२०८२ भाद्र १९ बिहीबार
२०८२ भाद्र १९ बिहीबार

काठमाडौं। गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूलाई जोडेर आएका समाचारहरुमा कुनै सत्यता नभएको दाबी गरेका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफ्ना विरुद्धमा नियोजित , षड्यन्त्रपूर्वक ढंगले र राजनीतिक रुपले आक्रमण गर्ने प्रयत्न भएको बताए।

उनले भने,‘मेरा विरुद्धमा नियोजित र षड्यन्त्रपूर्वक ढंगले राजनीतिक रुपले आक्रमण गर्ने प्रयत्न भएको छ । जसलाई सम्मानित सदनबाट खेद व्यक्त गर्न चाहन्छु, आग्रह गर्न चाहन्छु।’

त्यस्तै उनले भिजिट भिसा सम्बन्धित विषयमा सोधपुछको लागि आयोगबाट बोलाएर सञ्चारमाध्यमबाट थाहा पाएको भन्दै यसमा आफ्नो कुनै संलग्नता नरहेको बताए।

‘कार्यालय प्रमुख सहसचिव तिर्थराज भट्टराईलाई भिजिट भिसा सम्बन्धित विषयमा सोधपुछको लागि आयोगबाट बोलाएको सञ्चारमाध्यमबाट थाहा पाएको हुँ। यसमा मेरो पनि संलग्नता छ भनेर सामाजिक सञ्जालमा आएको हो। ति अभिव्यक्तिमा कुनै सत्यता छैन्। उक्त कार्यमा मेरो कुनै संलग्नता छैन र हुन सक्दैन्।’


सामाग्री श्रोत :

मेराविरुद्ध नियोजित ढंगले राजनीतिक आक्रमण गर्ने प्रयत्न भयोः गृहमन्त्री

काठमाडौँ । प्रविधिको दुनियाँ, त्यसमा पनि प्रोग्रामिङ क्षेत्र प्रायः जटिल कोड, एल्गोरिदम र विशेष किसिमको आविष्कारले भरिएको हुन्छ । यहाँ हरेक क्षण केही न केही नयाँ घटना सतहमा आइरहेका हुन्छन् । तर कहिलेकाहीँ यही दुनियाँभित्र यस्ता रमाइला संयोग जन्मन्छन्, जसले इन्टरनेटभर तहल्हा मच्चाइदिन्छ । यस्तै एक अविस्मरणीय घटनाको केन्द्रमा छन् एक नेपाली सफ्टवेयर डेभलपर- आशिष पोखरेल । 

पोखरेलको एउटा सामान्य ठट्टाले उनलाई विश्वव्यापी चर्चामा मात्र नभई प्रविधि इतिहासको एक महत्त्वपूर्ण क्षणसँग पनि जोडेको छ । यस घटनाको सुरुवात गिटहब (GitHub) बाट हुन्छ । गिटहब क्लाउडमा आधारित भर्सन कन्ट्रोल प्लेटफर्म हो, जसले डेभलपरलाई आफ्नो कोड सुरक्षित राख्न, सहकार्य गर्न र प्रोजेक्ट व्यवस्थित गर्न मद्दत गर्छ ।

यही प्लेटफर्ममा आशिष पोखरेलले ‘शिट’ नामको एउटा रिपोजिटरी बनाए । अङ्ग्रेजीमा यस शब्दको अर्थ सन्दर्भ अनुसार फरक-फरक लाग्छ । नेपालीमा हत्तेरिका भनेको जस्तो प्रायः सन्दर्भमा ‘शिट’को प्रयोग हुन्छ । तर, यसलाई कुन अर्थमा पोखरेलले राखेका हुन् भन्ने स्पष्ट छैन । 

यो नाम आफैँमा एउटा व्यङ्ग्य थियो, जसले सफ्टवेयर विकासको क्रममा बनाइने कैयौं उद्देश्यहीन प्रोजेक्टलाई सङ्केत गर्थ्यो । यो एक सरल र आफैँलाई व्यङ्ग्य गरिएको रिपोजिटरी डेभलपर कम्युनिटीमाझ निकै सान्दर्भिक ठट्टा थियो ।

तर कसलाई के थाहा थियो र यो सामान्य ठट्टाले एउटा ऐतिहासिक मोड लिँदैछ भनेर ! संयोग यस्तो पर्‍यो कि आशिषले बनाएको यही ‘shit’ रिपोजिटरी गिटहबमा सिर्जना भएको एक अर्बौं प्रोजेक्ट बन्न पुग्यो । 

यो थाहा पाएपछि गिटहबका एक वरिष्ठ इन्जिनियर जोन रोहनले त्यो रिपोजिटरीको ‘Issues’ सेक्सनमा पुगे र रमाइलो पारामा बधाई दिए । उनले प्रमाणसहित यो एक अर्बौं रिपोजिटरी भएको पुष्टि गरे र अन्त्यमा लेखे, “तपाईंले केही उत्कृष्ट 💩 बनाउने मौका पाउनुहुनेछ भन्ने हामी आशा गर्छौं ! तपाईंको दिन शुभ रहोस् ।” 

प्रायः औपचारिकताले भरिएको डेभलपर प्लेटफर्म गिटहबमा अनौपचारिक, तर रमाइलो क्षण देखिएपछि यसले व्यापक चर्चा पायो । झन् त्यसैमा गिटहबकै सफ्टवेयर इन्जिनियरले पुष्टि गरेपछि थप बहसको विषय बन्यो । यो घटना इन्टरनेटमा आँधीझैँ फैलियो ।

ह्याकर न्युज, रेडिट एक्स जस्ता प्लेटफर्ममा यो समाचारले प्रमुख स्थान पायो । अधिकांशले यसलाई प्रविधिको संसारमा हुने दुर्लभ र रमाइलो संयोगको रूपमा लिए । ठुला प्रविधि कम्पनी पनि आफ्नो कम्युनिटीसँग रमाइलो गर्न सक्छन्, अनि नियम र औपचारिकताभन्दा माथि उठेर प्रयोगकर्तासँग सम्बन्ध बनाउन सक्छन् भन्ने यस घटनाले देखाएको छ । 

एक नेपाली डेभलपर यस्तो विश्वव्यापी घटनाको केन्द्रमा हुनुले नेपाली प्रविधि समुदायमा पनि चर्चाको लहर ल्यायो । प्रविधिमा रुचि राख्नेहरूको समूह ‘आस्क बडिज’मा पनि यसको चर्चा भएको छ । यसैलाई लक्षित गर्दै नेपाली प्रोग्रामिङ प्लेटफर्म प्रोग्रामिजका संस्थापक तथा सीईओ पुनित जाजोदियाले रमाइलो गर्दै प्रोग्रामिज प्रोको लाइफ टाइम एक्सेस निःशुल्क दिने घोषणा गरे । उनले लिङ्क्डइनमा लेखेका छन्, “म आशिष पोखरेल ब्रोलाई प्रोग्रामिज प्रोको लाइफटाइम फ्री एक्सेस दिन चाहन्छु, ताकि उनले आफ्नो काम सुधार्न सकून् ।” उनले विश्वका सबै आशिष पोखरेल नाम गरेका व्यक्तिलाई यो अफर दिने घोषणा पनि गरेका छन् ।

यस घटनाले प्रशंसासँगै आलोचनाको पनि सामना गरेको छ । केहीले गिटहबजस्तो प्रतिष्ठित प्लेटफर्मको यति ठुलो माइलस्टोन एउटा ‘अशिष्ट’ नाम भएको प्रोजेक्टसँग जोडिनुलाई व्यावसायिकताको कमीको रूपमा व्याख्या गरे । यसले गिटहबमा ‘शिटपोस्टिङ’ (shitposting) अर्थात् काम नलाग्ने प्रोजेक्ट बनाउने प्रवृत्तिलाई बढावा दिन सक्ने केहीको तर्क छ । केहीले त यस्तो ऐतिहासिक स्थान एउटा गम्भीर र उपयोगी ओपन-सोर्स प्रोजेक्टले पाउनुपर्थ्यो भन्ने विचार पनि राखेका छन् ।

पछिल्लो अध्यावधिक: जेठ ३०, २०८२ १७:१२





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ– माओवादी केन्द्रका सांसद एवं पूर्वमन्त्री सुदन किराँतीले नेपालका दलहरूको बोली र व्यवहारको तादम्यता नमिलेको बताएका छन्।

शुक्रवार आदिवासी जनजाति प्रतिष्ठानद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिष्ट भन्ने दलहरूले लेनिनको कुरा गरेर व्यवहार भने स्टालिनको गर्ने गरेको बताएका हुन्। 

‘विचार आयातित भयो। संस्कृति हिन्दु धर्मशास्त्र गीतामा आधारित मार्गदर्शन भयो। कम्युनिष्टहरूको विचार रसिया अर्थात विदेशबाट आयात भयो’, उनले भने, ‘अक्सर हामी सँधै लेनिनको फोटो राख्छौँ र लेनिनकै कुरा गर्छौँ तर व्यवहार स्टालिनको गर्छौँ।’ 

Ncell 2
Ncell 2

नेता किरातीले वीपीको देहान्तपछि कांग्रेसमा पनि विचलन आएको टिप्पणी गरे। ‘कांग्रेसले युरोप हुँदै भारतको बाटोबाट बोकेर लोकतन्त्र ल्याएर आयो। विपी बाँचुञ्जेल त सापेक्षताको केही अभ्यास हुन खोज्यो तर विपीको देहान्तपछि त्यो विचारको बन्ध्याकरण भयो’, उनले भने, ‘नेपाली माटोलाई सुहाउने नेपाली सापेक्षताको विचार निर्माण हुन सकेन।’ 

संस्कृतिमा गीताको मार्गदर्शन भएकाले त्यसमा जस्तै राजनीतिमा पनि सामूहिक ज्ञानको अभ्यास नभएको बुझाइ नेता किरातीको छ।

‘संस्कृतिमा गीताको मार्गदर्शन भयो। जहाँ सामूहिक ज्ञानको अभ्यास हुँदैन। एउटा महापुरुषले ब्रमाण्ड हाँक्न सक्छ भन्ने कथा छ’, उनले भने, ‘त्यही भएर हामी नायकको खोजी गर्छौँ। जादु जस्तै चमत्कार चाहन्छौँ। नेताहरूले पनि आफूलाई कृष्ण जस्तै भन्ठान्छन्।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- नेपाल डेन्टल साईन्स हाईजेनिस्ट एसोसिएसनले एक अत्यन्त जरुरी सूचना जारी गर्दै स्वास्थ्य क्षेत्रमा कार्यरत दर्तावाल डेन्टल असिस्टेन्ट, डेन्टल हाईजेनिस्ट तथा डेन्टल साईन्स डेन्टल हाईजेनिस्टहरुलाई  आफ्नो शैक्षिक प्रमाण पत्रको दुरुपयोग नगर्न आग्रह गरेको छ।

एसोसिएसनका अध्यक्ष माइकल देवकोटाद्वारा जारी बिज्ञप्तिमा भनिएको छ,  ‘सबै दन्त स्वास्थ्यकर्मीले आफ्नो कार्यस्थलमा प्राप्त लाइसेन्स प्रमाणपत्र, डिग्री र योग्यता स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ। साथै, तलब बैंकिङ प्रणालीबाट करकट्टा गरी दिनुपर्ने र श्रम ऐनअनुसारको सुविधा नपाएमा एशोसिएसन वा श्रम विभागमा उजुरी दिन सकिने उल्लेख गरिएको छ।’

सूचनामा कार्यरत संस्थाबाट राजीनामा दिएमा सम्बन्धित निकाय र एशोसिएसनलाई जानकारी दिनुका साथै उपचारसम्बन्धी भ्रामक प्रचारप्रसार नगर्न पनि अनुरोध गरिएको छ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद ऐन, दफा २० अनुसार परिषदमा दर्ता नभएका व्यक्तिलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दन्त उपचार सेवामा समावेश गर्न नपाइने कानुनी प्रावधान रहेको सूचनामा स्मरण गराइएको छ। बिना लाइसेन्स भएका व्यक्तिहरूलाई उपचारमा संलग्न गराउने कार्य गैरकानुनी भएको स्पष्ट गर्दै, यस्ता गतिविधिमा संलग्न भएमा जरिवाना र कानुनी कारबाही हुने चेतावनी दिइएको छ।

एसोसिएसनले नेपालका विभिन्न भूभागमा आफूलाई डेन्टल हाईजेनिस्ट वा सिडिएस भनेर चिनाउने, गलत कोड नम्बर प्रयोग गर्ने र बिना डिग्री सेवा दिने कार्यहरू व्यापक रहेको पत्ता लागेको जनाएको छ। यस्ता अवैध कार्यप्रति सचेत रहन र त्यस्ता व्यक्तिहरूको विवरण नेपाल स्वास्थ्य व्यवसायी परिषद, जिल्ला प्रशासन कार्यालय वा एसोसिएसनको आधिकारिक पेजमा उजुरी गर्न पनि अनुरोध गरिएको छ।

सूचनामा सीटीईभीटीबाट मात्र नेपालमा डेन्टल हाईजेनिस्ट, सिडिएस र डेन्टल असिस्टेन्टको पढाइ हुने तथा धरानबाट एक मात्र ब्याच उत्पादन भएको जानकारी दिइएको छ। यसकारण अन्य संस्था वा अस्पतालमा यस्ता डिग्री प्राप्त नभएको भ्रममा नपर्न पनि अपिल गरिएको छ।

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं। इरानले शुक्रबार बिहान इजरायलतर्फ करिब १०० ड्रोन प्रक्षेपण गरेको छ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) का अनुसार तीमध्ये धेरैलाई आकासमा नै रोकिएको छ।

उता, इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले इजरायलले कठोर सजाय भोग्नु पर्ने र सैन्य बलहरूले उनीहरूलाई सजाय दिने बताएका छन्।

इरानको विदेश मन्त्रालयले आफ्नो सशस्त्र सेनाले पूर्ण शक्तिका साथ इरानको सार्वभौमसत्ताको रक्षा गर्न र आफूले उपयुक्त ठानेको तरिकामा हिचकिचाउने छैन भनेको छ।


सामाग्री श्रोत :

इरानद्वारा इजरायलमाथी १०० बढी ड्रोन हमला

काठमाडौँ । पछिल्लो समय सञ्चारमाध्यम र पत्रकारमाथि हस्तक्षेप भएको भन्दै मिडिया राइट्स नेपालले आपत्ति जनाएको छ । संस्थाले अनलाइन समाचार हटाउने अदालतको आदेशदेखि मन्त्रीबाट सञ्चारगृहलाई धम्की दिनेसम्मका गतिविधिलाई प्रेस स्वतन्त्रताविरोधी भन्दै कडा आलोचना गरेको हो ।

नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीलाई परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले दिएको भनिएको धम्कीको मिडिया राइट्स नेपालले कडा विरोध गरेको छ । नागरिक र रिपब्लिका दैनिकमा प्रकाशित समाचारका कारण मन्त्री स्वयंले फोन गरेर सञ्चारगृहलाई धम्क्याउनु प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रत्यक्ष हमला भएको संस्थाको ठहर छ ।

संस्थाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो घटनाले नेपाल सरकार र नेपाली कांग्रेसको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रतिको पछिल्लो धारणा केहो भन्ने प्रश्न समेत उत्पन्न गराएको छ ।”

यस्तै, काठमाडौं जिल्ला अदालतले नेपालखबर र बिजमाण्डु अनलाइनमा प्रकाशित समाचार हटाउन दिएको आदेश पनि प्रेस स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप भएको संस्थाको भनाइ छ । सञ्चारमाध्यममा प्रकाशित सामग्रीप्रति असहमति भएमा खण्डन वा प्रेस काउन्सिलमार्फत समाधान खोज्ने विधि रहेको अवस्थामा समाचार नै हटाउने आदेश आउनु पत्रकारिताको मान्यता विपरीत भएको उसले जनाएको छ ।

मिडिया राइट्स नेपालका अध्यक्ष रमेश विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रकाशित सामग्रीको सत्यता जाँचबुझ नगरी हटाउन आदेश दिनु पत्रकारिताको न्यूनतम मान्यता विपरीत हो ।”

त्यस्तै, पत्रकार दिलभूषण पाठकमाथि समाचारका आधारमा पक्राउ पुर्जी जारी गरिएको र नारायण अर्याललाई गरिएको धरपकडप्रति पनि संस्थाले कडा आपत्ति जनाएको छ । पत्रकारितासँग प्रत्यक्ष सम्बन्ध नराख्ने विद्युतिय कारोबार ऐनको दुरुपयोग गर्दै सञ्चारकर्मीमाथि कारबाही गर्नु सैद्धान्तिक रूपमा गलत भएको विज्ञप्तिमा उल्लेख छ ।

सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न स्पष्ट कानुन निर्माण गर्नुको सट्टा असम्बन्धित कानुनको प्रयोग गरेर प्रेसलाई हतोत्साहित पार्ने प्रवृत्ति बढ्नु गम्भीर चिन्ताको विषय भएको विज्ञप्तिमा उल्लेख छ ।

 

पछिल्लो अध्यावधिक: जेठ ३०, २०८२ १५:४४





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– लामो समयदेखि निरन्तर अवरोध हुँदै आएको संसद बैठक सुचारु गर्न कांग्रेस-एमाले र प्रमुख प्रतिपक्षी माओवादीबीच २ बुँदे सहमति भएको छ।

नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले सत्ता पक्ष र प्रतिपक्षका सचेतकहरूले २ बुँदे सहमतिमा हस्ताक्षर भएको जानकारी दिएका हुन्।

शुक्रबार सत्तापक्षका तर्फबाट मुख्य सचेतक महेश बर्तौला र विपक्षका तर्फबाट माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सहमतिमा हस्ताक्षर गरेका छन्।

Ncell 2
Ncell 2

सहमतिको पहिलोबुँदामा यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानलाई सहयोग गर्ने साथै विगतदेखि भिजिट भिसा अध्यागमन प्रणालीमा देखिएका समस्या पहिचान गरी त्यसको कानूनी, नीतिगत र संरचनागत सुधार गर्ने उल्लेख छ।

दुई ठूला दलबीचको सहमतिमा रास्वपाका लागि भने हस्ताक्षरका लागि ठाउँ छाडिएको छ तर भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा, छानबिन समितिलगायत ५ बुँदे प्रस्तावमा रास्वपाले भने अडान छाडेको छैन।

यस्तो छ दुई बुँदे सहमति :

download-(13)-1749810735.jpg

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

गण्डकी । लहरै गुचमुच्च घरहरू, ढुङ्गैढुङ्गले छपक्क छापिएका बाटाहरू, गाउँको सिरानमा गुम्बा, बीच भागमा जलदेवीको मन्दिर आदि। लम्जुङको मस्र्याङ्दी गाउँपालिका–३ स्थित सिउरुङ गाउँको विशिष्टता हो यो।

गुरुङ जाति बाहुल्य यो गाउँ प्राकृतिक रूपमा जति सुन्दर छ सांस्कृतिक रूपमा पनि उत्तिकै आकर्षक रहेको छ। समुन्द्री सहतबाट एक हजार ८५४ मिटर उचाइमा रहेको यो गाउँ यतिखेर प्रकृति र संस्कृतिका माध्यमबाट पर्यटक लोभ्याउँदै आएको छ।

कृष्णचरित्र, घाटु, लामा, झाँक्री, घ्याप्रिङ, झ्याउरे र रोधीलगायत नाचले यहाँको सांस्कृतिक महत्वलाई उजागर गरिरहेका छन्। गुरुङ जातिका पुराना संस्कृति तथा संस्कार जोगाइराख्न र पुरानो पुस्ताबाट नयाँ पुस्तामा संस्कृतिको पुस्तान्तरणका लागि निरन्तर पहल भइरहेको सिउरुङ पर्यटन व्यवस्थापन उपसमितिका सचिव एवम् सिउरुङ घरबास (होमस्टे)का सचिव उमरबहादुर गुरुङले जानकारी दिए। यहाँबाट देखिने हिमालचुली, मनास्लु, डा हर्क पिक, माछापुच्छ्रे, बौद्ध, लमजुङ, अन्नपूर्णलगायत हिमाल आँखै अगाडि देखिनुले पनि यहाँको महत्व अझै बढाएको छ।

उनका अनुसार सिउरुङलाई २०६२ सालबाट पर्यटकीय गाउँ बनाउने लक्ष्यका साथ स्थानीयवासी सक्रिय बनेका छन्। गाउँमा कुल ११५ घरधुरी रहेकामा १८ वटा घरमा घरबास सञ्चालन गरिएको छ। सिउरुङमा स्थानीयवासीकै सक्रियतामा विभिन्न कार्यक्रम गर्नका लागि सामुदायिक भवन निर्माण गरिएको छ। घले लामिछाने भाइखलकबाट रु ६५ लाखको लागतमा भवन निर्माण गरिएको र अन्य पूर्वाधार निर्माणका कामहरू भइरहेका सचिव गुरुङले जानकारी दिए।

स्थानीयवासीले यहाँ आउने पर्यटकलाई सामुदायिक भवनमा राखेर स्वागत सत्कार गर्नाका साथै सोरेठी, घाटु, कृष्णचरित्र, लोकदोहोरी, रोधिलगायतका परम्परागत नृत्यहरू प्रस्तुत गर्ने गरेको स्थानीयवासी एवम् अर्का होमस्टे सञ्चालक सन्तकाशी गुरुङले जानकारी दिए। यहाँस्थित होमस्टेमा पाहुनालाई जङ्गली च्याउ, रातो भट्ट, लेकाली गुन्द्रुक, रातो चामलको भात, कोदो तथा मकैका परिकार, स्थानीय आलु, घरमौरी, भिरमौरी, टिम्मुरको अचार, सिल्टिमुरको चिया आदिको स्वाद लिने व्यवस्था मिलाइएको छ। स्थानीयवासीले गाउँमै उत्पादन गरेका खाद्यान्नबाट पर्यटकलाई स्वागत गर्ने गरेका छन्।

होमस्टे सञ्चालन भएयता दैनिक १०/१५ जनासम्म विदेशी पर्यटक आइरहने बताउँदै सचिव गुरुङले विदेशी पर्यटकका साथै स्वदेशी पर्यटकको आगमन बढ्दै गएको बताए। ‘होमस्टे सञ्चालनका लागि गाउँपालिकासँगै तारा गाउँ रिसोर्ट विकास समिति, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लगायत संस्थाबाट स्थानीयलाई तालिम प्रदान गरिएको छ। यस्तै, गाउँमा सङ्ग्रहालय भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट रु २० लाख सहयोगका साथै होमस्टेमा सामग्री व्यवस्थापनका लागि विभिन्न समान खरिदका लागि रु पाँच लाख सहयोग प्राप्त भएको छ’, उनले भने।

होमस्टे सञ्चालक तथा कार्यपालिका सदस्य पारकाशी गुरुङले सिउरुङ धेरै पर्यटकीय सम्भावना बोकेको ठाउँ भएको बताउँदै यसको उजागर हुनु जरूरी छ भने। यहाँको पर्यटकीय महत्वलाई उजागर गर्न स्थानीयवासी जागरुक भएका र अब राज्यका सबै निकायको साथ र सहयोग आवश्यक भएको उनले उल्लेख गरे।

लम्जुङ सदरमुकाम बेँसीसहरबाट खुदी, तरापु, ढगैं हुँदै सिउरुङ पुग्न करिब २२ किलोमिटर दूरी पार गर्नुपर्छ। यहाँ पुग्न बाटोको भने समस्या छ। बाटोका साथै ठाउँठाउँमा साइनेज पोष्ट, स्थानीय पथप्रदर्शक आदि आवश्यक रहेको उनले बताए।

गाउँ हुँदै धार्मिक महत्वको दूधपोखरी गइने भएकाले उक्त स्थानसँग गाउँको पर्यटनलाई जोड्नका लागि तीन चरणसम्म दूधपोखरी महोत्सव गरिसकिएको छ। दूधपोखरी जाने मार्गको थुर्जु फाँटमा गरिएको उक्त महोत्सव पछिल्लो समयमा भने निरन्तरता दिन नसकिएको उनले जानकारी दिए।

सिउरुङबाट थुर्जु–दूधपोखरी हुँदै कास्की जिल्लाको पर्यटकीय गाउँ सिक्लेस–ताङतिङ जाने पदमार्ग रहेको छ। यस्तै, यहाँबाट कालाघिरिङ हुँदै अन्नपूर्ण पदयात्रा मार्गको च्याम्चे र नामुनभञ्ज्याङ हुँदै मनाङ पुग्ने दुईवटा पदमार्ग छन्।

सिउरुङ गाउँलाई दूधपोखरी, गुरुङ देउराली हुँदै मनाङको तिमाङलगायत स्थान जोड्ने गुुरुङ सम्पदा पदमार्गसँग जोड्ने गरी नक्साङ्कनसँगै प्रवर्द्धनात्मक कार्यक्रमसमेत अघि बढाइएका गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष एवम् गुरुङ सम्पदा पदमार्ग कार्यक्रमका संयोजक बोबरजङ्ग गुरुङले बताए। सङ्घले हालै पोखराबाट लम्जुङको सिङ्दी, पसगाउँ, घनपोखराबाट दूधपोखरी हुँदै सिउरुङलगायतका स्थानको अन्वेषणात्मक पदयात्रा सम्पन्न गरेको उनले जानकारी दिए।

प्राचीन भेडीगोठ, नुनबोक्ने मार्ग आदिलाई पदयात्रा पर्यटसँग जोड्दै पदमार्गमा पर्ने पर्यटकीय गुरुङ गाउँहरूलाई गुरुङ सम्पदा पदमार्गमा समेटिएको उनले बताए।

पदयात्रा पर्यटनलाई स्थानीय उत्पादनसँग जोड्दै आर्थिक समृद्धि हासिल गर्नुपर्ने उनको भनाइ छ।


सामाग्री श्रोत :

प्रकृति र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सिउरुङ

काठमाडौँ । पछिल्लो तीन महिनामा भारतबाट निर्यात गरिएका प्रायः अधिकांश आईफोन अमेरिका पुगेका छन् । सन् २०२५ को मार्चदेखि मे महिनासम्मको अवधिमा भारतबाट निर्यात भएका फक्सकनको उत्पादनमध्ये झण्डै ९७ प्रतिशत आईफोन अमेरिका गएका हुन् ।

रोयटर्सका अनुसार सन् २०२४ को औसतमा मात्र ५० प्रतिशत आईफोन अमेरिका जान्थे । भारतको भन्सार तथ्यांकअनुसार एप्पलले भारतमा उत्पादन बढाउँदै अमेरिकालाई केन्द्रित गरी निर्यात सुरु गरेको देखिन्छ ।  यसअघि भारतबाट उत्पादित आईफोनहरू नेदरल्याण्ड, चेक रिपब्लिक, बेलायतजस्ता अन्य देशमा समेत पठाइन्थे । 

मार्चदेखि मेबिच फक्सकनले भारतबाट तीन अर्ब २० करोड अमेरिकी डलर बराबरका आईफोन अमेरिका पठाएको विवरणमा उल्लेख छ । यस अवधिमा ९७ प्रतिशत आईफोन अमेरिका निर्यात भएको पाइएको छ ।  

यही मे महिनामा मात्रै भारतबाट अमेरिका निर्यात भएको आईफोनको मूल्य करिब एक अर्ब डलर बराबरको रहेको छ । यो संख्या मार्च महिनाको १ अर्ब ३० करोड डलरको ऐतिहासिक रेकर्डपछिको दोस्रो उच्च हो । 

यो निर्यात दर चीनबाट हुने उच्च भन्सार शुल्कबाट जोगिन एप्पलले अपनाएको रणनीति हो । चीनबाट अमेरिका पठाइने फोनमा अझै पनि ५५ प्रतिशतसम्म भन्सार लाग्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइ सार्वजनिक भएको थियो । त्यसको विकल्पस्वरूप एप्पलले भारतबाट फोन पठाउन थालिएको हो । 

सन् २०२५ को पहिलो पाँच महिनामा मात्रै फक्सकनले भारतबाट चार अर्ब ४० करोड डलरबराबरका आईफोन अमेरिका पठाइसकेको छ । यो रकम सन् २०२४ को पूरा वर्षको तीन अर्ब ७० करोड डलरभन्दा बढी हो । 

भारतमा एप्पलको अर्का आपूर्तिकर्ता टाटा इलेक्ट्रोनिक्सले पनि मार्च र अप्रिल महिनामा उत्पादनको ८६ प्रतिशत आईफोन अमेरिका पठाएको तथ्यांकमा देखिन्छ । सन् २०२४ मा टाटाले पहिलो पटक आईफोन निर्यात सुरु गरेको हो । 

तर, भारतमा मोबाइल फोनका पुर्जामा लाग्ने उच्च शुल्कले गर्दा उत्पादन खर्च अझै पनि उच्च छ । यद्यपि प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई स्मार्टफोन उत्पादनको केन्द्र बनाउने अभियान अघि सारेका छन् ।

काउन्टरपोइन्ट रिसर्चका वरिष्ठ विश्लेषक प्रचिर सिंहका अनुसार, सन् २०२५ सम्ममा विश्वव्यापी आईफोन आपूर्तिको २५–३० प्रतिशत हिस्सा भारतमा निर्मित हुने अनुमान गरिएको छ । सन् २०२४ मा उक्त हिस्सा १८ प्रतिशत मात्रै थियो । 

एप्पलले आईफोन चाँडो निर्यात गर्न चेन्नई विमानस्थलमा भन्सार प्रक्रिया ३० घण्टाबाट घटाएर ६ घण्टा बनाउन भारतीय अधिकारीहरूसँग पहल गरेको रिपोर्टमा उल्लेख छ । 

एप्पल र फक्सकनले यसबारे आफ्नो प्रश्नमा कुनै प्रतिक्रिया नदिएको रोयटर्सले जनाएको छ ।

पछिल्लो अध्यावधिक: जेठ ३०, २०८२ १५:३०





सामाग्री श्रोत :
टेक पाना

समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा
सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट