२०८२ भाद्र ११ बुधबार
LATEST NEWS
२०८२ भाद्र ११ बुधबार

जुम्ला। चन्दननाथ नगरपालिका–७ स्थित खल्लाचौरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रोहित रसाइलीका गए राति चन्दननाथ नगरपालिकाको एयरपोर्टबाट चन्दननाथ–९ तलिउमतर्फ जाँदै गरेको लु२त १११५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चन्दननाथ–९ का ४८ वर्षीय जोखी सार्कीको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

सो दुर्घटनामा घाइते हुनेमा चन्दननाथ–९ तलिउमका २९ वर्षीया देबु सार्की, ३५ वर्षीया मैनामुरली सार्की, ४८ वर्षीया रङ्गा सार्की र ट्रयाक्टर चालक २२ वर्षीय सन्तोष सार्की रहेको प्रहरी निरीक्षक रसाइलीले जानकारी दिए। घाइतेहरूको सो प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।


सामाग्री श्रोत :
https://www.dcnepal.com/2025/06/668006/

काठमाडौँ । अन्ततः इन्स्ट्यान्ट मेसेजिङ प्लेटफर्म ह्वाट्सएपमा विज्ञापन देखिने भएको छ । यसको स्वामित्व रहेको कम्पनी मेटाले सोमबार एक ब्लगमार्फत ह्वाट्सएपमा विज्ञापन देखाउने फिचरको परीक्षण सुरु गरेको औपचारिक जानकारी दिएको हो ।

कम्पनीका अनुसार विज्ञापन ह्वाट्सएपको ‘अपडेट्स’ ट्याबमा रहेको ‘स्टाटस’ फिचरमा देखिनेछ । प्रयोगकर्ताले आफ्ना साथीभाइ तथा परिवारका सदस्यले शेयर गरेका स्टाटससँगै अब ‘विज्ञापन सामग्री’ (Sponsored Content) पनि देख्नेछन् । स्टाटस फिचरमा प्रयोगकर्ताले केही समयपछि आफैं हराएर जाने टेक्स्ट, फोटो, भ्वाइस नोट वा भिडिओ शेयर गर्न सक्छन् ।

मेटाले वर्षौंदेखि ह्वाट्सएपमा विज्ञापन राख्ने योजना बनाउँदै आएको थियो । तर ह्वाट्सएपका संस्थापक यसको विपक्षमा थिए । सन् २०२० मा इन-एप विज्ञापनको योजनाबाट पछि हटे पनि २०२३ मा ह्वाट्सएपका प्रमुख विल क्याथकार्टले कम्पनीले यसमा काम गरिरहेको पुष्टि गरेका थिए । गत वर्ष मात्रै मेटाले विज्ञापनबाट १६० अर्ब डलरभन्दा बढी आम्दानी गरेको थियो ।

मेटाले प्रयोगकर्ताको रुचिअनुसार विज्ञापन देखाउन सीमित जानकारी प्रयोग गर्ने बताएको छ । यसमा प्रयोगकर्ताको देश वा सहर, भाषा, फलो गरेका च्यानल र प्लेटफर्ममा विज्ञापनसँगको अन्तरक्रिया जस्ता डेटा समावेश हुने बताइएको छ ।

कम्पनीले प्रयोगकर्ताको गोपनीयतामा कुनै सम्झौता नगरिने दाबी गरेको छ । “हामीले व्यक्तिगत च्याटमा बाधा नपुऱ्याउने गरी व्यवसाय निर्माण गर्ने योजनाबारे वर्षौंदेखि कुरा गर्दै आएका छौँ,” मेटाले ब्लगमा लेखेको छ, “हामी विज्ञापनदातालाई कहिल्यै पनि प्रयोगकर्ताको फोन नम्बर बेच्ने वा शेयर गर्ने छैनौं र विज्ञापन देखाउनका लागि प्रयोगकर्ताका मेसेज, कल वा ग्रुपको प्रयोग गर्ने छैनौं ।”

विज्ञापनबाहेक मेटाले ह्वाट्सएपमा अन्य परिवर्तन पनि ल्याउने तयारी गरेको छ । अब प्रयोगकर्ताले नयाँ च्यानल खोज्ने क्रममा ‘एक्सप्लोर’ बटनमा क्लिक गर्दा स्पोनसर्ड च्यानल पनि देखिनेछन् । साथै ‘विशेष अपडेट’ प्राप्त गर्नका लागि च्यानल सब्स्क्राइब गर्ने सुविधा पनि ल्याइने भएको छ । विज्ञापन सबै देशका प्रयोगकर्ताका लागि कहिले पूर्ण रूपमा उपलब्ध हुन्छ भन्ने जानकारी कम्पनीले उपलब्ध गराएको छैन ।

पछिल्लो अध्यावधिक: असार ३, २०८२ ८:५०





सामाग्री श्रोत :
टेक पाना

म्याग्दी – सत्ताइस वर्षअघि ट्रयाक खुलेको म्याग्दीको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गर्न थालिएको छ । बेनी नगरपालिका–१ रत्नेचौरबाट वडा नं २ भकुण्डे हँुदै तमाने जोड्ने १० किलोमिटर सडक विस्तार, नाली, टेवा पर्खाल निर्माण, घुम्ती तथा ग्रेड सुधार गरेर सवबेस र बेस बिछ्याउने काम सकेर कालोपत्र गर्न थालिएको हो ।

सडक डिभिजन कार्यालय बागलुङमार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजनाअन्तर्गत सञ्चालित रत्नेचौर–भकुण्डे सडकको उपल्लाचौर–अर्जम–फापरखेत खण्डमा पहिलो चरणमा चार किमी कालोपत्र गर्न थालिएको कार्यालयका प्रमुख हरि सुवेदीले जानकारी दिए । 

Ncell 2
Ncell 2

एक किलोमिटर दुई सय मिटर ढलान भइसकेको छ । नौँ मिटर फराकिलो बनाइएको सडकमा सात मिटर चौडाइका दरले डिबिएसडी प्रविधिको कालोपत्र गरिने कार्यालय प्रमुख सुवेदीले बताए । विसं २०५६ मा ट्रयाक खोलिएको यो सडक बेनी नगरपालिका–१, २, ४ र बागलुङ नगरपालिकाको मालिकाका बासिन्दाले प्रयोग गर्छन् । उक्त योजना निर्माण गर्न २०७९ साल भदौ ६ गते निर्माण कम्पनीले रु २३ करोड ३२ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

सडक डिभिजनका अनुसार हाल ७५ प्रतिशत भौतिक प्रगति भएको योजनाको वित्तीय प्रगति ५९ प्रतिशत छ । यसअघि एक घण्टाको यात्राअवधि हाल २० मिनेटमा छोटिएको बेनी नगरपालिका–१ का वडाध्यक्ष टेकबहादुर थापाले बताए । चालु आर्थिक वर्षमा विनियोजन भएको रु चार करोड बजेट खर्च भइसकेको योजनाका लागि आगामी वर्ष रु तीन करोड विनियोजन भएको छ । 

सङ्घीय सरकारले प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा सबै निर्वाचन क्षेत्रमा एक–एक रणनीतिक महत्वको सडक आयोजना सञ्चालन गर्न आव २०७७÷७८ मा रु ४०–४० करोड विनियोजन गरेको थियो । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । स्कटल्यान्डमा जारी टी–२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिज अन्तरगतको नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको छ ।

सोमबार नेदरल्याण्ड्ससँग पहिलो र दोस्रो सुपर ओभरमा बराबरी खेलेको नेपालले तेस्रो सुभर ओभरमा नेपालले रन बनाउन सकेन् ।

पहिलो सुपरमा ओभरमा दुवै टोलीले समान १९ र दोस्रो सुपर ओभरमा समान १७ रन बनाएका थिए । त्यसअघि नेदरल्यान्ड्सले दिएको १५३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले पनि सात विकेट गुमाएर १५२ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ३४ बलमा ४८ रन बनाए । यस्तै, ओपनर कुशल भुर्तेलले ३४ रन बनाए । यही खेलबाट डेब्यू गरेका किरण ठगुन्नाले १५ रन बनाउँदा रुपेश सिंहले पनि १९ रनको योगदान दिए ।

करण केसी ८ रनमा आउट हुँदा लोकश वम शुन्य रनमा नै पेभेलियन फर्किए । यस्तै दीपेन्द्र सिंह ऐरीले ३, अनिल शाहले एक रन बनाए ।

नेदरल्याण्डका डेनियल डोरमले उत्कृष्ट बलिङ गरे । चार ओभर बलिङ गरेका उनले १४ रन दिएर महत्वपूर्ण तीन विकेट लिए ।

त्यसअघि स्कटल्यान्डको टिटउट रङ्गशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १५२ रनको योगफल बनाएको हो ।

नेदरल्यान्ड्सका लागि तेजा निदामनुरुले सर्वाधिक ३५ रनको योगदान दिए । उनले ३७ बलमा एक छक्का प्रहार गदै ३५ रन बनाए । त्यसैगरी विक्रमजित सिंहले ३० रन बनाए । उनले २९ बलमा दुई छक्का प्रहार गरे । सकिब जुल्फिकरले २५, माइकल लेभिट २० तथा म्याक्स ओ डाउडले १९ रन जोडे ।

नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए भने नन्दन यादवले दुई तथा कुशल भुर्तेल र ललित राजवंशीले समान एक एक विकेट हात पारे । अलराउन्डर रुपेश सिंह र ब्याटर किरण ठगुन्नाले आज नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यु गरेका छन् ।

 


सामाग्री श्रोत :

त्रिकोणात्मक टी–२० : पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजय

काठमाडौँ । आईफोन १७ सिरिज औपचारिक घोषणा नजिकिँदै जाँदा यससम्बन्धी विभिन्न अड्कल र लिकहरू फैलिन थालेका छन् । सेप्टेम्बर महिनामा सार्वजनिक हुने अनुमान गरिएको यस सिरिजबारे प्रविधिप्रेमीमा उत्सुकता देखिएको छ ।

नयाँ आईफोनका सबै मोडेलको विषयमा ब्याट्री क्षमतामाथि प्रश्न उठिरहेका छन् । विशेषगरी आईफोन १७ एयर मोडेलको पातलो डिजाइनका कारण ब्याट्री साइज सानो हुने आशंका गरिएको छ । अहिलेका आईफोनहरूमा प्रयोग हुने लिथियम-आयन ब्याट्रीहरू पातलो डिजाइनमा उपयुक्त नपर्ने भएकाले यसपटक सिलिकन-एनोड ब्याट्री प्रयोग हुने एप्पल इन्साइडरले खुलासा गरेको छ ।

सिलिकन-एनोड ब्याट्रीले परम्परागत ग्रेफाइट एनोडको तुलनामा धेरै लिथियम आयन अंश समेट्न सक्ने भएकाले पातलो डिजाइन हुँदाहुँदै पनि ब्याट्री क्षमता कायम राख्न सकिने अनुमान गरिएको छ । यसले ब्याट्री चार्जको गति पनि बढाउने विश्लेषण छ ।

प्राविधिक विश्लेषणसम्बन्धी वेबसाइट नाइन टु म्याकका अनुसार आईफोन १७ प्रो म्याक्समा आईफोन १६ प्रो म्याक्सको भन्दा थोरै ठुलो ब्याट्री हुनेछ । यद्यपि, सबै जानकारी अहिलेसम्म औपचारिक रूपमा पुष्टि भएको छैन ।

अर्कोतर्फ, हालै सम्पन्न भएको वर्ल्डवाइड डेभलपर्स कन्फरेन्समा एप्पलले आफ्नो ‘एप्पल इन्टेलिजेन्स’ कार्यक्रमअन्तर्गत एआई–सञ्चालित ब्याट्री व्यवस्थापन प्रणाली ल्याउने घोषणा गर्‍यो । यो फिचरले प्रयोगकर्ताको मोबाइल चलाउने शैलीअनुसार ऊर्जा उपयोग समायोजन गर्नेछ । नयाँ आईफोनसँगै आईओएस २६ अपडेट पाउने पुराना मोडेलहरूमा पनि यो सुविधा उपलब्ध गराइनेछ ।

त्यस्तै चिपको सन्दर्भमा पनि विभिन्न अड्कल भइरहेका छन् । आईफोन १७ र १७ एयरमा पुरानै ए१८ चिप राखिने र आईफोन १७ प्रो र प्रो म्याक्समा नयाँ ए१९ चिप राखिने चर्चा छ । 

 

पछिल्लो अध्यावधिक: असार ३, २०८२ ७:१०





सामाग्री श्रोत :
टेक पाना

Ncell 2
Ncell 2

काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बस्दैछ । बैठकमा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची तय भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची तय भएको हो ।

सो प्रस्तावमाथि आज छलफल गरी पारित गर्ने कार्यसूची तय गरिएको छ । लामो समयपछि सङ्घीय निजामती विधेयक पारित हुन लागेको हो । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची निर्धारण गरिएको छ । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । पाल्पाको पूर्वखोला गाउँपालिका-५ मा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा जीपधनी बगनासकाली गाउँपालिका-१ गाप्टुङ घर भई बुटवल उपमहानगर-११ मझुवा बस्ने ४६ वर्षीय विनोद ढुंगाना र अर्का पहिचान नखुलेका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो।

सोमबार साँझ आर्यभञ्ज्याङबाट रामपुरका लागि छुटेको लु १ च ६७५६ नम्बरको जीप वीरकोटको आर्यभञ्ज्याङ-रामपुर कच्ची सडकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

प्रहरीका अनुसार ढुंगानाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा र अर्का एक जनाको मिसन अस्पताल तानसेन पाल्पामा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा चालक बुटवल उपमहानगर-११ का ३० वर्षीय राजु खड्का घाइते भएका छन्। उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ। जीप दुर्घटनाको कारण खुल्न सकेको छैन।


सामाग्री श्रोत :

जीप दुर्घटनामा दुई जनाको मृत्यु, चालक घाइते

काठमाडौँ । उच्च अदालत पाटनले सामाजिक सञ्जालमा न्यायिक आदेशको गलत व्याख्या गरी भ्रम फैलाएको मुद्दामा ‘रुटिन अफ नेपाल प्रा.लि.’ का सञ्चालक विरुद्ध  कारण देखाऊ आदेश जारी गरेको छ । कानुनका विद्यार्थी विवेक चौधरीले अदालतको अवहेलनासम्बन्धी रिट दायर गरेपछि सोमबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीशद्वय अञ्जु उप्रेती ढकाल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले कम्पनीका सञ्चालकलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।

रुटिन अफ नेपाल बन्दले टिकटक र इन्स्टाग्राम अकाउन्टबाट “अब Driving License, मापसे र अरु सबै ट्राफिक चेकिङ्गको बेला ट्राफिक प्रहरीले चाबी खोस्न नपाउने” भन्दै स्टाटस राखेको थियो । तर अदालतको आदेश अनुसार ट्राफिक प्रहरीले कानुनले तोकेको कारबाही बाहेकका अवस्थाहरूमा मात्र चाबी खोस्न नपाउने तथा विशेष परिस्थितिमा भने यसमा रोक नभएको निवेदकको जिकिर छ । 

चौधरीले दायर गरेको रिटमा रुटिन अफ नेपाल बन्दले आदेशको मर्म तोडमोड गर्दै जनताबिच भ्रम फैलाएको, आदेशको सन्दर्भ छुटाएर प्रचार गरेको र न्यायपालिकाको गरिमा प्रभावित हुने गरी व्यवहार गरेको दाबी गरिएको छ । 

रिटमा विपक्षी रुटिन अफ नेपाल बन्दले न्याय प्रशासन ऐन २०७३ को दफा १७ (२) र १८ (१) उल्लंघन गरेको आरोप लगाइएको छ । 

निवेदक चौधरीको निवेदनसहितको मिसिल अध्ययनपछि कारण देखाऊ आदेश जारी गर्दै अदालतले भनेको छ, “यसमा निवेदकको निवेदन माग बमोजिम आदेश जारी किन हुनु नपर्ने हो ? आदेश जारी हुन नपर्ने कुनै आधार, कारण र प्रमाण भए सोसमेत खुलाई म्याद तामेल भएका मितिले बाटाका म्याद बाहेक ७ (सात) दिन भित्र आफैँ वा आफ्नो कानुन बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेश गर्नू भनी निवेदन र आदेशको प्रतिलिपि साथै राखी म्याद जारी गरी म्यादभित्र लिखित जवाफ परे वा अवधि व्यतित भएपछि पेश गर्नू ।”

अदालतको अवहेलना सम्बन्धी मुद्दामा विपक्षी दोषी ठहर भए एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना, वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । अवहेलनामा कारबाही चलाइएको व्यक्तिले मुद्दाको फैसला नहुँदै जुनसुकै अवस्थामा अदालतसमक्ष क्षमा माग्न सक्छ । यदि अदालत क्षमा याचनामा सन्तुष्ट भएमा त्यस्तो मुद्दाको कारबाही तामेलीमा राख्न वा सजाय कार्यान्वयन नगर्न, घटाउन वा सर्तसहित स्थगित गर्न सक्छ ।

पछिल्लो अध्यावधिक: असार ३, २०८२ ७:८





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ – टी–२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्डससँग पराजित भएको छ । स्कटल्याण्डको टिटउट रङ्गशालामा सम्पन्न खेलमा नेपाल नेदरल्याण्डसँग तेस्रो सुपर ओभरमा पराजित भएको हो । खेलको निर्धारित २० ओभरको खेल टाई भएपछि त्यसपछिका दुई सुपर ओभर पनि टाई भएको थियो । तेस्रो सुपर ओभरमा भने नेदरल्याण्ड्सले नेपाललाई पराजित गरेको हो । 

पहिलो सुपर ओभरमा नेपालले १९ रन बनाएर २० रनको लक्ष्य दिँदा जवाफमा नेदरल्याण्ड्सले पनि १९ रन बनाएको थियो । त्यसैगरी दोस्रो सुपर ओभरमा पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १७ रन बनाएको थियो । जवाफमा नेपालले पनि १७ रन जोडयो र खेल फेरी तेस्रोपटक सुपर ओभरमा पुग्यो ।

तेस्रो सुपर ओभरमा भने नेपालले रन जोड्न सकेन । पहिलो बलमा कप्तान रोहित पौडेल आउट भए भने रुपेश सिंह त्यसपछि दुई बल डट खेलेर चौथो बलमा आउट भए । एक रनको लक्ष्य पाएको नेदरल्याण्ड्सले पहिलो बलमा छक्का प्रहार गरेर जितेतको हो ।

Ncell 2
Ncell 2

त्यसअघि निर्धारित २० ओभरको खेलमा एक सय ५३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ५२ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ३५ बलमा सर्वाधिक ४८ रन बनाए । त्यस्तै कुशल भूर्तेलले ३४ तथा रुपेश सिंहले १९ रन जोडे । नेपालले जितका लागि अन्तिम बलमा पाँच रन आवश्यक थियो । तर नन्दन यादवले काइल क्लेनका बलमा चौका प्रहार गरेपछि खेल टाई भएको थियो । 

नेदरल्याण्ड्सका डानियल डोरामले तीन विकेट लिए भने विक्रमजित सिंहले दुई विकेट लिए । त्यस्तै काइल क्लेइन, बेन फ्लेचर र जाँच लायनले समान एक÷एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५२ रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि तेजा निदामनुरुले सर्वाधिक ३५ रनको योगदान दिए । उनले ३७ बलमा एक छक्का प्रहार गदै ३५ रन बनाएका हुन् । 

त्यस्तै विक्रमजित सिंहले ३० रन बनाए । उनले २९ बलमा दुई छक्काको सहयोगमा ३० रन बनाएका हुन् । सकिब जुल्फिकरले २५, माइकल लेभिट २० तथा म्याक्स ओ डाउडले १९ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए भने नन्दन यादवले दुई तथा कुशल भूर्तेल र ललित राजवंशीले समान एक÷एक विकेट हात पारे । यस सिरिजअन्तर्गत हिजो भएको पहिलो खेलमा भने नेदरल्यान्ड्स स्कटल्याण्डसँग ३९ रनले पराजित भएको थियो । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं सांसद धवल शमशेर जबरालाई धरौटीमा रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतले उनलाई साेमबार ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेसँगै उनी धराैटी बुझाएर रिहा भएका हुन्।

जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालको इजलासले राणालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको थियाे।

गत चैत १५ गत तीनकुनेमा भएको राजावादी प्रदर्शन उग्र बनेपछि राणा पक्राउ परेका थिए। तर, उपचार प्रयोजनार्थ हाजिरी जमानीमा रिहा भएका उनी प्रहरीको सम्पर्क बाहिर रहेका थिए तर सोमबार बिहान उनी अदालतमा उपस्थित भएका थिए।

उनको बयानपछि थुनछेक बहस भएको थियो। उक्त बहसपछि अदालतले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो।

राणाको तर्फबाट डा. भीमार्जुन आचार्य, शतिशकृष्ण खरेल, गोविन्द बन्दी, बिष्णु भट्टराई र राजु बस्नेतलगायत कानुनी प्रतिनिधिहरूले बहस गरेका थिए। सरकारी पक्षबाट चारजना सरकारी वकिलहरूले प्रतिवाद प्रस्तुत गरेका थिए।

राणाविरुद्ध राज्य विरुद्धको कसुरसहित चार वटा मुद्दामा अभियोजन गरिएको छ। उनलाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको थियो।


सामाग्री श्रोत :

धवल शमशेर धरौटीमा रिहा

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट