्रोत :
टेक पाना
सोलुखुम्बु – जिल्लामा १५ शय्याको फाप्लु जिल्ला अस्पतालले ५४ शय्यासम्मको सेवा दिँदै आएको छ । क्षमता भन्दा बढी सेवा दिनुपर्ने बाध्यताले अस्पतालले सेवा धान्न चर्को परेको छ । अस्पतालका निमित्त प्रमुख डा श्रेया पङ्गेनीले भनिन्, “हाम्रो अस्पताल १५ शय्याको हो, तर व्यवहारमा दैनिक ५० बढी बिरामी भर्ना भइरहेका छन् । प्रसूति, आकस्मिक, स्त्रीरोग जस्ता सेवासमेत हामी यहीँबाट दिन बाध्य छौँ, भौतिक संरचना त पर्याप्त छ, जनशक्ति कमजोर छ ।”
जिल्ला अस्पतालमा १८ जना स्थायी कर्मचारीको दरबन्दी छ । तर, हाल पाँच जना मात्र स्थायी कर्मचारी कार्यरत छन् । ती पाँच जनामा एक जना मेडिकल अधिकृत, एक जना वरिष्ठ नर्सिङ निरीक्षक, दुई जना अनमी र एक जना कार्यालय सहयोगी छन् । बाँकी १३ पद रिक्त छन्, जसले अस्पतालको सेवा प्रणालीलाई अधुरो, असन्तुलित बनाएको छ ।
डा पङ्गेनीले भनिन्, “एक जना डाक्टरले सबै प्रकारका बिरामीको चाप सम्हाल्नुपर्दा कहिलेकाँही २४ घण्टा ड्युटी गर्नुपर्ने अवस्था आउँछ । मनोवैज्ञानिक दबाब धेरै छ ।” हाल कूल दरबन्दीको ७२ प्रतिशत पद रिक्त छ ।
“हामी आठ घण्टा ड्युटीमा खटिनुपर्ने हो, तर दैनिक १२–१३ घण्टासम्म ड्युटी गर्नुपर्छ । मानसिक, शारीरिक थकान अत्यधिक छ । व्यक्तिगत जीवनसँगको सन्तुलन हराएको छ”, अस्पतालमा कार्यरत्त स्टाफ नर्स दिप्ती चौधरीले भने ।
करारका कर्मचारीको भरमा अस्पताल
अस्पतालमा ३२ जना करारका कर्मचारी छन् । ११ जना अस्पताल विकास समितिबाट ज्यालादारीमा नियुक्त छन् । अस्पतालको दीर्घकालीन योजना, तालिम, प्रणाली सुधारजस्ता विषयमा स्थायित्व नहुँदा कार्यान्वयन हुन सकेको छैन । वरिष्ठ नर्सिङ निरीक्षक सानी शेर्पा भनिन्, “छात्रवृत्ति करारका चिकित्सकहरू छ महिना, एक वर्षका लागि आउँछन् । तिनको अनुभव राम्रो भए पनि अस्पताललाई दीर्घकालीन लाभ पुग्दैन ।”
करारका चिकित्सकहरुले सक्दो योगदान दिएपनि उनीहरु लामो समय रहन नसक्ने भएकाले अस्पतालले बारम्बर चिकित्सकको अभाव झेल्दै आएको छ । अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख कृष्णप्रसाद निरौलाले भने, “हामीले पटकपटक प्रदेश सरकारसँग जनशक्ति माग गरेका छौँ । अस्पतालको स्तरोन्नति, बजेट, जनशक्ति—सबै कुरामा ध्यानाकर्षण गराएका छौँ । तर सुनुवाइ भएको छैन ।” उनले गत साता मात्रै प्रदेशका स्वास्थ्यमन्त्रीसँग भेटेर ३० शय्याको संरचना र तदनुसारको दरबन्दी माग गरेको जानकारी दिए ।
प्रदेश स्वास्थ्य मन्त्रालयले भने लोकसेवा आयोगबाट पदपुर्ती भएपछि दरबन्दी पूरा हुने जवाफ दिएको छ । स्वास्थ्यमन्त्री भूपेन्द्र राईले भने, “हामी लोकसेवा आयोगमार्फत दरबन्दी पूर्ति गर्ने तयारीमा छौँ । अहिले प्रदेशभर जनशक्ति अभाव छ ।”
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं। प्रतिनिधिसभाको बैठक बस्ने कार्यसूची छ। संघीय संसद नयाँ बानेश्वरमा दिउँसो २ः०० बजे बस्ने कार्यसूची त भएपनि विपक्षी दलकाे अवराेध भयाे भने बैठक बस्ने कि नबस्ने भन्ने निश्चित छैन।
संसद्मा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायतले संसद अबरोध गरेपछि बैठक सोमबारसम्मका लागि स्थगित गरिएको थियाे।
हिजो दिउँसो १ः०० बजेका लागि बोलाइएको बैठक साढे ५ घण्टा ढिलो गरी सुरु भएपनि प्रतिपक्षी दलहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरले बैठक स्थगित गरेका हुन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् अवरोध गर्दै आइरहेका छन्। प्रतिनिधिसभाको बैठक यही जेठ १३ गतेदेखि बस्न सकेको छैन। यसअघि दैनिक बैठक बोलाइए पनि अवरोधका कारण चल्न सकेको छैन।
विपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा एकीकृत समाजवादी (नेकपा एस)का सांसदहरूले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकमाथि छानविन गर्न समिति गठन हुनुपर्ने सदनमा अवरोध गरिरहेका छन्। वैशाख १५ मा बजेट पेस गर्न दिएका प्रतिपक्षीले त्यसयताका कुनै पनि बैठक सञ्चालन गर्न दिएका छैनन्।
आइतबारको बैठकमा सभामुखले दलीय आधारमा बोल्न दिने प्रस्ताव गरेका थिए। तर, विपक्षीले उक्त प्रस्ताव अस्वीकार गरे र विरोध जारी राखे। सभामुख देवराज घिमिरेले बैठक सञ्चालनको वातावरण बनाउन प्रमुख सचेतकहरूसँग छलफल गरे पनि परिणाम आउन सकेको छैन।
आइतबारसम्म आइपुग्दा माओवादी र रास्वपा कांग्रेसको प्रस्तावअनुसार मध्यमार्गी प्रस्तावमा अगाडि बढ्न लचक भएपछि कांग्रेस नेताहरू एमालेसँगको छलफलमा जुटेका छन्। यद्यपि, सहमति जुट्न भने सकेन।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सकाएपछि भिजिट भिसा प्रकरणको समग्रतामा अध्ययन गर्नेगरी छानविन समिति बनाउने विषय कांग्रेसले अगाडि सारेको छ। त्यस्तो समितिले २०६४ सालयता भिजिट भिसाको नाममा विदेश जानेसँग अपारदर्शी रूपमा आर्थिक लेनदेन भए-नभएको हेर्नेगरी कार्यक्षेत्र तोक्नेगरी मध्यमार्गी प्रस्ताव अगाडि बढेको हो।
सामाग्री श्रोत :
प्रतिनिधिसभा बैठक बस्ने कार्यसूची, संसद सुचारू गर्न जुटेको छैन सहमति
काठमाडौँ । स्मार्टफोन ब्रान्ड भिभोले दराजसँगको सहकार्यमा ‘६.६ मेगा मिड–इयर सेल’ अफर सञ्चालन गरेको छ । अफर अन्तर्गत जुन ६ देखि १० सम्म दराजमार्फत भिभो स्मार्टफोन खरिद गर्ने ग्राहकले विभिन्न अडियो डिभाइस निःशुल्क प्राप्त गर्ने भएका छन् ।
उक्त सेल अवधिमा भिभो स्मार्टफोन किन्ने उपभोक्ताले भिभो बड्स, एप्रो १० इयरबड्स, क्लिपबड्स जस्ता अडियो डिभाइस उपहारस्वरूप प्राप्त गर्नेछन् ।
यसबाहेक, कम्पनीले ‘भिभो वाई १९एस’ मा एक हजार रुपैयाँसम्मको छुट र ‘भिभो बड्स’ मा ३३ प्रतिशत छुट सहित तीन हजार,९९९ रुपैयाँमा उपलब्ध गराउने घोषणा गरेको छ ।
भिभो नेपालका ब्रान्ड म्यानेजर दिपेश खनालले दराजसँगको सहकार्यमा ग्राहकसम्म सहज पहुँच बढाउने उद्देश्य रहेको बताए । “हामी सबै वर्गका ग्राहकलाई सरल र भरपर्दो प्रविधिमा पहुँच दिन प्रतिबद्ध छौं,” उनले भने ।
कम्पनीले यो अभियानलाई अनलाइन बजारमा आफ्नो उपस्थितिलाई सुदृढ गर्ने रणनीतिक कदमका रूपमा प्रस्तुत गरेको छ ।
पछिल्लो अध्यावधिक: जेठ २६, २०८२ ६:१
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
दाङको तुलसीपुर उपमहानगरपालिका-१३ बखरियास्थित सडकमा ना.४ ख ४००९ नम्बरको बस र रा.१ क ८७० नम्बरको बस एकआपसमा ठक्कर खाई आइतबार बिहान दुर्घटना हुँदा ना.४ ख ४००९ नम्बरको बसमा सवार दंगीशरण गाउँपालिका-२ बस्ने ६५ वर्षीय नारायण भण्डारी र ३७ वर्षीया शान्ता खड्का चौधरीको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका ना.४ ख ४००९ नम्बरको बसमा सवार अन्य ११ जना मध्ये ७ जनाको मेडिकल कलेज कोहलपुर, ३ जनाको सिटि अस्पताल तुलसीपुर र १ जनाको नागरिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। दुबै बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बाराको बारागढी गाउँपालिका-२ विसनपुर्वास्थित सडकमा विसनपुर्वाबाट दैर्वातर्फ जाँदै गरेको प्र.१-०५-००२ प १६२२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-२ विसनपुर्वा बस्ने ५५ वर्षीया गीता देवी चौधरीको आइतबार बिहान मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको नेशनल मेडिकल कलेज वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गरिरहेको छ।
सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
सामाग्री श्रोत :
कर्णाली । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशनअन्तर्गत आज बसेको बाह्रौँ बैठकमा सभामुख नन्दा गुरुङले मुख्यमन्त्री यामलाल कँडेललाई ‘आव २०८२/८३ को नीति तथा कार्यक्रम पारित गरियोस्’ भनी सभामा प्रस्ताव गर्न समय दिइन्। मुख्यमन्त्री कँडेलले ‘प्रदेशसभा नियमावली, २०८१ को नियम ३९ को उपनियम ४ बमोजिम नीति तथा कार्यक्रम पारित गरियोस्’ भनी सभासमक्ष प्रस्ताव गरे।
तत्पश्चात् सभामुख गुरुङले ध्वनि मतका आधारमा प्रस्तावबारे निर्णय लिएकी थिइन्। प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रदेशसभा सदस्यहरूले इन्कार गरे पनि सत्ता साझेदार दलका सदस्यहरूको ध्वनि मत बहुमत भएको भन्दै सभामुख गुरुङले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरिन्।
प्रदेशसभाको अर्को बैठक यही सोमबार दिउसो ३ बजे बस्ने छ।
सामाग्री श्रोत :