

दिनेश गौतम
युरोप साईप्रस ६ अप्रिल २०२०
विश्वब्यापी महामारी कोरोना भाईरसबाट साईप्रसमा प्रत्यक्ष प्रभावित नेपाली विद्यार्थी एवमं केही कामदार लगाएतहरुलाई सहयोग गर्ने उद्देश्यले यहाका विभिन्न सघंसस्थाहरु एकजुट हुन थालेका छन । साईप्रसमा रहेको नेपाली कन्सुलेटको रोहबर तथा गैरअवसिया नेपाली सघं साईप्रसको सम्योज्कत्वमा यहा रहेका विभिन्न समाजिक सघंसस्थाहरुले आज सोमवार सम्म चार हजार ३ सय ७ युरो राहत संकलन गरेका छन । यसरी राहत सहयोग गर्नेहरुमा किरात राई यायोक्खा , प्रवासी नेपाली मचं , तमु समाज, चितवन समाज , नेपाल तमागं घेदुगं , ह्योल्मो एकता समाज , तमागं बौद्ध महासघं , नेपाल मगर सघं शेर्पा केदग , किरात याक्थगं लुम्लुगं , सघिंय लिम्बुवान समाजिक मचं लगाएतका समाजिक सघंसस्थाहरुले सामुहिक रुपमा राहत संकलन गरेको एन.आरंएन.ए. साईप्रसका सचिव पुरन मगरले जानकारी दिए ।
मगरका अनुसार राहत वितरणका लागि आफुहरुले केही निश्चित मापदण्ड बनाएर पहिलो चरणको राहत वितरण अप्रिल ७ तारिखबाट गर्न लागेको बाकी रहेका र बाकी अन्य सहयोगी दाता तथा समाजिक सघंसस्थाहरुसगं सहकार्य गरि दोस्रो चरणको राहतका लागि सहयोग जुटाउन अह्वान गरिएको बताए । राहत वितरण कार्यक्रम प्रत्येक दिन सुचना निकाली विभिन्न सहरहरुमा वितरण गरिने मगरले जानकारी दिए । गैरअवसिया नेपाली सघं साईप्रसको फेसुबक पेजमा हरेक दिन सुचना प्रकासित गरिने भएकोले सबै पिडितहरुले साझेदारी सघंसस्थाहरुसगं सम्पर्कमा रहि सहयोग गरिदिन मगरले अनुरोध गरेका छन ।
अहिले सम्म एन.आर.एन.साईप्रसले पिडितहरुको विवरण सकंलन कार्य जारी राखिरहेको छ र यसका साथै गैरअवसिया नेपाली सघंले साईप्रसमा रहेको समास्याहरुलाई नेपाली राजदुतावास , नेपाली कन्सुलृेट साईप्रससगको सहकार्य गरि नेपाल सरकारसम्म पुर्याउने काम गरिहेको बताउदै यहा रहेका नेपालीहरु प्रति आफुहरु सधै प्रतिबद्ध रहेको मगरको भनाई थियो । साईप्रसमा रहेका सबै नेपाली विद्यार्थी ,कामदार , समाजिक सघंसस्थाहरुं लगाएत विभिन्न निकायहरुसगं एनआरएनए. साईप्रस सहकार्य गरी अगाडी बढ्न प्रतिबद्ध रहेकोले अध्यक्ष दिल कुमारी तिलीजा पुनले बताईन ।

स्वास्थ्य मन्त्रालयले फेसबुकमार्फत् नेपालमा थप तीन व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण भेटिएको पुष्टि गरेको छ।
तीमध्ये दुई जना भारतबाट फर्किएका नेपाली नागरिक हुन् भने एक जना पहिला सङ्क्रमण भएका व्यक्तिकी आफन्त हुन्।
कैलालीमा सङ्क्रमण भएको पुष्टि भएका व्यक्तिको परिवारकी एक सदस्यलाई कोरोनाभाइरस भएको पाइएपछि नेपालमा पहिलो पटक स्थानीय रूपमा सङ्क्रमण सरेको पुष्टि भएको छ,ू स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहकार डा। खेम कार्कीले हामीलाई जानकारी दिए ।
ती महिला ३४ वर्षकी भएको बताइएको छ।
डा.कार्कीका अनुसार स्थानीय स्तरमा भाइरस सरेको पाइएपछि विश्वव्यापी महामारी बनेर फैलिएको कोभिड(१९ )महामारी नेपालमा दोस्रो चरणमा प्रवेश गरेको छ।
समिम मियाँ
४ अप्रिल २०२०/ लिमासोल
साइप्रस सरकारले व्यवसायीक उडान माथी लगाएको प्रतिबन्ध थप दुई हप्ता लम्ब्याएको घोषणा गरेको छ । बिहिबार दिएको जानकारीमा कोरोनाको फैलावट रोक्न यो कदम उठाइएको बताइएको छ ।
यातायात मन्त्री यान्निस करौसोसले एक ट्विट गर्दै अप्रिल ४ तारिख मध्यरात देखि १४ दिनको लागि प्रतिवन्ध लागू हुने बताउनु भयो ।
यात्रु बोक्ने बिमान बन्द भए पनि कार्गो विमान भने सन्चालन मै रहने बताउदै युरोप तथा अन्तर्राष्ट्रिय देशमा देखिएको नाटकीय परिस्थितिको मुल्यांकन गर्दै साइप्रसले यो निर्णय गर्नु परेको उहाँले भन्नू भयो ।
मार्च २१ देखि लागू भएको प्रतिवन्ध ३ अप्रिलमा खुल्नु पर्ने थियो ।
शुक्रबार सम्म ३९६ जनामा कोरोना संक्रमण पुष्टि भै सकेको छ भने १० को मृत्युु भएको छ ।
२८ जना निको भएर घर फर्किएका छन् ।
कोरोना संक्रमण रोक्न मार्च १६ देखि साइप्रस प्रवेश गरेका यात्रुलाई सरकारले विभिन्न क्वारेन्टाइन सेन्टर मा राखेका मध्य पहिलो समूह गत बिहीवार घर फर्किएका छन्
२३ मार्च देखि सुरु भएको लक डाउन अप्रिल १३ सम्म जारी रहने छ।
यो पनि पढ्नुहोस् : कोरोना रोक्न साइप्रसको कठोर कदम : ३ हप्ता लक डाउन

के अनुहारमा प्रयोग गर्ने मास्क लगाउँदा कोरोनाभाइरसको सङ्क्रमण फैलने गतिलाई कम गर्न सकिन्छरु यो प्रश्नको जवाफ विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओका सल्लाहकारहरूको एउटा समूहले खोज्ने भएको छ।
खोक्दा वा हाच्छिउँ गर्दा विगतमा भनिए भन्दा परसम्म भाइरस उछिटिन्छ कि उछिटिँदैन भनेर उक्त समूहले अध्ययन गर्नेछ।
यसअघि अमेरिकामा गरिएको एउटा अध्ययनले खोकी ६ मिटर र हाच्छिउँ ८ मिटरसम्म पुग्न सक्ने भनेको थियो।
उक्त अनुसन्धान समूहका अध्यक्ष प्राध्यापक डेभिड हेमनले बीबीसीलाई नयाँ अध्ययनले मास्कबारे विगतमा दिइएका सुझावमा परिवर्तन ल्याउन सक्ने बताए।
डब्लूएचओका पूर्वनिर्देशक रहेका उनी भन्छन्, ूडब्लूएचओले नयाँ प्रमाणहरू हेरेर मास्क प्रयोगसम्बन्धी आफ्ना सुझावहरू परिमार्जन गर्नुपर्छ कि पर्दैन भन्नेबारे छलफल आरम्भ गरेको छ।
अहिलेको सुझाव के छ ?
डब्लूएचओले सङ्क्रमणबाट जोगिन खोकी रहेका वा हाच्छिउँ गरिरहेका व्यक्तिहरूबाट कम्तीमा एक मिटर परै बस्न सुझाव दिँदै आएको छ।
उसले बिरामी परेका र लक्षणहरू देखिएका व्यक्तिलाई मास्क लगाउन सुझाव दिएको छ।
तर उसले सङ्क्रमण भएको शङ्का लागेका व्यक्तिहरूको स्याहारसुसार गरिरहेका वा आफैले खोकिरहेको वा हाच्छिउँ गरिरहेको अवस्थामा मात्रै स्वस्थ मानिसले मास्क प्रयोग गर्नुपर्ने भन्दै आएको छ।
उसले निरन्तर हात धुने र प्रयोग गरिसकेपछि राम्ररी व्यवस्थापन गरेर मात्रै मास्क लगाउनु परिणाममूलक हुने उल्लेख गरेको छ।
ब्रिटेन र अमेरिकासहित कतिपय देशले २ मिटर सामाजिक दूरी कायम गर्न सुझाव दिएका छन्।
उनीहरूले थुकको छिटाबाट भाइरसहरू फैलनसक्ने प्रमाणका आधारमा ती सुझाव दिएका हुन्। अधिकांश त्यस्ता छिटा हावामा मिसिने वा जसले निकालेको हो त्यही मानिस नजिकै खस्ने गर्छ।

नयाँ अनुसन्धानले के देखाएको छ ?
अमेरिकास्थित म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी, एमआइटीका अनुसन्धानकार्ताहरूले हाइ स्पीड क्यामेरा र अरू सेन्सरहरूको प्रयोग गरी खोकेपछि वा हाच्छिउँ गरेपछि ठ्याक्कै के हुन्छ भन्ने अध्ययन गरेको थियो।
त्यसक्रममा स्वास बाहिर निस्कँदा एकदमै द्रुत गतिमा फैलने ग्यासको समूहको सिर्जना हुन्छ जसमा फरकफरक आकारका थुकका छिटाहरू हुन्छन्, र तीमध्येका सबैभन्दा सानो आकारका छिटा निक्कै परसम्म पनि जान सक्ने उनीहरूले पत्ता लगाएका छन्।
प्रयोगाशालामा गरिएको अध्ययनले खोक्दा निस्किएको थुक ६ मिटर परसम्म र हाच्छिउँको बेलामा अझ द्रुत गतिमा छिटा ८ मिटरसम्म पुग्ने देखाएको छ।
यसको प्रभाव के हुन्छ ?
उक्त अध्ययनको नेतृत्व गरेकी एमआइटीकी प्राध्यापक लीडीया बुरोइबाले अहिले भनिएको सुरक्षित दूरीको अवधारणाप्रति आफूलाई चिन्ता लागेको बताएकी छन्।
उनले सास फेर्दा वा खोक्दा वा हाच्छिउँ गर्दा परसम्म जान सक्ने गति भएको ग्यासको गुजुल्टो बन्ने र त्यसभित्र फरक फरक आकारका छिटाहरू जम्मा हुने अनि त्यो कोठाभरी फैलन सक्ने बताइन्।
ूत्यही भएर ती छिटा कुनै तरिकाले भुइँमा खस्छन् भन्ने आधारमा एक वा दुई मिटर पर बस्दा सुरक्षित हुने भन्ने गलत अवधारणा हामीले प्रत्यक्ष अध्ययन वा मापन गरेको विवरणसँग मिल्दोजुल्दो छैन।
स्रोत :- बिबिसी नेपाली सेवा तथा डब्लुएचओ
२० चैत २०७६ युरोप साईप्रस । विश्वमहामरी कोरोना भाईरसबाट साईप्रसमा आज बिहिवार थप एक जनाको मृत्यु भएको छ भने ३६ जना नया संक्रमित बिरामी फेला परेका छन । आज एक लिमासोल सहरकी महिलाको मृत्यु भएको छ र योसगै यहा कोरोनाबाट मृत्यु हुनेहरुको सख्यां १० पुगेको छ भने जम्मा संक्रमितहरुको सख्यां ३५६ जना रहेको स्वास्थ्य मन्त्रालयलार्इ उदृत गर्दै यहाका सचांर माध्यमहरुले जनाएका छन । हिजोको तुलनामा आज ३६ जना विरामी भेटिए पनि यो सख्यां हाम्रो लागि ठुलो हो भन्दै यहा रहेका सबै नागरिकहरुले सरकारले गरेको हरेक गतिविधिलाई सहयोग गर्नुपर्ने सरकारका प्रतिनिधि कोस्त्रीकीस्को भनाई छ ।
उता उत्तरी साईप्रसमा आज चार नया कोरोना संक्रमित बिरामी भेटिएका छन । यो सगै उत्तरी साईप्रसमा विरामीहरुको संख्या ८१ जना भएकोर मृतकको संख्या २ पुगेको छ ।
१८ चैत २०७६ निकोसिया साईप्रस । साईप्रसमा आज मगंलवार थप एक जनाको कोरोना भाईरसबाट मृत्यु भएको छ भने ३२ जना नया विरामी भेटिएका छन । योसगैं मृतकको सख्यां ८ पुगेको छ भने जम्मा २६२ जना ( ९ जना बेलायती नागरिक सहित) कोरोना संक्रमितहरु भेटिएको स्वास्थ्य मन्त्रालयजले जनाएको छ । मगंवलार मृत्यु भएका ८३ बर्षिय पुरुष हुन ।
अब ७ जना पुरुष र एक जना महिला गरि ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको यहाका विभिन्न सचांर माध्यमहरुले उल्लेख गरेका छन । आज बिरामीहरु मध्ये एक जना गभृवती महिला समेत रहेक िर उनको उपचार निकोसियाको मकारियोज् हस्पिटलमा उपचार भैरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उता उत्तरी साईप्रसमा आज थप एक जनालाई कोरोनाबाट संक्रमीत बिरामी भेटिएका छन यो सगै उत्ररी साईप्रसमा कोरोनाका बिरामीहरुको सख्यां ७० जना रहेको साईप्रस मेलले उल्लेख गरेको छ । उत्तरी साईप्रसको हिजो मात्रै कोरोना भाईरसबाट संक्रमित बरिामीहरु कारपासिया क्षेत्रबाट एक जना ,२ जना लापिथोस र दुई जना किओनेली क्षेत्रमा भेटिएका थिए ।
। गत हप्ता ७३ बर्षिय एक जर्मन नागरिक (पर्यटक)को मृत्यु भएको थियो । योसगै उत्तरी साईप्रसमा अहिले सम्मा एक जनाको मात्रै मृत्यु भएको छ ।
31 March 2020 कोरोना अपडेट :
साइप्रस को स्वास्थ्य मन्त्रालयले आज 83 वर्षीय वृद्ध को कोरोनाको कारण मृत्यु भएको बताएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार थप 32 जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सङै सन्क्रमित को संख्या 262 पुगेको छ ।
आज पुस्टि भएका बिरामी मध्य एक गर्भवती महिला हुन् ।
१७ चैत २०७६ निकोसिया साईप्रस । साईप्रसमा आज सोमवार थप एक जनाको कोरोना भाईरसबाट मृत्यु भएको छ भने १६ जना नया विरामी भेटिएका छन । योसगैं मृतकको सख्यां ७ पुगेको छ जम्मा २३० जना ( ५ जना बेलायती नागरिक सहित) कोरोना संक्रमितहरु भेटिएको स्वास्थ्य मन्त्रालयजले जनाएको छ ।
सोममवार मृत्यु भएका ७७ बर्षिय पुरुष हुन । अब ६ जना पुरुष र एक जना महिला गरि ७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको यहाका विभिन्न सचांर माध्यमहरुले उल्लेख गरेका छन । उता उत्तरी साईप्रसमा आज थप पाचं जनालाई कोरोनाबाट संक्रमीत बिरामी भेटिएका छन यो सगै उत्ररी साईप्रसमा कोरोनाका बिरामीहरुको सख्यां ६९ जना रहेको साईप्रस मेलले उल्लेख गरेको छ ।
उत्तरी साईप्रसको कारपासिया क्षेत्रबाट एक जना ,२ जना लापिथोस र दुई जना किओनेली क्षेत्रका रहेका छन । गत हप्ता ७३ बर्षिय एक जर्मन नागरिक (पर्यटक)को मृत्यु भएको थियो । योसगै उत्तरी साईप्रसमा अहिले सम्मा एक जनाको मात्रै मृत्यु भएको छ ।
समिम मियाँ
३० मार्च/लिमासोल
साइप्रस सरकारले लक डाउन थप कडा बनाउन आज नयाँ कदमको घोषणा गरेको छ ।
अब अत्यावश्यक परेको खण्डमा प्रती दिन एक Sms मात्र पठाउन मिल्ने बताएको हो । अब कमजोर र वृद्ध (65 वर्ष माथी) का व्याक्ती ले मात्र डिक्लेरेसन पेपर लिन मिल्ने बनाइएको छ ।
यो नियम भोलि बिहान 6 बजे बाट लागू हुने छ भने दैनिक रातमा कर्फ्यु लाग्ने छ। । राती 9 बजे देखि बिहान 6 बजे सम्म कर्फ्यु लाग्ने छ । इम्प्लोयर बाट यो अवधिमा फर्म ए पाएका ले मात्र बाहिर निस्कन अनुमती दिइएको छ। यश अघिको घोषणामा अत्यावश्यक परिस्थितिमा जो सुकैले पनि sms वा डिक्लेरेसन फर्म भरेर निस्कन मिल्ने थियो ।
अब यो नियम नमानेको खण्डमा जरिवाना लाई दोब्बर पारिएको छ । पहिले 150 युरो को जरिवाना भोलीबाट 300 युरो हुनेछ । जरिवाना तिर्नु परेमा 15 दिन भित्र तिरी सक्नु पर्ने बताएकी छ अन्यथा प्रहरीले केश बनाएर अदालत मा उपस्थित गराउन सक्ने व्यवस्था गरिएको स्थानीय मिडियाले जनाएको छ ।
रास्ट्रपति निकोस अनास्ट्सियादास को अध्यक्षतामा बसेको कोभिड १९ सम्बन्धी मन्त्रीको समितीले सोमबार बिहान यो निर्णय गरेको स्वास्थ्य मन्त्रीले बताउदै कोरोना नियन्त्रणमा कडाइ गर्न यो घोषण गरिएको बताए ।
दिनेश गौतम ,
युरोप साईप्रस २९ मार्च २०२० । कोराना भाईरसको कारणले आज आईतवार थप एक जनाको मृत्य भएको छ भने ३५ जना मानिसहरुमा थप नया कोरोना भाईरस फेला परेको छ । यो सगै साईप्रस देशमा कोरोनाबाट मर्नेहरुको सख्या ६ जना र जम्मा कोरोना भाईरसका संक्रमीत बिरामीहरुको सख्यां २१४ भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
संक्रमित बिरामहिरुमा ५ जना बेलायती नागरिक रहेको डा. लुईजो मारियोस्ले बताएका छन । उहाका अनुसार ३१ जना बिरामीहरुलाई मानिसहरुको सम्पर्कबाट , २ जना युरोपियन देशबाट फर्केका हुन भने २ जनालाई अनुसान्धानका क्रममा भेटिएको बताए । आज मृत्यु भएका बृद्धाका ४७ बर्षिय छोराको गत हप्ता मृत्यु भएको डा. लाकीस् प्लाजिज्ले जानकारी दिएको साइृप्रसका विभिन्न संचार माध्यमहरुले समाचार छापेका छन ।
त्यस्तै आईतवार स्वास्थ्य मन्त्रि कोस्तान्तीनोस् आन्नोउले यो सख्यां अहिले सम्मकै उच्च रहेकोले कोही पनि बिना काम घर भन्दा बाहिर नजानका लागि अनुरोध गरेका छन । उहाका अनुसार केही बिरामीहरु साथीहरुको सगंत र भेटघाट गरेर कोरोना सरेको बताउदै साइृप्रसको नियमलाइृ पालना गरिदिन सबै जनताहरुलाई आग्रह गरेका छन ।





