२०८३ कार्तिक १२ बुधबार
LATEST NEWS
२०८३ कार्तिक १२ बुधबार
तयारी अवस्थामा रहेका राहत समाग्रीहरु :- स्रोत एन.आर.एन.ए. साईप्रस

दिनेश गौतम
८ अप्रिल २०२०

विश्वब्यापी कोरोना भाईरसको महामारीले साईप्रसमा रहेका नेपाली समुदायका विद्यार्थी तथा केही कामदारहरुलाई प्रत्यक्ष मारमा परिहरकाहरुलाई यहा रहेका विभिन्न समाजिक सघंसस्थाहरुको सहकार्य तथा गैरअवसिया नेपाली सघं साईप्रसको सम्योज्कत्वामा आज बुधवार ६३ जनालाई राहत वितरण गरिएको छ ।

राहत वितरण गर्न जादै एन.आर.एन.ए. महासचिव कृप थापा ,युवा सयाेंजक कुन्दन कार्की र प्रमुख संरक्षक सुबास मल्ल

साईप्रसमा रहेका विभिन्न १३ ओटा सघंसस्थाहरुको अगुवाईमा हिजो र आज गरी १३३ जनालाई राहत वितरण गरिएको गैरअवसिया नेपाली सघं साईप्रसका युवा संयोजक कुन्दन कार्कीले जानकारी दिए । उहाका अनुसार अहिले यहा रहेका विभिन्न समाजिक सघंसस्थाहरुको सहकार्यमा पहिलो चरणको राहत वितरण कार्यक्रम साईप्रसको निकोसिया सहरबाट सुरु गरिएको र छ्टिटै अरु सहरहरुमा पनि आफुहरु सुचना प्रकासित गरि राहत वितरण गर्न आईरहेको बताए ।

अहिले तत्कालका लागी भएपनि यस राहतबाट यहा रहेका पिडित विद्यार्थी तथा कामदारहरुमा केही हदसम्म राहत पुग्ने कार्कीले विश्वास ब्यक्त गरे । कार्कीका अनुसार अहिले पनि एन.आर.एन.ए साईप्रसको फेसबुक पेजमा धेरै नै नेपाली विद्यार्थी लगाएतहरुले म्यसेज पठाईरहेकोले उहाहरुको नामावली तयार भैरहेको र उहाहरुलाई दोस्रो चरणमा राहत वितरण गरिने जानकारी दिए । त्यस्तै एन.आर.एन.ए साईप्रसकी अध्यक्ष दिल कुमारी तिलिजा पुनले यस्तो दुखमा रहेका नेपलाीहरुलाई सहयोग गर्ने महान कार्यमा सहकार्य गरेका , गर्नुहुने र अन्य बाहिरबाट पनि पिडितहरुलाई राहत वितरण गरिरहेका सबैलाई विशेष धन्यबाद दिएकी छिन ।

एन.आर.एन.ए. साईप्रसले राहतको लागि तयार पारेका समाग्रीहरु

समिम मिया
युरोप साईप्रस ८ अप्रिल २०२०
। कोरोनाबाट प्रभावित बिधार्थी तथा कामदारहरुलाई राहतका लागि तथा साइप्रस मा रहेका नेपाली हरुको आत्मबल बढाउदै जनचेतना मुलक सन्देश प्रवाह गर्ने उदेश्यका साथ गैर आवासिय नेपाली संघ साइप्रस को संयोजकत्व मा साइप्रसमा रहेका नेपाली संघ संस्था एकजुट भई राहत वितरण गर्दै छन् ।
साइप्रसमा रहेको अवैतनिक बाणिज्य दुतावासको निगरानी मा गैरआवसीय नेपाली संघ साइप्रसको संयोजकत्वमा साइप्रसमा रहेका प्रबासी नेपाली एकता मञ्च, तमु समाज, चितवन सेवा समाज, संघिय लिम्वुवान सामाजिक मञ्च, नेपाल तामाङ घेदुङ, ह्योल्मो एकता समाज, नेपाल मगर संघ, सेर्पा किदुक, किराँत राई यायाक्खा, किरात याक्थुङ चुम्लुङ , जन मुक्ति लगायतका सामाजिक संघ संस्थाको सहभागीतामा राहत जुटाईएको हो ।

साईप्रस सरकारको लकडाउनको कारण धेरै विद्यार्थी तथा केही कामदारहरु आफ्नो रोजगार गुमाएर आफ्नै कोठामा बस्न बाध्य भएकाहरुका लागि ल्याईएको राहत प्याकजेमा चामल, दाल, चाउमिन, आलु, प्याज, सोयाविन, टमाटर लगायतका सामाग्रीलाई समेटीएको छ । राहत पहिलो र दोस्रो चरणमा गरि वितरण गरिने जनाईएको छ ।

हाल कोरोना भाइरसको संक्रमणका विरामीहरुको सख्यां बढि रहेकोले यहाको सरकारले अगामी अप्रिल महिनाको १३ तारिख सम्म लकडाउन घोषणा गरेको छ । यदी यस्तै रहयो भने यहाको सरकारले लकडाउनलाई थप बढाउन सक्ने यहाका विभिन्न संचार माध्यमहरुले उल्लेख गर्दै आईरहेका छन ।

यस्तो अवस्थामा यहा रहेका नेपाली समुदायहरुमा खास गरि विद्यार्थी एवमं केही कामदारहरुमा विभिन्न खाद्यान्न लगायतका अन्य समस्यामा पर्न गएकाले साईप्रसमा रहेको होनररी कन्सुलेट अफ नेपाल, निकोसियाको रोहवरमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साइप्रसको संयोजकत्वमा र सम्बन्धित संघ संस्थाहरुको सहयोगमा राहत वितरण गर्न लागिएको एन.आर.एन.ए साईप्रसका सचिव पुरन मगरले जानकारी दिए ।
राहतको लागि अति जोखिममा परेका विद्यार्थीहरुले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साइप्रसको फेसबुक पेजको मेसेन्जरमा गएर आफ्नो सबै बिवरण टिपाउन अनुरोध गरिएको छ । बिवरणका लागि विद्यार्थी कार्ड, कलेज कार्ड, पासपोर्ट वा पिन कार्ड लगायतका कागजातहरु संलग्न गर्नुपर्नेछ ।

त्यसको लागि एनआरएनए साइप्रसले प्रत्येक क्षेत्र निकोसिया, लिमासोल, लार्नाका, आइनापा र पाफोसमा रहेका आफ्ना प्रतिनिधी तयार पारेकाले, सम्बन्धित प्रतिनिधिसंग सम्पर्क गर्न अनुरोध गरिएको छ मगरले भन्नु भयो । राहत वितरण कार्यक्रम बुद्धवार निकोसिया सहरमा जारी रहेको छ ।
आज हिजो मात्रै लगभग ७० जना जना लाई राहत वितरण गरिएको छ भने प्रथम चरण मा ३ सय देखि ४ सम्म बिधार्थी तथा पिडित कामदार लाई बितरण गर्ने योजना रहेको गैरअवसीय नेपाली सघं साईप्रसले जनाएको छ ।

फोटो :- एन.आर.एन.ए. साईप्रसको फेसबुक पेजबाट

दिनेश गौतम
युरोप साईप्रस ६ अप्रिल २०२०

विश्वब्यापी महामारी कोरोना भाईरसबाट साईप्रसमा प्रत्यक्ष प्रभावित नेपाली विद्यार्थी एवमं केही कामदार लगाएतहरुलाई सहयोग गर्ने उद्देश्यले यहाका विभिन्न सघंसस्थाहरु एकजुट हुन थालेका छन । साईप्रसमा रहेको नेपाली कन्सुलेटको रोहबर तथा गैरअवसिया नेपाली सघं साईप्रसको सम्योज्कत्वमा यहा रहेका विभिन्न समाजिक सघंसस्थाहरुले आज सोमवार सम्म चार हजार ३ सय ७ युरो राहत संकलन गरेका छन । यसरी राहत सहयोग गर्नेहरुमा किरात राई यायोक्खा , प्रवासी नेपाली मचं , तमु समाज, चितवन समाज , नेपाल तमागं घेदुगं , ह्योल्मो एकता समाज , तमागं बौद्ध महासघं , नेपाल मगर सघं शेर्पा केदग , किरात याक्थगं लुम्लुगं , सघिंय लिम्बुवान समाजिक मचं लगाएतका समाजिक सघंसस्थाहरुले सामुहिक रुपमा राहत संकलन गरेको एन.आरंएन.ए. साईप्रसका सचिव पुरन मगरले जानकारी दिए ।

मगरका अनुसार राहत वितरणका लागि आफुहरुले केही निश्चित मापदण्ड बनाएर पहिलो चरणको राहत वितरण अप्रिल ७ तारिखबाट गर्न लागेको बाकी रहेका र बाकी अन्य सहयोगी दाता तथा समाजिक सघंसस्थाहरुसगं सहकार्य गरि दोस्रो चरणको राहतका लागि सहयोग जुटाउन अह्वान गरिएको बताए । राहत वितरण कार्यक्रम प्रत्येक दिन सुचना निकाली विभिन्न सहरहरुमा वितरण गरिने मगरले जानकारी दिए । गैरअवसिया नेपाली सघं साईप्रसको फेसुबक पेजमा हरेक दिन सुचना प्रकासित गरिने भएकोले सबै पिडितहरुले साझेदारी सघंसस्थाहरुसगं सम्पर्कमा रहि सहयोग गरिदिन मगरले अनुरोध गरेका छन ।
अहिले सम्म एन.आर.एन.साईप्रसले पिडितहरुको विवरण सकंलन कार्य जारी राखिरहेको छ र यसका साथै गैरअवसिया नेपाली सघंले साईप्रसमा रहेको समास्याहरुलाई नेपाली राजदुतावास , नेपाली कन्सुलृेट साईप्रससगको सहकार्य गरि नेपाल सरकारसम्म पुर्याउने काम गरिहेको बताउदै यहा रहेका नेपालीहरु प्रति आफुहरु सधै प्रतिबद्ध रहेको मगरको भनाई थियो । साईप्रसमा रहेका सबै नेपाली विद्यार्थी ,कामदार , समाजिक सघंसस्थाहरुं लगाएत विभिन्न निकायहरुसगं एनआरएनए. साईप्रस सहकार्य गरी अगाडी बढ्न प्रतिबद्ध रहेकोले अध्यक्ष दिल कुमारी तिलीजा पुनले बताईन ।

स्वास्थ्य मन्त्रालयले फेसबुकमार्फत् नेपालमा थप तीन व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण भेटिएको पुष्टि गरेको छ।
तीमध्ये दुई जना भारतबाट फर्किएका नेपाली नागरिक हुन् भने एक जना पहिला सङ्क्रमण भएका व्यक्तिकी आफन्त हुन्।
कैलालीमा सङ्क्रमण भएको पुष्टि भएका व्यक्तिको परिवारकी एक सदस्यलाई कोरोनाभाइरस भएको पाइएपछि नेपालमा पहिलो पटक स्थानीय रूपमा सङ्क्रमण सरेको पुष्टि भएको छ,ू स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहकार डा। खेम कार्कीले हामीलाई जानकारी दिए ।
ती महिला ३४ वर्षकी भएको बताइएको छ।
डा.कार्कीका अनुसार स्थानीय स्तरमा भाइरस सरेको पाइएपछि विश्वव्यापी महामारी बनेर फैलिएको कोभिड(१९ )महामारी नेपालमा दोस्रो चरणमा प्रवेश गरेको छ।


समिम मियाँ

४ अप्रिल २०२०/ लिमासोल

साइप्रस सरकारले व्यवसायीक उडान माथी लगाएको प्रतिबन्ध थप दुई हप्ता लम्ब्याएको घोषणा गरेको छ । बिहिबार दिएको जानकारीमा कोरोनाको फैलावट रोक्न यो कदम उठाइएको बताइएको छ ।

यातायात मन्त्री यान्निस करौसोसले एक ट्विट गर्दै अप्रिल ४ तारिख मध्यरात देखि १४ दिनको लागि प्रतिवन्ध लागू हुने बताउनु भयो ।

यात्रु बोक्ने बिमान बन्द भए पनि कार्गो विमान भने सन्चालन मै रहने बताउदै युरोप तथा अन्तर्राष्ट्रिय देशमा देखिएको नाटकीय परिस्थितिको मुल्यांकन गर्दै साइप्रसले यो निर्णय गर्नु परेको उहाँले भन्नू भयो ।


मार्च २१ देखि लागू भएको प्रतिवन्ध ३ अप्रिलमा खुल्नु पर्ने थियो ।
शुक्रबार सम्म ३९६ जनामा कोरोना संक्रमण पुष्टि भै सकेको छ भने १० को मृत्युु भएको छ ।

२८ जना निको भएर घर फर्किएका छन् ।


कोरोना संक्रमण रोक्न मार्च १६ देखि साइप्रस प्रवेश गरेका यात्रुलाई सरकारले विभिन्न क्वारेन्टाइन सेन्टर मा राखेका मध्य पहिलो समूह गत बिहीवार घर फर्किएका छन्

२३ मार्च देखि सुरु भएको लक डाउन अप्रिल १३ सम्म जारी रहने छ।

यो पनि पढ्नुहोस् : कोरोना रोक्न साइप्रसको कठोर कदम : ३ हप्ता लक डाउन

के अनुहारमा प्रयोग गर्ने मास्क लगाउँदा कोरोनाभाइरसको सङ्क्रमण फैलने गतिलाई कम गर्न सकिन्छरु यो प्रश्नको जवाफ विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओका सल्लाहकारहरूको एउटा समूहले खोज्ने भएको छ।
खोक्दा वा हाच्छिउँ गर्दा विगतमा भनिए भन्दा परसम्म भाइरस उछिटिन्छ कि उछिटिँदैन भनेर उक्त समूहले अध्ययन गर्नेछ।
यसअघि अमेरिकामा गरिएको एउटा अध्ययनले खोकी ६ मिटर र हाच्छिउँ ८ मिटरसम्म पुग्न सक्ने भनेको थियो।
उक्त अनुसन्धान समूहका अध्यक्ष प्राध्यापक डेभिड हेमनले बीबीसीलाई नयाँ अध्ययनले मास्कबारे विगतमा दिइएका सुझावमा परिवर्तन ल्याउन सक्ने बताए।
डब्लूएचओका पूर्वनिर्देशक रहेका उनी भन्छन्, ूडब्लूएचओले नयाँ प्रमाणहरू हेरेर मास्क प्रयोगसम्बन्धी आफ्ना सुझावहरू परिमार्जन गर्नुपर्छ कि पर्दैन भन्नेबारे छलफल आरम्भ गरेको छ।
अहिलेको सुझाव के छ ?
डब्लूएचओले सङ्क्रमणबाट जोगिन खोकी रहेका वा हाच्छिउँ गरिरहेका व्यक्तिहरूबाट कम्तीमा एक मिटर परै बस्न सुझाव दिँदै आएको छ।
उसले बिरामी परेका र लक्षणहरू देखिएका व्यक्तिलाई मास्क लगाउन सुझाव दिएको छ।
तर उसले सङ्क्रमण भएको शङ्का लागेका व्यक्तिहरूको स्याहारसुसार गरिरहेका वा आफैले खोकिरहेको वा हाच्छिउँ गरिरहेको अवस्थामा मात्रै स्वस्थ मानिसले मास्क प्रयोग गर्नुपर्ने भन्दै आएको छ।
उसले निरन्तर हात धुने र प्रयोग गरिसकेपछि राम्ररी व्यवस्थापन गरेर मात्रै मास्क लगाउनु परिणाममूलक हुने उल्लेख गरेको छ।
ब्रिटेन र अमेरिकासहित कतिपय देशले २ मिटर सामाजिक दूरी कायम गर्न सुझाव दिएका छन्।
उनीहरूले थुकको छिटाबाट भाइरसहरू फैलनसक्ने प्रमाणका आधारमा ती सुझाव दिएका हुन्। अधिकांश त्यस्ता छिटा हावामा मिसिने वा जसले निकालेको हो त्यही मानिस नजिकै खस्ने गर्छ।

नया अध्ययनले खोकी वा हच्छिउका क्रममा छिट्टाहरु अझै टाढासम्म पुग्न सक्ने देखाएको छ ।

नयाँ अनुसन्धानले के देखाएको छ ?
अमेरिकास्थित म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी, एमआइटीका अनुसन्धानकार्ताहरूले हाइ स्पीड क्यामेरा र अरू सेन्सरहरूको प्रयोग गरी खोकेपछि वा हाच्छिउँ गरेपछि ठ्याक्कै के हुन्छ भन्ने अध्ययन गरेको थियो।
त्यसक्रममा स्वास बाहिर निस्कँदा एकदमै द्रुत गतिमा फैलने ग्यासको समूहको सिर्जना हुन्छ जसमा फरकफरक आकारका थुकका छिटाहरू हुन्छन्, र तीमध्येका सबैभन्दा सानो आकारका छिटा निक्कै परसम्म पनि जान सक्ने उनीहरूले पत्ता लगाएका छन्।
प्रयोगाशालामा गरिएको अध्ययनले खोक्दा निस्किएको थुक ६ मिटर परसम्म र हाच्छिउँको बेलामा अझ द्रुत गतिमा छिटा ८ मिटरसम्म पुग्ने देखाएको छ।

यसको प्रभाव के हुन्छ ?
उक्त अध्ययनको नेतृत्व गरेकी एमआइटीकी प्राध्यापक लीडीया बुरोइबाले अहिले भनिएको सुरक्षित दूरीको अवधारणाप्रति आफूलाई चिन्ता लागेको बताएकी छन्।
उनले सास फेर्दा वा खोक्दा वा हाच्छिउँ गर्दा परसम्म जान सक्ने गति भएको ग्यासको गुजुल्टो बन्ने र त्यसभित्र फरक फरक आकारका छिटाहरू जम्मा हुने अनि त्यो कोठाभरी फैलन सक्ने बताइन्।
ूत्यही भएर ती छिटा कुनै तरिकाले भुइँमा खस्छन् भन्ने आधारमा एक वा दुई मिटर पर बस्दा सुरक्षित हुने भन्ने गलत अवधारणा हामीले प्रत्यक्ष अध्ययन वा मापन गरेको विवरणसँग मिल्दोजुल्दो छैन।
स्रोत :- बिबिसी नेपाली सेवा तथा डब्लुएचओ

२० चैत २०७६ युरोप साईप्रस । विश्वमहामरी कोरोना भाईरसबाट साईप्रसमा आज बिहिवार थप एक जनाको मृत्यु भएको छ भने ३६ जना नया संक्रमित बिरामी फेला परेका छन । आज एक लिमासोल सहरकी महिलाको मृत्यु भएको छ र योसगै यहा कोरोनाबाट मृत्यु हुनेहरुको सख्यां १० पुगेको छ भने जम्मा संक्रमितहरुको सख्यां ३५६ जना रहेको स्वास्थ्य मन्त्रालयलार्इ उदृत गर्दै यहाका सचांर माध्यमहरुले जनाएका छन । हिजोको तुलनामा आज ३६ जना विरामी भेटिए पनि यो सख्यां हाम्रो लागि ठुलो हो भन्दै यहा रहेका सबै नागरिकहरुले सरकारले गरेको हरेक गतिविधिलाई सहयोग गर्नुपर्ने सरकारका प्रतिनिधि कोस्त्रीकीस्को भनाई छ ।

उता उत्तरी साईप्रसमा आज चार नया कोरोना संक्रमित बिरामी भेटिएका छन । यो सगै उत्तरी साईप्रसमा विरामीहरुको संख्या ८१ जना भएकोर मृतकको संख्या २ पुगेको छ ।

१८ चैत २०७६ निकोसिया साईप्रस । साईप्रसमा आज मगंलवार थप एक जनाको कोरोना भाईरसबाट मृत्यु भएको छ भने ३२ जना नया विरामी भेटिएका छन । योसगैं मृतकको सख्यां ८ पुगेको छ भने जम्मा २६२ जना ( ९ जना बेलायती नागरिक सहित) कोरोना संक्रमितहरु भेटिएको स्वास्थ्य मन्त्रालयजले जनाएको छ । मगंवलार मृत्यु भएका ८३ बर्षिय पुरुष हुन ।

अब ७ जना पुरुष र एक जना महिला गरि ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको यहाका विभिन्न सचांर माध्यमहरुले उल्लेख गरेका छन । आज बिरामीहरु मध्ये एक जना गभृवती महिला समेत रहेक िर उनको उपचार निकोसियाको मकारियोज् हस्पिटलमा उपचार भैरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उता उत्तरी साईप्रसमा आज थप एक जनालाई कोरोनाबाट संक्रमीत बिरामी भेटिएका छन यो सगै उत्ररी साईप्रसमा कोरोनाका बिरामीहरुको सख्यां ७० जना रहेको साईप्रस मेलले उल्लेख गरेको छ । उत्तरी साईप्रसको हिजो मात्रै कोरोना भाईरसबाट संक्रमित बरिामीहरु कारपासिया क्षेत्रबाट एक जना ,२ जना लापिथोस र दुई जना किओनेली क्षेत्रमा भेटिएका थिए ।
। गत हप्ता ७३ बर्षिय एक जर्मन नागरिक (पर्यटक)को मृत्यु भएको थियो । योसगै उत्तरी साईप्रसमा अहिले सम्मा एक जनाको मात्रै मृत्यु भएको छ ।

31 March 2020 कोरोना अपडेट :
साइप्रस को स्वास्थ्य मन्त्रालयले आज 83 वर्षीय वृद्ध को कोरोनाको कारण मृत्यु भएको बताएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार थप 32 जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सङै सन्क्रमित को संख्या 262 पुगेको छ ।
आज पुस्टि भएका बिरामी मध्य एक गर्भवती महिला हुन् ।

१७ चैत २०७६ निकोसिया साईप्रस । साईप्रसमा आज सोमवार थप एक जनाको कोरोना भाईरसबाट मृत्यु भएको छ भने १६ जना नया विरामी भेटिएका छन । योसगैं मृतकको सख्यां ७ पुगेको छ जम्मा २३० जना ( ५ जना बेलायती नागरिक सहित) कोरोना संक्रमितहरु भेटिएको स्वास्थ्य मन्त्रालयजले जनाएको छ ।

सोममवार मृत्यु भएका ७७ बर्षिय पुरुष हुन । अब ६ जना पुरुष र एक जना महिला गरि ७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको यहाका विभिन्न सचांर माध्यमहरुले उल्लेख गरेका छन । उता उत्तरी साईप्रसमा आज थप पाचं जनालाई कोरोनाबाट संक्रमीत बिरामी भेटिएका छन यो सगै उत्ररी साईप्रसमा कोरोनाका बिरामीहरुको सख्यां ६९ जना रहेको साईप्रस मेलले उल्लेख गरेको छ ।

उत्तरी साईप्रसको कारपासिया क्षेत्रबाट एक जना ,२ जना लापिथोस र दुई जना किओनेली क्षेत्रका रहेका छन । गत हप्ता ७३ बर्षिय एक जर्मन नागरिक (पर्यटक)को मृत्यु भएको थियो । योसगै उत्तरी साईप्रसमा अहिले सम्मा एक जनाको मात्रै मृत्यु भएको छ ।

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट