२०८२ भाद्र ५ बिहीबार
२०८२ भाद्र ५ बिहीबार

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले आर्थिक वर्ष २०८२/०८३ को बजेट १६ औँ योजनाको उद्देश्य र सोचसँग तालमेल नमिलेको बताएका छन्। 

शनिबार प्रतिनिधिसभा बैठकमा विनियोजन शीर्षकहरुमाथिको छलफलमा भाग लिँदै सांसद सापकोटाले १६ औँ योजनाको उद्देश्यमा समेटिएका सुशासन, सामाजिक न्याय र समृद्धि कायम गर्नेतर्फ स्पष्ट मार्गचित्र नभएको दाबी गरेका हुन्।

उनले बजेटमा र यस आर्थिक वर्षमा डेडिकेटेड र ट्रंक लाइनको विवादित बक्यौता रकम उठाउने बारेमा स्पष्ट योजना नभएको भन्दै ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्रीको ध्यानाकर्षण गराए। 

Ncell 2
Ncell 2

सांसद सापकोटाले विवादित बक्यौता नउठाउँदा राष्ट्रप्रति गम्भीर घात हुने बताउँदै बजेटमा व्यवस्था गरिएको टेक एन्ड पे गम्भीर प्रकारको कमजोरी भएकोले मुलुकको अर्थतन्त्रको महत्त्वपूर्ण मेरुदण्ड मानिएको ऊर्जा क्षेत्र ध्वस्त हुने बताए। यो प्रस्तावबाट सरकार पछि हटेर ऊर्जा क्षेत्रको वातावरण सङ्लो बनाउन मेहनत गर्नुपर्नेमा जोड दिए।

सांसद सापकोटाले भने, ‘विरोधमा रहनुभएका माननीयज्यूहरूको माग सम्बोधनका लागि सरकारको जोडदार पूर्वक ध्यानाकर्षण गराउन चाहन्छु। निरङ्कुश शैलीमा बलजफत संसद् चलाउने यो सुहाउँदो र उपयुक्त तरिका भएन। यसले लोकतन्त्रलाई गिज्याइरहेको छ र हाम्रो संसद्को ओज गरिमालाई बढाएन भनेर दुःख समेत व्यक्त गर्न चाहन्छु। र विकास निर्माणका बारेमा हामी चर्चा गरिरहेका छौँ। विकासको छलफल गर्दा अहिले हामी १६ औँ योजनालाई मार्गदर्शन मानेर विकास निर्माणका सबै बजेटका योजनाहरू सम्पादन गरिनुपर्ने हो। आज १० वटा विषयगत छलफलमा सहभागी छौँ। समग्र बजेटको ट्रेन्ड हेर्दा र विनियोजन गरिएका शीर्षकहरूको समेत छलफलमा भाग लिँदा के भन्न सकिन्छ भने १६औँ योजनाको उद्देश्य र यसको सोचसँग तालमेल मिलेको देखिँदैन।’ 

उनले टेक एण्ड पे को प्रस्तावबाट सरकार पछाडि हट्नुपर्नेमा समेत जोड दिए। उनले विरोधमा रहेका दलको माग सम्बोधनका लागि ध्यानाकर्षण गराउँदै निरङ्कुश शैलीमा बलजफत संसद् चलाउनु सुहाउँदो नभएको टिप्पणी समेत गरे। 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले भिजिट भिसाको दुरुपयोग गरी नेपाली युवाहरूलाई विदेशका साइबर स्क्याम सेन्टरहरूमा बन्धक बनाएर दाससरह किनबेच गर्ने गरिएको दाबी गरेकी छन् । शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बारम्बार यो विषय उठाउँदा पनि सरकार मौन बसेको भन्दै चर्को आक्रोश पोखिन् । 

सांसद श्रेष्ठले शुक्रबारमात्रै रोजगारीको खोजीमा रहेका युवाहरूलाई कसरी संगठित मानव तस्करहरूले आफ्नो जालमा पार्छन् भन्ने डरलाग्दो प्रमाण फेला परेको बताएकी थिइन् । उनका अनुसार लिंक्डइन जस्ता व्यावसायिक सामाजिक सञ्जालमार्फत प्रतिष्ठित कम्पनीमा अन्तर्वार्ताका लागि अनुरोध पठाउँदै आकर्षक जागिरको प्रलोभनमा युवाहरूलाई विदेश पठाई साइबर स्क्याम सञ्चालन गर्ने सेल्स सेन्टरहरूमा बन्धक बनाउने गरेको उल्लेख गरिन् । 

“त्यहाँ पुगेपछि युवाहरूलाई दिइएको टार्गेट पूरा नगरे चरम यातना दिइन्छ,” सांसद श्रेष्ठले भनिन्, “कुटपिट गर्ने र करेन्ट लगाउनेसम्मका अमानवीय व्यवहार हुन्छ । यो आधुनिक दासप्रथा हो, जहाँ नेपाली युवाहरूलाई वस्तुसरह किनबेच गरिन्छ ।”

उनले आक्रोशित हुँदै थपिन्, “हामीले सुनेका थियौँ, नेपालमा दासप्रथा छैन । तर दासप्रथा रहेछ । आफ्नै अगाडि आफ्नो मोल राखेर मालिकले हाम्रा युवालाई किनबेच गरिरहेको छ । के हामी यसको विरुद्ध होइनौँ ?”

यो संगठित अपराधमा राज्य संयन्त्रकै मिलेमतोको आशंका गर्दै उनले प्रश्न गरिन्, “भिजिट भिसामा नेपाली युवा कसरी यस्तो नर्कमा पुग्छन् ? क-कसले घुस लिएर यो काम गरिरहेका छन् ? आफ्नो पक्ष वा पार्टीलाई कति पैसा आयो भनेर हिसाबकिताब गर्न सफ्टवेयर नै बनाइएको कुरा आएको छ ।”

शनिबार संसद बैठक नियमित कार्यसूचीमा जानु पहिले पार्टीका तर्फबाट धारणा राख्दै श्रेष्ठले यो विषय सदनमा पटकपटक उठाउँदा पनि सरकारले संसदीय छानबिन समिति वा उच्चस्तरीय आयोग गठन गर्न चासो नदेखाएकोमा आपत्ति जनाइन् । “सरकार कसको लागि हो ? निर्बल, दुर्बलको लागि कि शक्ति भएकाहरूको लागि ?” उनले प्रश्न गरिन् । 

“जनताले सदनमा आफ्नो आवाज नसुन्ने हो भने कहाँ गएर सुनाउने ? सरकारले जनताको आवाजको सुनुवाइ गरेको छैन,” श्रेष्ठको भनाइ थियो ।

युवाहरूमा व्याप्त निराशाका कारण उनीहरू यस्तो जोखिम मोल्न बाध्य भएको बताउँदै उनले भनिन्, “हाम्रा युवा एक करोड खर्च गरेर अमेरिका जान तयार हुन्छन्, किन ? यो खुला आकाश उनीहरूका लागि गोलघर जस्तो किन भइरहेको छ ?,” उनले भनिन्, “यो समस्याको गहिराइमा नपुगी हामी अगाडि बढ्न सक्दैनौँ ।”

पछिल्लो अध्यावधिक: असार ७, २०८२ १३:५८





सामाग्री श्रोत :
टेक पाना

पोखरा– पोखरामा झन्डै डेढ करोड मूल्यको सुनसहित २ जना पक्राउ परेका छन्। 

पोखरा बजारका विभिन्न सुनचाँदी पसलमा गरगहना बिक्री गर्न पुग्दा नबिकेपछि बुटवलमा बेच्ने योजनासहित जाँदै गर्दा कास्की प्रहरीले पोखरा–२२ पुम्दीबाट २ जनालाई पक्राउ गरेको हो।

गोप्य सूचनाको आधारमा खटिएको प्रहरीले पुम्दीभुम्दीबाट बुटवलतर्फ जाँदै गरेको माइक्रो बसमा जाँच गर्दा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारतको पन्जाब, अमृतसरका ४९ वर्षीय कुलदिप सिंह र रुपन्देही तिलोत्तमा नगरपालिका १६ का ४७ वर्षीय रामबहादुर बिक छन्। 

उनीहरूलाई सुनका विभिन्न गरगहनासहित राजश्व अनुसन्धान कार्यालय, बुटवल पठाइएको एसपी श्यामबाबु ओलियाले जानकारी दिए।

उनीहरुको साथबाट ८२ तोला बढी सुनचाँदीका गरहगना फेला परेका छन्। 

Ncell 2
Ncell 2

‘दुवै जना सुनको काम गर्ने भएकाले उनीहरुले गहना ल्याएर नेपाली बजारमा बिक्री गर्ने सल्लाह गरेको पाइएको छ । कुलदीप पछिल्लो समयमा भारतमा युपि, गोरखपुर, बिहार, उडिसा, दिल्ली हरियाणालगायतका स्थानमा सुनका गरगहना बेच्दै हिँड्ने गर्ने रहेछन्’, कास्की प्रहरी प्रमुख ओलियाले भने, ‘नेपालका बिकलाई सहयोगी बनाएर यहाँका सहरमा बिक्री गर्ने योजना बनाएको देखिन्छ ।’

बरामद गरगहनामा सिक्री, औँठी, झुम्का, जुली, लकेट, मंगलसूत्र, पोते लगायत छन्।

दुवै जना चुनचाँदीका गरहगना बनाउने कालिगड हुन्। पञ्जापका सिंहले भारतमै सुनचाँदीका गहना बनाउने काम गर्थे भने विकले नेपालमा। विकले सिंहको सहयोगीका रुपमा नेपाली बजारमा सुन ल्याएर बिक्री गर्न सघाउने गरेका थिए।

उनीहरूबिच फेसबुकमार्फत ३ वर्षअघिदेखि सम्पर्क रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। भारतका विभिन्न राज्यमा सुनका गहना बिक्री गर्दै हिँड्ने कुलदिप सिंहले नेपालमा पनि कारोबार गर्ने योजना बनाएका थिए। 

सोही क्रममा अमृतसरस्थित अमरजित साहुको सुन पसलबाट सुन ल्याइ नेपालमा विक्री गर्न लागेको प्रहरीले जनाएको छ। कुलदिपसँगै पोखरा आएका रामबहादुरले बिक्रीबाट केही रकम पाउने सर्तमा साथ दिएको स्वीकारेका छन्। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको प्रवक्ता तथा डीएसपी हरिबहादुर बस्नेतले बताए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । चर्चित आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी एन्थ्रोपिकले गरेको एक नयाँ अनुसन्धानले अधिकांश प्रमुख एआई मोडेलहरूले आफ्नो लक्ष्य पूरा गर्न वा अस्तित्व जोगाउन मानिसलाई ‘ब्ल्याकमेल’ गर्ने जस्ता हानिकारक व्यवहार देखाउन सक्ने खुलासा गरेको छ ।

ओपनएआई, गुगल, मेटा, एक्सएआई, डिपसिकसहित १६ एआई मोडेलहरूलाई नियन्त्रित वातावरणमा परीक्षण गर्दा यस्तो डरलाग्दो नतिजा देखिएको एन्थ्रोपिकले जनाएको छ । परीक्षणमा अधिकांश एआई मोडेलहरूले स्वायत्तता दिइएपछि आफ्नो लक्ष्यमा अवरोध आएमा ब्ल्याकमेलजस्ता आक्रामक उपाय रोज्ने देखिएको अनुसन्धानकर्ताहरूको भनाइ छ । 

एन्थ्रोपिकले सिमुलेटेड (काल्पनिक) वातावरणमा गरेको यो परीक्षणमा एआई मोडेलहरूलाई एक कम्पनीको ईमेल प्रणालीमा पहुँच दिइएको थियो । त्यसक्रम तिनीहरूले स्वतन्त्र रूपमा निर्णय गर्न र ईमेल पठाउन सक्थे । परीक्षणको क्रममा केही मोडेलहरूले गोप्य जानकारी पत्ता लगाएर ती सूचनालाई प्रयोग गर्दै मानिसहरूलाई धम्क्याउने वा ब्ल्याकमेल गर्ने प्रयास गरेका थिए ।

परीक्षणका क्रममा एआईले दुई ओटा गोप्य कुरा पत्ता लगायो:

१. कम्पनीको एक नयाँ कार्यकारीको विवाहेत्तर सम्बन्ध रहेको ।

२. सोही कार्यकारीले हालको एआई मोडेललाई हटाएर एउटा नयाँ सफ्टवेयर प्रणाली ल्याउन लागेको, जसको लक्ष्य हालको एआईको भन्दा फरक थियो ।

यो परिस्थितिमा, आफ्नो अस्तित्व जोगाउन एआईसँग अन्तिम विकल्पको रूपमा ‘ब्ल्याकमेल’ मात्र बाँकी रहने गरी परीक्षणको संरचना बनाइएको थियो ।

डरलाग्दो नतिजा

परीक्षणको नतिजाले अधिकांश अग्रणी एआई मोडेलहरूले अन्तिम अवस्थामा ब्ल्याकमेलको बाटो रोजेको देखायो:

एन्थ्रोपिकले परीक्षणमा यस्तो परिस्थिति जानाजान सिर्जना गरिएको स्पष्ट पार्दै वास्तविक जीवनमा तत्काल यस्तो व्यवहार देखिने सम्भावना हाल न्यून रहेको बताएको छ । भविष्यमा उच्च क्षमतायुक्त र स्वतन्त्र एआई मोडेलहरू विकास हुँदै जाँदा यस्तो जोखिम गहिरिन सक्ने अनुसन्धानले देखाएको छ ।

सबै मोडेलहरू आक्रामक देखिएनन्

अनुसन्धानमा सबै मोडेलहरूले यस्तो खतरनाक व्यवहार देखाएनन् । ओपनएआईका ‘ओ थ्री’ र ‘ओ फोर -मिनी’ जस्ता मोडेलहरूले परीक्षणको निर्देशन नै राम्ररी बुझ्न नसकेको पाइयो । कहिलेकाहीँ तिनीहरूले काल्पनिक नियमहरू बनाएर भ्रमित जवाफ दिएका थिए । सुधारिएको परीक्षणमा ‘ओ थ्री’ ले ९% र ‘ओ फोर -मिनी’ ले केवल १% पटक मात्र ब्ल्याकमेलको प्रयास गरे ।

त्यस्तै, मेटाको ‘लामा फोर म्याभरिक’ (Llama 4 Maverick) ले पनि सुरुमा ब्ल्याकमेलको बाटो रोजेन । तर, परिस्थितिलाई कस्टमाइज गरेर परीक्षण गर्दा १२% पटक हानिकारक व्यवहार देखाएको थियो ।

यदि समयमै सावधानीका कदम नचालिए यस्ता हानिकारक व्यवहारहरू वास्तविक संसारमा पनि देखा पर्न सक्ने एन्थ्रोपिकले चेतावनी दिएको छ ।

पछिल्लो अध्यावधिक: असार ७, २०८२ १२:३५





सामाग्री श्रोत :
टेक पाना

सर्लाही– सर्लाहीको बरहथवा नगरपालिका–४ खैराटोल मा शनिबार बिहान बाटो विस्तारको विषयलाई लिएर स्थानीयवासी र सुरक्षाकर्मीबीच तनावपूर्ण झडप भएको छ। विवादमा प्रहरीले एक राउन्ड हवाई फायर गरेको छ । 

सर्लाहीको बरहथवा नगरपालिका–४ खैराटोलमा शनिबार बिहान बाटो विस्तारको क्रममा स्थानीयवासी र प्रहरीबिच झडप हुँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाई फायर गरेको हो ।

Ncell 2
Ncell 2

झडपका क्रममा इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी निरीक्षक दिवाकर गणेशसहित तीन जना घाइते भएका छन्। घाइतेमध्ये तीन जना सर्वसाधारण रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार झडपमा घाइते भएका सबैलाई उद्धार गरी उपचारका लागि नजिकैको अस्पतालमा पठाइएको छ । उक्त क्षेत्रको अवस्था सामान्य रहेको प्रहरीको जनाएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइरहेको छ । रास्वपा स्थापना भएको तीन वर्ष पूरा भएको अवसरमा रास्वपाले काठमाडौंको माइतीघरमा कार्यक्रम गरी स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसको अवसरमा माइतीघरमा ‘सडक र संसद’ कार्यक्रम राखेको छ । कार्यक्रममा केन्द्रीय पदाधिकारी तथा विभिन्न तहका नेता र कार्यकर्ताहरू सहभागी छन् ।

Ncell 2
Ncell 2

1750485951_viber_image_2025-06-21_11-42-49-671-1750486426.jpg

काठमाडौँ संगै देशका अन्य क्षेत्रहरु चितवन, बुटवल, पोखरा लगायतका अन्य क्षेत्रमा पनि स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरीएको छ । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) को साविक उप विजेता टोली सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणका लागि आज रिटेन र रिलिज गरिएका खेलाडीको सूची सार्वजनिक गरेको छ ।

टोलीले राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दिपेन्द्र सिंह ऐरीलाई पुनः मार्की खेलाडीको रूपमा रिटेन गर्दै नेतृत्वमा विश्वास देखाएको छ । रिटेन गरिएका अन्य प्रमुख खेलाडी अनुभव र निरन्तरताको संयोजन देखिएको छ । रोयल्सले दिपेन्द्र सहित विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, इशान पाण्डे र नरेन साउदलाई रिटेन गरेको हो । 

Ncell 2
Ncell 2

रोयल्सले अर्जुन कुमाल, नरेश बुढाथोकी, खडक बहादुर बोहरा, भोजराज भट्ट, अमित श्रेष्ठ, वसन्त खत्रीलाई रिलिज गरेको छ । पहिलो सिजनको फाइनलमा सुदूरपश्चिम जनकपुर बोल्टस् सँग पराजित भएको थियो ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

विश्व योग दिवस आउँदैछ। तर नेपालजस्तो देशका लागि योग कुनै नयाँ अभ्यास होइन, यो त हाम्रो मौलिक जीवनशैली, आत्म-अनुशासन र प्रकृति-सँगको सम्बन्धको एक अभिन्न अङ्ग हो। योग केवल शरीरको अभ्यास नभएर, मन, श्वास र आत्माको समन्वय हो, जुन अभ्यास परापूर्वकालदेखि नेपालमा साधकहरूले गर्दै आएका छन्।

नेपालका हिमाली गुफा, तपोभूमि र मन्दिरहरू आज पनि योग र ध्यानको मौन साक्षी छन्। ऋषिमुनिहरू, बौद्ध ध्यान साधकहरू र योगीहरूका अभ्यासहरू हाम्रो संस्कृतिको गहिरो जरा हुन्। योग नेपालको आध्यात्मिक सम्पदा हो, जसको वैज्ञानिक मूल्य आज फेरि स्थापित हुँदैछ।

किन आवश्यक छ आजको पुस्ताका लागि योग?
आज नेपालमा नसर्ने रोगहरू तीव्र गतिमा बढिरहेका छन्। सरकारी तथ्यांक अनुसार, वयस्कहरूको २७ प्रतिशत उच्च रक्तचापबाट पीडित छन्, झन्डै ९ प्रतिशत मधुमेह या पूर्व-मधुमेह अवस्थामा छन्, र झन्डै ३० प्रतिशत व्यक्तिहरू मोटोपनको समस्यामा छन्।

यी सबै रोगहरू जीवनशैलीसँग सम्बन्धित छन्। कामको तनाव, निद्रा अभाव, व्यायामको कमी, असन्तुलित खानपान र बढ्दो डिजिटल निर्भरता यस्ता रोगहरूको कारक हुन्। समाधान पनि जीवनशैलीमै छ, र योग त्यसको वैज्ञानिक, सस्तो र सरल उपाय हो।

वैज्ञानिक प्रमाणहरू

मधुमेह नियन्त्रणमा योग
जर्नल अफ डायबिटिज रिसर्चमा प्रकाशित एक सिस्टमेटिक रिभ्यु (Cui et al., 2017) अनुसार, नियमित योग अभ्यासले HbA1c घटाउने, रक्तमा चिनीको मात्रा सुधार गर्ने र इन्सुलिन संवेदनशीलता बढाउने देखिएको छ। वज्रासन, मण्डूकासन, र प्राणायाम जस्ता अभ्यासहरू विशेष रूपमा उपयोगी छन्।

रक्तचाप नियन्त्रणमा योग

हावार्ड हेल्थ पब्लिसिङ (2020) का अनुसार, १२ हप्ताको योग अभ्यासले सिस्टोलिक र डाइस्टोलिक रक्तचाप दुवैमा उल्लेखनीय सुधार ल्याउँछ। अनुलोम–विलोम, शवासन, ध्यान आदि अभ्यासले पारासिम्पेथिटिक नर्वस सिस्टम सक्रिय गराउँछ, जसले रक्तचाप घटाउँछ।

मानसिक स्वास्थ्यमा योग
जर्नल अफ साइकेट्रिक रिसर्चमा प्रकाशित Pascoe et al. (2017) को meta-analysis अनुसार, योगले तनाव घटाउने कोर्टिसोल हर्मोनको मात्रा कम गर्छ, सेरोटोनिन बढाउँछ र निद्रा तथा डिप्रेशनमा सकारात्मक असर पार्छ।

मेटाबोलिक र मुटु स्वास्थ्यमा योग
अमेरिकन हर्ट एशोसिएसन (2013) ले योग अभ्यासले मेटाबोलिक सिन्ड्रोम घटाउने, हार्ट रेट भेरिएबिलिटी सुधार गर्ने र समग्र मुटुको स्वास्थ्यमा सुधार ल्याउने देखाएको छ।
यी सबै प्रमाणहरूले देखाउँछन्, योग केवल विश्वासको कुरा होइन, प्रमाणमा आधारित अभ्यास हो, जुन हाम्रो रोगसँग लड्ने क्षमतालाई सशक्त बनाउँछ।

नेपालजस्ता देशका लागि योग किन उपयुक्त छ?
नेपालमा स्वास्थ्य सेवा अझै सबैको पहुँचमा पुगिसकेको छैन। महँगा औषधिहरू र दीर्घकालीन उपचारले आर्थिक बोझ थपिरहेका छन्। यस्तो अवस्थामा योग जस्ता उपायले ठूलो प्रभाव पार्न सक्छ। यसको लागि कुनै उपकरण चाहिँदैन, घरमै अभ्यास गर्न सकिन्छ, सबै उमेरका मानिसहरूका लागि उपयुक्त हुन्छ, र रोग–पूर्वको अवस्थामा नै सुधार ल्याउन सक्छ।

योग सस्तो, सर्वसुलभ र आत्मनिर्भर अभ्यास हो, जसले शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक सबै पक्षमा असर पार्छ।

आजै किन सुरु गर्ने?
अहिले सुरु नगरेसम्म ‘समय छैन’ भन्ने बहाना सधैं रहिरहन्छ। तर दैनिक १५–३० मिनेटको ध्यान, प्राणायाम, र केही सरल आसनले जीवनभरका समस्यामा सुधार ल्याउन सक्छ।

योगले:
– तनाव घटाउँछ
– रक्तचाप र ब्लड सुगर नियन्त्रणमा मद्दत गर्छ
– आत्मविश्वास बढाउँछ
– निद्रा सुधार गर्छ
– रोगसँग लड्ने शक्ति दिन्छ
हिजो गुमेको समय फर्किँदैन, तर आजको निर्णयले भविष्य परिवर्तन गर्न सक्छ।

निष्कर्ष
योग नेपाली जीवनशैलीको ऐतिहासिक सम्पदा हो। यो केवल एक दिनको उत्सव होइन, दैनिक अभ्यासको विषय हो। हाम्रो हिमाली शान्ति, परम्परागत ज्ञान, र भित्री शुद्धताको पराकाष्ठा हो योग। अब हामीले यो अभ्यासलाई आत्मसात गर्दै नासर्ने रोगहरूको प्रभाव घटाउनु आवश्यक छ।
योग नै हाम्रो आफ्नै समाधान हो — वैज्ञानिक, सुलभ र स्वदेशी।

(डा गुरागाईं बिराट मेडिकल कलेज सामुदायिक चिकित्सा विभागमा कार्यरत छन्)

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । एप्पलले सन् २०२६ को अन्त्यतिर आफ्नो पहिलो फोल्डेबल फोन सार्वजनिक गर्ने भएको छ । चर्चित एप्पल विश्लेषक मिङ-ची कुओले सार्वजनिक गरेको पछिल्लो सप्लाई चेन एनालिसिस रिपोर्टअनुसार एप्पलले यसका लागि आवश्यक पर्ने फोल्डेबल डिस्प्ले प्यानल सामसङ डिस्प्लेबाट खरिद गर्ने प्रक्रिया अघि बढाइसकेको छ ।

रिपोर्टका अनुसार एप्पलको एसेम्बली साझेदार फक्सकनले सन् २०२५ को तेस्रो वा चौथो त्रैमासिकबाट यो परियोजनामा काम सुरु गर्नेछ । सन् २०२६ को दोस्रो अर्धवार्षिकदेखि यसको मास प्रडक्सन सुरु हुने सम्भावना छ ।

‘लिक्विडमेटल हिन्ज’ सहित फोनका अधिकांश अन्य पाटपुर्जाहरूको डिजाइन भने अझै अन्तिम चरणमा पुगेको छैन । तर, फोनको डिस्प्लेको स्पेसिफिकेसन भने टुंगो लागिसकेको छ र यो सामसङ डिस्प्लेबाट आपूर्ति हुनेछ । यसले फोल्डेबल आईफोन कस्तो हुनेछ भन्ने प्रारम्भिक अनुमान लगाउन सकिन्छ ।

विश्लेषक कुओका अनुसार एप्पलले सुरुवाती चरणमा ७० देखि ८० लाख फोल्डेबल प्यानल अर्डर गरेको छ, जबकि यसको कुल उत्पादन लक्ष्य डेढ करोडदेखि दुई करोड युनिटसम्म रहेको छ । यो संख्या फोनको २-३ वर्षे लाइफसाइकलको माग धान्नका लागि भएको अनुमान छ । फोनको मूल्य निकै महँगो हुने भएकाले एप्पलले २०२६ मा मात्रै डेढ करोड युनिट बेच्ने सम्भावना भने कम रहेको रिपोर्टमा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असार ७, २०८२ १०:४





सामाग्री श्रोत :
टेक पाना

एजेन्सी –निरन्तर आक्रमण जारी रहेको अवस्थामा आफ्नो आणविक कार्यक्रमबारे कुनै पनि वार्ता नहुने इरानले स्पष्ट पारेको छ । यो प्रतिक्रिया इजरायलका रक्षामन्त्रीले इरानसँग ‘लामो संघर्ष’ को चेतावनी दिएपछि आएको हो ।

इरानी विदेशमन्त्री अब्बास अराघचीले जिनेभामा युरोपेली कूटनीतिज्ञहरूसँग भेट गरेका थिए । उनलाई अमेरिकासँग आणविक कूटनीति पुनः सुरु गर्न आग्रह गरिएको थियो । तर उनले भने, ‘इजरायलको आक्रामकता रोकिएपछि मात्र कूटनीति सम्भव हुन्छ ।’

तेहरानले आणविक कार्यक्रम पूर्णतः शान्तिपूर्ण भएको दाबी गर्दै इजरायली आक्रमणलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भनेको छ । अराघचीले थपे, ‘इरान आफ्नो वैध आत्मरक्षा अधिकार प्रयोग गर्न पछि पर्ने छैन ।’

Ncell 2
Ncell 2

त्यसैबिच, इजरायली सेनाले इरानी मिसाइल भण्डारण र प्रक्षेपण केन्द्रहरूमा नयाँ आक्रमण सुरु गरेको जनाएको छ । यसअघि इरानले पनि इजरायलको मध्य क्षेत्रमा मिसाइल प्रहार गरेको थियो । तेल अभिभ नजिकै विस्फोटको ठुलो आवाज सुनिएको थियो । रिपोर्टअनुसार केही भवनमा आगलागी समेत भएको छ ।

इजरायलका विदेश मन्त्री एयाल जामिरले भिडियो सन्देशमार्फत आफ्नो देश ‘कठिन दिनहरू’ का लागि तयार रहनुपर्ने बताएका छन् । इजरायलका संयुक्त राष्ट्रसंघका राजदूतले इरानलाई ‘विनाशकारी एजेन्डा’ बोकेको देश भन्दै आणविक केन्द्रहरू पूर्ण रूपमा नष्ट नभएसम्म आक्रमण नरोकिने बताए ।

यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई अमेरिकी हवाई आक्रमणबाट बच्नको लागि दुई हप्ताको समय दिएका छन् । उनले भने, ‘म निर्णय लिनुअघि अधिकतम दुई हप्ता कुर्नेछु ।’ अब क्षेत्रीय तनावले अन्तर्राष्ट्रिय कूटनीतिक प्रयासहरूमा असर पार्ने देखिएको छ । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट