२०८२ भाद्र २६ बिहीबार
२०८२ भाद्र २६ बिहीबार

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ। 

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले सर्वसम्मत रुपमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो।

सरकारले नेपाल नागरिकता ऐन, २०६३ लाई दोश्रो पटक संशोधन गर्न विधेयक ल्याएको थियो।

समिति सभापति रामहरि खतिवडाले नेपाली नागरिकलाई नागरिकता बिहिन हुने अवस्था अन्त्यका लागि सरकारले ल्याएको उक्त विधेयक पारित भएको जानकारी दिए। सवै समिति सदस्यहरुको सहमतिमा सर्वसम्मत रुपले विधेयक पारित भएको उहाले बताए।

त्यसअघि बैठकमा गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार गठन भएको ११ महिनामा नीतिगत, कानूनी र संरचनात्मक सुधार गर्ने क्रममा रहेको र त्यसमा नागरिकतासम्बन्धी बिषय महत्वपूर्ण रहेको बताएका छन्। गैर आवासीय नेपालीले प्राप्त गर्ने नागरिकताका बिषय संविधानमा नै उल्लेख भएकाले थप छलफल गर्न आवश्यक नरहेको उनले बताए। उनले गैर आवासीय नेपालीका बिषयमा छुट्टै विधेयक ल्याउन लागिएको धारणा राखे। गृहमन्त्री लेखकले आमाको नामबाट नागरिकता प्राप्त गर्ने संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्न विधेयकले थप सहजीकरण गर्ने उल्लेख गरेका छन्। 

बाबुको पहिचान नखुलेको अवस्थामा आमाले स्वघोषणा गरे नागरिकता दिने बिषय विधेयकमा मुख्य रुपमा समेटिएको उहाले बताए। उनले नेपाली आमा र विदेशी बाबुबाट जन्मेका सन्तानले अन्य देशको नागरिकता नलिएको भए अङ्गीकृत नागरिकता प्राप्त गर्ने स्पष्ट पारे। नागरिकता वितरणका कानुनी जटिलता हटाउन भन्दै सरकारले प्रतिनिधि सभामा माघ १५ गते विधेयक दर्ता गरेको थियो।  


 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिले राजनीतिक अधिकार प्राप्त नगर्ने बताएका छन्।

मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै एनआरएनए आफैंमा एउटा नागरिकता भएको भन्दै उनले नागरिकता प्राप्त गर्नेले राजनीतिक अधिकार प्राप्त नगर्ने बताएका हुन्।

‘अंगिकृत नागरिकताको लागि सीमा तोकिएजस्तै गैर आवासीय नेपाली नागरिकताको लागि पनि सिमा तोकेर गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्राप्त गर्नेछ भन्नुको मतलब राजनीतिक अधिकार प्राप्त गर्दैन भन्ने अर्थ मान्ने हो। तर एनआरएनए आफैमा एउटा नागरिकता हो,’ उनले भने।

उनले गैर आवासीय नेपाली नागरिकताको बारेमा नेपाल सरकारले छुट्टै विधेयक तयार गर्न लागेको बताए।

उनले नेपालको नागरिकबाट जन्म भई नेपालमा नै बसोबास गरिरहेको र बाबुको पहिचान गर्न नसकिएको व्यक्तिलाई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिने बताए।

बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल गरिएको छ।


सामाग्री श्रोत :

‘गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्नेले राजनीतिक अधिकार पाउँदैन्’

काठमाडौँ । भारत सिक्किमका पदम तामाङ नेपालमा अवैध अनलाइन जुवाको प्रचार गर्ने कार्यमा सक्रिय रहेको पाइएको छ । ‘जिली’ नामक अनलाइन बेटिङको प्रचारका लागि नेपाली फेसबुक प्रयोगकर्तालाई लक्षित गर्दै चलिरहेको विज्ञापन अभियानमा उनी जोडिएका हुन् । 

नेपाली चलचित्र ‘होस्टेल ३’ मा समेत अभिनय गरेका​ तामाङका दर्जनौँ भिडि‌ओ बेटिङको विज्ञापनका लागि प्रयोग भइरहेका छन् । जसमध्ये एक भिडिओ १३ लाख पटक हेरिएको छ, जसमा १० हजारभन्दा बढी लाइक समेत छन् । (हेर्नुहोस्ः अर्काइभ लिंक अनि भिडिओः ) । 

जिलीको नाममा एक मात्र होइन, यो सामग्री तयार पार्दासम्म छुट्टाछुट्टै १४ ओटा फेसबुक पेज बनाएर नेपालमा अवैध अनलाइन जुवाको विज्ञापन गरिएको छ । जीलीको नामबाट अनलाइन सट्टेबाजीको विज्ञापन गर्ने सबै जसो पेजहरू मलेसियाबाट सञ्चालन भइरहेको देखिन्छ ।

जिली नेपाल वन (JILI NEPAL 1) नामक फेसबुक पेजमा मात्रै सात ओटा विज्ञापन एक्टिभ छन् । 

 

त्यस्तै ‘JILI NEPAL 2’ नामक अर्को पेजमा पनि पदम तामाङले विज्ञापनका लागि बनाएको छुट्टै भिडिओ बुस्ट गरिएको छ । बेटिङको प्रचारमा चार ओटा विज्ञापन एक्टिभ देखिएको उक्त पेजमा यो समाचार तयार पार्दासम्म एक लाख ३९ हजार भ्युज आएको छ । 

 

त्यस्तै ‘JILI NEPAL 3’ नामक पेजमा बेटिङको लागि तयार पारिएका पाँच विज्ञापन एक्टिभ देखिए । यो पेजमा तीन ओटा भिडिओ पदम तामाङका छन् । त्यसमध्ये एउटा भिडिओमा २० लाख भ्युज तथा २१ हजार लाइक आइसकेको थियो । 

 


यसैगरी ‘JILI NEPAL 5’ नामक पेजबाट समेत पाँच ओटा विज्ञापन एक्टिभ देखिएका छन् । ती मध्ये तीन ओटा विज्ञापनमा पदम तामाङ देखिन्छन् । ‘JILI NEPAL 6’ नामक अर्को पेजमा पनि पाँच ओटै विज्ञापन छन्, जसमा तामाङका दुई ओटा भिडिओ छन् । 

 

 

नेपाली भाषामा कमेडी भिडिओ बनाएर चर्चित बनेका तामाङ पछिल्लो समय नेपाल आउजाउ समेत गरिरहेका हुन्छन् । उनले EVO33 नामक अर्को बेटिङ प्लेटफर्मको भिडिओ विज्ञापन समेत गरेका छन् । जसको EVO33 6 मा २ लाख २४ हजार,  EVO33 1 मा ७ लाख ३१ हजार भ्युज छ ।

 

 

प्रहरीले मुलुकी अपराध संहिता, २०७४ बमोजिम अनलाइन सट्टेबाजीमा संलग्न उपर कारबाही अगाडि बढाउँदै आएको छ । त्यसको दफा १२५ मा, ‘जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने’ व्यवस्था छ । यस किसिमको कार्यमा संलग्न रहेको पाइएमा जुवा खेल्न प्रयोग भएको साधन र जुवाबाट प्राप्त सम्पूर्ण चल अचल सम्पत्ति जोफत हुनुका साथै कसुर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ । 

त्यसो त यस किसिमको अवैध सट्टेबाजीको प्रचार गर्ने कलाकार र युट्युबरमाथि समेत प्रहरीले कारबाही गर्दै आएको छ । करिब दुई वर्षअघि मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु पौडेल) तथा बेगम नेपाली (भट्भटे माइला) , युट्युबर पवन खतिवडा (म्याकुरी), एलिश राई, जलन घर्ति मगर (जलन) लगायत वनएक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका थिए ।

पछिल्लो अध्यावधिक: जेठ २७, २०८२ १५:५६





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ– लोकप्रिय गायिका रचना रिमाल आकस्मिक रूपमा बिरामी परेकी छन्। 

सांगीतिक कार्यक्रमको सिलसिलामा रुकुम पश्चिम पुगेकी रिमाललाई अचानक स्वास्थ्यमा सम’स्या देखिएपछि मंगलबार बिहान काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना गरिएको हो।

स्रोतका अनुसार पेट दुख्ने गुनासो गरेपछि उनको अवस्था ग’म्भीर हुँदै गएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई रुकुम पश्चिमबाट सुर्खेत हुँदै नेपालगञ्ज लगिएको थियो। त्यहाँबाट मंगलबार बिहानै उनलाई काठमाडौं ल्याइएको हो।

रिमाल सोमबार मात्रै रुकुम पुगेकी थिइन्। उनले रुकुम पश्चिमको सानिभेरी गाउँपालिका, बेलटापुमा सञ्चालन भइरहेको एक सांगीतिक महोत्सवमा मंगलबार प्रस्तुति दिने तयारी गरिरहेकी थिइन्। तर बिहानै अचानक बिरामी भएपछि कार्यक्रम रद्द गरिएको थियो।

हाल ह्याम्स अस्पतालमा उनको उपचार भइरहेको छ भने स्वास्थ्य अवस्थाबारे थप जानकारी आउन बाँकी छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । हिमालयन बैंक लिमिटेडले तनहुँको गौंडा शाखालाई स्थानान्तरण गरी दूधपोखरी गाउँपालिका, वडा नं. ५, जोर्ने लम्जुङ्गबाट आज मिति २०८२ साल जेष्ठ २६ गते देखि दूधपोखरी शाखा नामबाट सम्पूर्ण बंैकिङ्क सेवा प्रदान गर्ने गरी संचालनमा ल्याएको छ ।

उक्त शाखाको शुभारम्भ दूधपोखरी गाउँपालिका अध्यक्ष धन बहादुर गुरुङ्गले बंैकका कर्मचारीहरु तथा अतिथिहरुको उपिस्थतिमा गरेका छन् । ।

हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २८६ एटीएम, ८,००० भन्दा बढी पीओएस टर्मिनलहरु र १५,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बंैकिङ्क सेवा प्रदान गर्दै आएको छ ।


सामाग्री श्रोत :

हिमालयन बैंकको लमजुङको गौडा शाखा दूधपोखरीमा स्थानान्तरण

काठमाडौँ । मोबाइलमार्फत इन्टरनेट चलाउने प्रयोगकर्ताको संख्या विश्वभर तीव्र रूपमा बढेको छ । हालै सार्वजनिक गरिएको एक प्रतिवेदनअनुसार विश्वव्यापी वेब ट्राफिकको ६४.१ प्रतिशत हिस्सा स्मार्टफोनबाट हुने गरेको छ । यो दर अहिलेसम्मकै सबैभन्दा उच्च हो ।

सन् २०२३ को दोस्रो त्रैमासदेखि स्मार्टफोनमार्फत वेब ब्राउजिङ गर्ने प्रवृत्ति लगातार बढ्दो छ । सन् २०२५ को दोस्रो त्रैमाससम्म आइपुग्दा मोबाइल वेब ट्राफिक लगातार आठ त्रैमाससम्म बढेको देखिएको हो । जुन २०१६ पछिकै लामो समयसम्मको वृद्धि हो ।

मोबाइल नेटवर्कको उच्च गति, सस्तो स्मार्टफोनको उपलब्धता र डिजिटल सेवा पहुँचमा आएको सहजताका कारण यो परिवर्तन आएको विश्लेषण गरिएको छ । समाचार, किनमेल, मनोरञ्जनदेखि अध्ययनसम्मको काम मोबाइलबाटै हुने प्रवृत्तिले वेब ट्राफिकको केन्द्रबिन्दु स्मार्टफोन बन्न पुगेको हो ।

क्षेत्रगत रूपमा एसिया अग्रपंक्तिमा रहेको देखिएको छ । एसियामा कुल वेब ट्राफिकको ७१.३ प्रतिशत हिस्सा मोबाइल डिभाइसबाट हुने गरेको छ । अमेरिका र युरोपमा भने यो दर करिब ५० प्रतिशतको हाराहारीमा रहेको छ ।

मोबाइल वेब ट्राफिकमा एन्ड्रोइडको दबदबा अझै कायम छ । पछिल्लो तथ्यांकअनुसार मोबाइल वेब ट्राफिकको ७२.७ प्रतिशत हिस्सा एन्ड्रोइडबाट र २६.९ प्रतिशत आईओएसबाट हुने गरेको छ । 

 

पछिल्लो अध्यावधिक: जेठ २७, २०८२ १४:५८





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ– चालु आर्थिक वर्षको दश महिनामा रु १३ खर्ब ५६ अर्ब ६१ करोड विप्रेषण आप्रवाह भएको छ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दश महिनाको तथ्याङ्कमा आधारित भएर आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक प्रतिवेदनअनुसार गत वैशाख मसान्तसम्म उक्त रकम स्वदेश भित्रिएको हो। 

वैशाख महिनामा मात्र रु एक खर्ब ६५ अर्ब ३० करोड भित्रिएको थियो। 

गत वैशाख मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि  चार लाख पाँच हजार ६१० जनाले अन्तिम स्वीकृति र दुई लाख ८० हजार ३१४ ले पुनः श्रम स्वीकृति लिएका छन्। 

प्रतिवेदनअनुसार वैशाख मसान्तसम्ममा मुलुकको चालु खाता रु दुई खर्ब ५५ अर्ब ९३ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु एक खर्ब ९३ अर्ब ३१ करोडले बचतमा थियो।

वैशाख मसान्तसम्ममा खुद पुँजीगत ट्रान्सफर रु आठ अर्ब ४८ करोड रहेको छ भने रु १० अर्ब ६० करोड बराबर प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। समीक्षा अवधिमा शोधनान्तर बचत रु चार खर्ब ३८ अर्ब ५२ करोड रहेको छ। विदेशी विनिमय सञ्चिति रु २५ खर्ब १२ अर्ब ९५ करोड पुगेको छ। 

समीक्षा अवधिको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रमा रहेको विदेशी विनिमय सञ्चितिले १७ दशमलव चार महिनाको वस्तु आयात र १४ दशमलव छ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने केन्द्रीय बैंकले जनाएको छ।

–––

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

सुर्खेत- कर्णाली प्रदेशले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नीति तथा कार्यक्रमको प्राथमिकतामा सुर्खेत प्रादेशिक अस्पतालको विकास परेको छ। 

भनिएको छ,  ‘प्रदेश अस्पताल स्तरोन्नति सम्बन्धमा अध्ययन गर्ने उच्चस्तरीय अध्ययन समितिको प्रतिवेदन बमोजिम प्रदेश अस्पताल सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गरिनेछ । सुर्खेत मेडिकल कलेज स्थापना गर्न सङ्घीय सरकारसँग पहल गरिनेछ।’

 कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यलाई निरन्तरता दिइने  बताइएको छ। सङ्घ सरकारको समन्वयमा प्रदेश अस्पतालमा मृगौला प्रत्यारोपण तथा क्यान्सरको किमोथेरापी र जलन उपचार युनिट स्थापना गरिने उल्लेख छ।

‘स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउनको लागि जनशक्ति, भौतिक पूर्वाधार, औषधी र उपकरणको सुनिश्चितता गरिनेछ । सार्वजनिक बिदाको दिन पनि कर्णाली प्रदेश अस्पतालबाट ओपिडी सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ । ७६. तहगत सरकार र अस्पताल विकास समितिको सहकार्य र समन्वयमा प्रदेशमा सञ्चालनमा रहेका अस्पतालहरूको स्तरवृद्धि गरिनेछ । प्रदेश अस्पताल सुर्खेतमा छुट्टै ओपिडी ब्लक निर्माण गरिनेछ । सङ्घीय निर्वाचन क्षेत्र, भूगोल, जनसङ्ख्या र रोगको भारको आधारमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थालाई सङ्घ, प्रदेश र स्थानीय तहबिचको साझेदारीमा रणनीतिक अस्पतालका रूपमा स्तरोन्नति गरिनेछ । जिल्लास्थित अस्पतालमा गुणस्तरीय विशेषज्ञ सेवाको सुनिश्चितता गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ।

कर्णाली प्रदेशका सबै नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन अभियान सञ्चालन गरिनुका साथै एकीकृत विद्यालय स्वास्थ्य कार्यक्रम लागू गरिने बताइएको छ। 

यस्तो छ नीति तथा कार्यक्रमको पूर्णपाठ

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं। चालु आर्थिक वर्षको दश महिनामा १३ खर्ब ५६ अर्ब ६१ करोड विप्रेषण आप्रवाह भएको छ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दश महिनाको तथ्यांकमा आधारित भएर आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक प्रतिवेदनअनुसार गत वैशाख मसान्तसम्म उक्त रकम स्वदेश भित्रिएको हो । वैशाख महिनामा मात्र रु एक खर्ब ६५ अर्ब ३० करोड भित्रिएको थियो।

गत वैशाख मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि चार लाख पाँच हजार ६१० जनाले अन्तिम स्वीकृति र दुई लाख ८० हजार ३१४ ले पुनः श्रम स्वीकृति लिएका छन्।
प्रतिवेदनअनुसार वैशाख मसान्तसम्ममा मुलुकको चालु खाता दुई खर्ब ५५ अर्ब ९३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु एक खर्ब ९३ अर्ब ३१ करोडले बचतमा थियो।

वैशाख मसान्तसम्ममा खुद पुँजीगत ट्रान्सफर आठ अर्ब ४८ करोड रहेको छ भने १० अर्ब ६० करोड बराबर प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। समीक्षा अवधिमा शोधनान्तर बचत रु चार खर्ब ३८ अर्ब ५२ करोड रहेको छ। विदेशी विनिमय सञ्चिति २५ खर्ब १२ अर्ब ९५ करोड पुगेको छ ।

समीक्षा अवधिको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रमा रहेको विदेशी विनिमय सञ्चितिले १७ दशमलव चार महिनाको वस्तु आयात र १४ दशमलव छ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने केन्द्रीय बैंकले जनाएको छ।


सामाग्री श्रोत :

दश महिनामा १३ खर्ब ५६ अर्ब ६१करोड विप्रेषण आप्रवाह

काठमाडौँ । एप्पलले आफ्नो वार्षिक वर्ल्डवाइड डेभलपर कन्फरेन्स (डब्लूडब्लूडीसी) २०२५ मा आईओएस २६ र आईप्याडओएस २६ को घोषणा गरेको छ । आईफोन र आईप्याडका लागि नयाँ तथा परिमार्जित अपरेटिङ सिस्टमको यो संस्करणले थुप्रै नयाँ फिचर र सुधारका साथै ‘लिक्विड ग्लास’ नामक नयाँ डिजाइन ल्याङ्ग्वेज ल्याएको छ ।

यदि तपाईं आफ्नो आईफोनले आईओएस २६ पाउला कि नपाउला भनेर जान्न खोज्दै हुनुहुन्छ भने यो सामग्री उपयोगी हुनसक्छ:

कुन आईफोनमा आईओएस २६ आउँदैछ ?

एप्पलले दिएको जानकारी अनुसार ए१३ चिप वा त्यसपछिका नयाँ चिप भएको कुनै पनि आईफोनले आईओएस २६ अपडेट पाउनेछ । यसको अर्थ, आईफोन एक्सआर, आईफोन एक्सएस र आईफोन एक्सएस म्याक्सले नयाँ अपडेट पाउने छैनन् ।

यदि तपाईंलाई आफ्नो आईफोनको मोडेल कुन हो भन्ने निश्चित छैन भने सिधै सेटिङ्स > जनरल > अबाउट > मोडेल नेममा गएर हेर्न सक्नुहुन्छ ।

आईओएस २६ प्राप्त गर्ने आईफोनहरूको सूची:

पछिल्लो अध्यावधिक: जेठ २७, २०८२ १३:४१





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट