
समिम मियाँ
६ मे २०२०/ लिमासोल
गए राती एक नेपाली विधार्थीको हत्या भएको छ । निकोसिया को इभ्रीचिउ गाउँमा एउटै घर मा बस्दै आएका नेपाली बिच झगडा हुँदा चक्कु प्रहार गरि हत्या भएको हो । घरको काम विसयमा बहस चर्किएपछी चक्कु प्रहार गरि हत्या गरेको बताइएको छ ।
अध्ययनका लागि साइप्रस आइपुगेका दुवै जना 21 वर्षका हुन् ।
मृतक चितवन जिल्ला रत्ननगर नगरपालिका वार्ड नम्बर १२ , जमुनापुर निवासी विवेक अमगाई रहेको बताइएको छ।
स्थानिय मिडियाका अनुसार चक्कु प्रहार गरि गम्भीर घाइते बनाए पछि आरोपीले स्थानिय प्रहरीमा सो घटनाको जानकारी दिदै आत्मसमर्पण गरेका थिए ।
पीडितलाई घटनास्थलमा बाट प्रहरीले उद्दार गरि अस्पताल पुर्याउदा डाक्टरले मृत घोषणा गरेको बताइएको छ ।
प्रहरीले आरोपीलाई नियन्त्रणमा लिइ सकेको छ भने अदालत मा आज नै पेश गर्नेछ ।
प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भै रहेको छ ।
यो समाचार थप अपडेट हुँदै छ । (हेर्दै गर्नु होला।।)
Dinesh Gautam
Europe ,Cyprus MAY 3 ,2020 .
The number of non-resident Nepalese (NRN) who died of Corona Virus has reached 73 as of Saturday evening. According to the Non-resident Nepalis Association (NRNA), 49 of them died in the United Kingdom.
Likewise, 15 died in the United States, five in the United Arab Emirates and one each in Ireland, Japan, Turkey and the Netherlands, according to Coordinator of the NRNA health committee Dr Sajiv Sapkota.
Likewise, 5,247 are been infected with the virus in different countries around the world. So far, 1,570 have recovered from the Virus.
Read Also: Covid 19 Pendamic: Economic impact and measures
The number of infected continues to rise in some middle-east countries, Dr Sapkota said. Some, 2,300 Nepali workers are reported to have been infected in the gulf alone.
According to data provided by the committee, Nepalis has been infected with Corona Virus in 27 countries.
The NRNA has been provided relief support to those affected by the COVID-19 pandemic in 45 countries, NRNA General Secretary Dr Hem Raj Sharma said.
More than 35,000 NRNs have benefitted from the support. The NRNA has been collecting details about the state of Corona Virus among the NRNs with the help of Nepali doctors working in those countries, Nepali diplomatic mission, NRNA chapters and local organisations.
दिनेश गौतम
युरोप साईप्रस ३ मई २०२०
विश्वब्यापी रुपमा केही आफुलाई लोकतान्त्रिक देश भन्नेहरुले प्रेस स्वतन्त्रतामा अकुंस लगाउने कार्य भैरहेकोले अब संसारका सबै पत्रकारहरु एकजुट भई अवाज बुलन्द गर्नु पर्ने नेपाल पत्रकार महासघंका अध्यक्ष गोविन्द अचार्यले बताउनु भएको छ ।
नेपाल पत्रकार महासघं युरोप शाखाले आज आईतवार २७ औ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर गरेको अनलाईन अन्र्तक्रिया कार्यक्रममा बोल्दै अचार्यले अहिले नेपाल सरकारले नितिगत रुपमै नेपाली पत्रकारहरु माथि अंकुस लगाई रहेकोले अब यसका लागि सबै पत्रकारहरु अझै लडनु पर्ने बताउनु भयो ।
अचार्यले नेपालको मिडिया काउन्सील विधेयक , सुचना तथा संचार लगाएतका विधेयकहरु सरकारले सांसंद मार्फत पास गर्ने लागेकोले यस्ता संकुच लगाउने कामको विरोधमा सबै पत्रकारहरु लाग्ने बेला आएको जानकारी दिनुभयो ।
उहाले नेपाल लगाएत विश्वभरमा पेशागत ,भौतिक अक्रमण , दुब्र्यवहार भैरहेको , नेपालमा आठ जना भन्दा बढि नेपाली पत्रकारहरुलाई सरकारी मुद्दा लगाई वाक स्वतन्त्रतामा अकुंस लगाउने कार्य गरेकोमा आफु अत्यन्त दुखी भएको बताउनु भयो ।
यसका साथै नेपालमा पेशागत सुरक्षामा खासगरि जागिरबाट निकालिएका १०० जना भन्दा बढि पत्रकारहरु समास्यामा परेकोले उहाहरुको अधिकारको रक्षाका लागि नेपाल पत्रकार महासघं सधै साथ दिने अचार्यको भनाई थियो ।
अचार्यले भन्नु भयो अहिले विश्व यो डिजिटलको युगमा प्रबेश गरे पनि नेपालका धेरै गाऊ ठाउहरु छन जहा अहिले पनि सही सुचना , रेडियो , टिभी, पत्र पत्रिकाहरु पुगेका छैनन् जनताहरु सहि सुचनाबाट बन्चित भएका छन , उहाहरुको समास्याहरु राज्यसगं अझै नपुगेकोले सबै पत्रकारहरु ति समाज प्रति उत्तरदायित्व भुमिका खेल्नु पर्ने भन्नु भयो ।
त्यसै गरि नेपाली पत्रकारहरुको हितका बारेमा के कसरी काम गर्न सकिन्छ भन्ने बारेमा प्रेस काउन्सील लागि परेको प्रेस काउन्सीलका अध्यक्ष किसोर श्रेष्ठले जानकारी दिनुभयो ।
सबै देशहरुमा रहेका पत्रकारहरु अहिले डाक्टरहरु जस्तै फ्रन्ट लाईनमा रहेर काम गरे पनि सम्बन्धित निकायहरु उनिहरुको स्वास्थ लगाएतमा ध्यान दिनुपर्ने नेपाल प्रेस काउन्सीलका अध्यक्ष श्रेष्ठले भनाई थियो ।
उहाले काउन्सीलले कोरोनाको अवधिमा केही नेपाली पत्रपत्रिकाहरु बन्द रहेकाहरुलाई नेपाल सरकारसगं मिलेर केही राहत कार्यहरु दिने काम अगाडि बढिरहेको श्रेष्ठले जानकारी दिनुभयो ।
उता प्रवासमा रहेका पत्रकार महासघं शाखाका अध्यक्षहरुले पत्रकारिताका दौरानमा केही नेपाली सघंसस्थाहरुबाटै आफुहरु असुरक्षित रहेको जानकारी दिदै नेपाल पत्रकार महासघंले यसका बारेमा सोच्नु पर्ने बेला आएको बताएका छन ।
आज आईतवारको छलफल कार्यक्रममा साईप्रस , कुबेत , बेलायत , कतार , द.कोरिया , अष्टिया, नेदरल्याण्ड ,स्पेन , पोतुगल , बेल्जीयम लगाएत देशका पत्रकारहरुको सहभागि भएका थिए भने नेपाल पत्रकार महासघं प्रदेश न. दुईका उपाध्यक्ष केसि लामिछने नेपालबाट प्रतिनिधित्व गनुभएको थियो ।
यता पत्रकार महासघं युरोप शाखाले केही महिना पहिला देखि नै युरोप लगाएतका देशहरुमा रहेका पत्रकार ,संघंसस्था,विभिन्न नियोकहरुसगं , नेपाली समुदायहरुसगं अनलाईन छलफल एवमं अन्र्तक्रिया कार्य गर्दै आईरहेको र अब अगामि दिनमा पनि यस कार्यलाई निरन्तरता दिने शाखाका अध्यक्ष केजन राईले जानकारी दिनु भयो ।
राईले युरोपमा रहेका पत्रकारहरुको हकहित, अवाज उठान गर्नका लागि आफु लगाएत युरोप शाखा जहिले पनि तयार रहेको बताउदै समास्यासगं जुध्नका लागि सबै पत्रकारहरुको अवाज एक हुनुपर्नेमा जोड दिनु भएको थियो ।
अनलाईनको छलफल कार्यक्रमको सहजिकरण भने युरोप शाखाका सचिव द्रोण रिजालले गर्नु भए्को थियो भने प्रविधिक रुपमा शाखा सदस्य रबि चन्द्र भट्टराईले सहयोग गरेका थिए ।
समिम मियाँ
३० अप्रिल/लिमासोल
साइप्रस सरकारले लक्डाउनमा लचकता देखाउदै बिभिन्न चरण बाट लकडाउन हटाउने घोषणा गरेको छ ।
बुधबार राती राष्ट्रपति नोकोस अनास्तासियादेशले राष्ट्रको नाममा सम्बोधन गर्दै विभिन्न क्षेत्रमा लगाइएको प्रतिवन्ध हटाउँदै जाने घोषणा गर्नुभएको हो ।
रास्ट्रपतिले २ चरण को घोषणा गरे पछि विहिबार स्वास्थ्य मन्त्रालय , अर्थ मन्त्रालय , श्रम, सामाजिक सुरक्षा मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा थप २ चरण को घोषणा गरिएको हो ।
सम्मेलनम पत्रकारहरुको प्रश्न को जवाफ दिदै कोरोना महामारी मा साइप्रस पहिलो परिक्षामा सफलतापूर्वक उत्तीर्ण भएको स्वास्थ्य मन्त्रीले बताउनु भयो ।
४ चरण का घोषणामा के के छन् त ??
पहिलो चरण मे महिनाको ४ तारिख बाट २० तारिख सम्म लागू हुनेछ ।
जसमा विभिन्न प्रतिवन्धमा फुकुवा र लचकता दिएको छ । जस अनुसार निर्माणकार्य र यस सम्बन्धी व्यापार माथी को बन्देज पुर्णरुपमा हटाइएको छ भने ठुला सपिङ मल र डिपार्टमेन्टल स्टोर बाहेक सबै किसिमका खुद्रा व्यापार सन्चालन हुनेछन्।
यी पसलले स्वास्थ्य मन्त्रालयले दिएको निर्देशन अनुसारको स्वास्थ्य तथा सुरक्षालाई ध्यान दिएर मात्र कारोबार गर्न पाउने बताइएकोछ ।
त्यस्तै टुरिष्ट तथा ट्राभल एजेन्सी खुल्ला हुनेछन् भने खुल्ला हाट बजार , सडक विक्रेताले पनि स्वास्थ्य मन्त्रालयको निर्देशन पालना गर्दै कारोबार सुचारु गर्न सक्नेछन् ।
पहिलो चरण अन्तर्गत नागरिकको स्वतन्त्रतालाई ध्यान मा राख्दै घर बाहिर निस्किन ३ पटक सम्म एसएमएम मार्फत अनुमती लिन मिल्नेछ भने रातमा कर्फ्यु को समय १ घन्टा घटाइएको छ । अब राती १० बजे देखि बिहान ६ बजे सम्म कर्फ्यु लागू रहने छ ।
शारीरिक व्यायामका लागि खुल्ला स्थानमा हिडडुल गर्न, साइकल चलाउन र समुन्द्रमा नुहाउन पनि अनुमति दिइएको छ ।
तर पार्क तथा खेल मैदान बन्द नै रहनेछन् ।
बन्द गरिएका धार्मिक स्थलहरु जस्तै: चर्च, मस्जिद हरु मा १० जना भन्दा बढी जम्मा हुन नपाइने गरि खुल्नेछन् ।
मे ११ तारिखबाट माध्यमिक तहका अन्तिम वर्षका विधार्थी का लागि विधालय खुल्ने छन् भने अन्य शैक्षिक संस्थाहरुको पठनपाठन अनलाइन् मार्फत नै जारी रहने छ ।
विधालय हरु पुर्ण रुपमा शिक्षा मन्त्रालयको निर्णय अनुसार खुल्नेछन् ।
त्यस्तै अप्रील २३ तारिख बाट बन्द भएका डेन्टल क्लिनिक पनि संचालनमा आउनेछन् भने मे १८ बाट जिमखाना आंशिक रुपमा चालू हुनेछन् ।
सरकारको निर्देशन अनुसारको स्वास्थ्य तथा सुरक्षा लाई पालना गर्दै सबै औध्योगिक कलकारखाना पुर्णरुपमा सन्चालन हुने घोषणा गरिएको छ ।
दोस्रो चरण मे 21 देखि जुन 8 सम्म हुनेछ ।
जसमा घर बाहिर निस्कन अनुमति लिनु पर्ने बाध्यताको अन्त्य हुनेछ ।
मे २१ देखि नै हेयर ड्रेसर, शैलुन तथा ब्युटी पार्लर र क्याटरिङ सर्भिस सन्चालन हुनेछन् भने जुन महिनाको १ तारिख बाट सबै लाइब्रेरी , म्युजियम, पुरातात्त्विक तथा ऐतिहासिक स्थलहरु खुल्ला हुने बताइएको छ ।
जुन १ देखि नै सबै पार्क, खेल मैदान ,मरिना खुल्ला हुनेछन् तर १० जना बढी एकै स्थान्मा भेला हुन नसकिने बताइएको छ । साथै रातमा लाग्दै आएको कर्फ्यु पनि हटाइने जानकारी दिएइको छ ।
तेस्रो चरण जून महिनाको ९ तारिख देखि जुन १३ सम्म हुनेछ । जस पश्चात् शपिंग मल र पसलहरू फेरि खुल्नेछन् । साथै एयरपोर्ट तथा समुन्द्री पोर्टहरू सुचारु हुने बताइएको छ । एयर्पोर्ट सन्चालन मा हुने भिडभाडलाई रोक्न विभिन्न सर्त र नियम लागू हुनेछन् ।
साथै खाधान्न सेवाहरू, होटलहरू, समुद्री तट, थिएटर, सिनेमाघर तथा सबै प्रकारको खेलकुद प्रतियोगिता सन्चालन हुने बताइएको छ ।
यो पनि पढ्नुहोस् : के तपाइको पिङ्क कार्ड आएको छैन ?
चौथो चरण जुन १४ पछि लक डाउन पुर्ण रुपमा खोलिने घोषणा गरिएको छ ।
मास्क प्रयोग कहाँ गर्ने ? कसलाई अनिवार्य ?
मास्क प्रयोग बारे स्वास्थ्य मन्त्रालयले स्पस्ट पारेको छ । आम सर्वसाधारणले मास्क प्रयोगलाई अनिवार्य गरेको छैन तर प्रयोग गर्न भने सुझाव दिएको छ ।
सर्वसाधारणको सेवामा प्रत्यक्ष सहभागी हुने व्यापार व्यवसायका कर्मचारीले भने अनिवार्य मास्क प्रयोग गर्नु पर्ने मन्त्रालयले जनाएको छ ।
दिनेश गौतम
२९ अप्रिल २०२०
युरोप , साईप्रस साईप्रस तथा ईजरायलमा कार्यरत , बसोबास गरिरहेका नेपालीहरुलाई आफना समास्या सहितका विवरण पेरि पेश गर्न नेपाली राजदुतावास ईजरायलले आग्रह गरेको छ ।
कोरोना भाईरस (केभिड १९ ) को संक्रमण फैलिरहेको बेला यसको जोखिममा नेपाली श्रमिक , विद्यार्थीहरुलाई पनि परिरहेको भन्दै सबैको अवस्था थाहा पाउनका लागि केही दिन पहिला पनि अनलाईन मार्फत विवरण संकलन गर्न अनुरोध गरे पनि साईप्रसबाट लगभग दुई हजार आठ सय मात्रको संख्यामा विवरण बुझाएकाले फेरि छुटेकाहरुले विवरण बुझाउन दुतावासले आग्रह गरेको जनाएको छ ।
नेपाली राजदुतावासका प्रवक्ता अर्जुन घिमिरेले आज साईप्रस नेपाल डटकमसगं कुराकानी गर्दै साईप्रसमा रहेका नेपाली विद्यार्थीहरु , श्रमिकहरु यस अघि टिपाएका , सिधै म्यसेज गरेकाहरुको समास्याहरु पनि ब्यवस्थीत रुपमा अभिलेख राख्ने र समास्या समाधानका लागि पहल भैरहेको जानकारी दिनु भयो । hhtps://il.nepalembassy.gov.np/emergency-registration-form/ लिकंमा गएर आबेदन भर्न सकिने छ ।
यो लिकं खोलेर आफना विवरणहरु भरिसके पछि आवेदनको अन्तिममा रहेको सबमिट बटनमा थिच्नुपर्नेछ । जति सक्दो चाडो आफनो विवरण भर्न पनि दुतावासले सबै साईप्रसमा रहनु भएको नेपालीहरुलाई आग्रह गरेको छ ।
विवरणमा उपलब्ध गराएका सुचनाहरु गोप्य राखिने पनि दुतावासका प्रवक्ता घिमिरेले बताएका छन । उहाले फारम भर्न कुने समास्या भए सिधै +972543306070 whatsApp or Viber मार्फत सम्पर्क गर्न अनुरोध गरेका छन
२८ अप्रिल २०२० मंगलवार
युरोप साईप्रस
विदेशमा रहेका सबै नेपालीहरुको सुख दुखमा साथ दिने गैर आवासीय नेपाली सघं अन्र्तराष्टिय समान्वय परिषद साईप्रसमा रहेका नेपालीहरुको हरेक पलमा साथ दिने आई.सि.सि. साईप्रस प्रतिनिधि एवमं उद्यामी रन्जित महतोले बताउनु भएको छ ।
उहाले गैरआवासीय नेपाली संघको कोरोना भाईरस ( कोभिड ः १९ ) सम्वन्धी उच्चस्तरीय समितिले राहत, स्वदेश फिर्ता र पुनर्स्थापना को कार्यक्रम अघि सारेको बताएका छन । उहाले विश्वका ४१ देशका १५० भन्दा बढी क्षेत्र , शहरमा ९०० भन्दा बढी स्वयमसेवकहरु राहतमा खटिएका जानकारी दिनुभएको छ ।
महतोका अनुसार २४ हजार भन्दा बढी गैरआवासीय नेपालीहरुले प्रत्यक्षरुपमा राहतको सामाग्री प्राप्त गर्नुका साथै एनसिसि र आईसिसिले स्थापना गरेको २४औं घण्टे हटलाईनबाट ७ हजार भन्दा बढी नेपालीहरुले परामर्श लिएको बताउनु भयो ।
आज महतोले साईप्रस नेपाल डटकम सगं कुरा गर्दै भन्नु भयो :- अन्तर्राष्ट्रिय समन्वय परिषदले रु ५ करोडको राहत कोष लक्ष्य सहित फण्ड रेजिङ क्याम्पेन अगाडी बढाएको छ भने अब स्थानियरुपमा सहयोग जुटाउन अफ्ठेरो परेका देशहरुमा आईसिसिले राहत रकम वितरण गर्न शुरु गरिएको जानकारी दिए ।
केही दिन पहिला मात्रै मध्यपूर्वका कुबेत, युएई, सउदी अरबलाई पाच पाच हजार युएस डलर र युरोपको साईप्रसलाई ३ हजार युएस डलर रकम निकाशा भएकोले यसबाट साईप्रसमा रहेका विद्यार्थी एवमं अन्य प्रभावितहरुमा केही राहत हुने महतोको बुझाई छ ।
महतो आफै एन.आर.एन.ए आर्थिक उच्च स्तरीय समितिमा रहेकोले आज आई.सि.सि.मा पाच सय डलर र साईप्रसमा थप पाच सय डलर ब्यक्तिगत रुपमा सहयोग दिने जानकारी दिनु भएको छ ।
आफुहरुले नियन्त्रित र सुरक्षित स्वदेश फिर्ताको रणनितिक योजना बनाई सरकारलाई बुझाएका छौं, र पुनर्स्थापन तथा स्वदेश फिर्ता भएका नेपालीहरुलाई कसरी पुनर्स्थापन गर्न सकिन्छ, उनीहरुले बाहिर सिकेको ज्ञान र सिपलाई कसरी देश विकासमा सदुपयोग गर्न सकिन्छ भन्ने बारे योजना बनाई रहेको जानकारी दिए ।
गैर अवासिया नेपाली सघंले थप कार्यक्रमको लागि नेपाल सरकार, सरोकारवाला निकायहरु, विदेश स्थित नेपाली कुटनितिक नियोगहरु र अन्तर्राष्ट्रिय सँघ सँस्थाहरुसँग निरन्तर सम्पर्क र सहकार्यमा काम गर्न प्रतिबद्ध रहेको महतोले बताए ।
उहाले एनआरएन.एले साईप्रस देशलाई धेरै नाजिकबाट नियाली रहेको बताउदै यहा रहेका समाजिक सघंसस्थाहरुको कामले सबै नेपालीहरुमा एकताको बल जगाएकोले यस कार्यलाई अब गैर आवासीय नेपाली सघं साईप्रसले निरन्तर जारी राख्न सुझाव दिए ।
दिनेश गौतम
युरोप ,साईप्रस
विश्वभरमा कोरोना भाईरसले विश्वभरमा हरेक क्षेत्रमा असर गरिहेको बेलामा युरोपको साईप्रस देशमा पनि उत्तिकै असर पारेको देखिएको छ ।
यहाको ब्यवासायहरुमा झनै असर परेको देखिएको छ । साईप्रसमा काम गरिरहेका खास गरि केही घरेलु कामदार( रिलिज लिएर बाहिर बसेका) एवमं विद्यार्थीहरु काम विहिन भएका छन ।
यत्ति मात्रै होईन साईप्रस देशमा सिमित नेपालीहरुले ब्यवसाय समेत गरेर बसेका थिए तर यो कोरोना भाईरसले गर्दा पुरा ब्यापार ठप्प छ , अफिसको भाडा, बत्ति , पानी ईनटरनेटको पैसा पनि तिर्नु परेकोले झन समास्यामा परेको ट्भल एण्ड टुर ब्यवासायी निरज खनालले बताए ।
खनालका अनुसार बिक्री भई सकेको टिकटवालाहरुको मिति परिवर्तन गरेर फेरि अर्को डाटामा राख्दा ग्राहकहरुलाई टेलीफोन , ईमेल आदी मार्फत सम्पर्क गर्न खोज्दा खर्च झन बढेको बताए ।
उहा अनुसार साईप्रस आउने वा साईप्रसबाट नेपाल जानेहरुको हकमा कुनै एक देशको लकडाउन खुल्दैमा आवत जावत गर्न नपाईने भएकोले आफुबाट टिकट काटेकाहरुले केही दिन पर्खिनुपर्ने बताउनु भयो ।
साईप्रसमा लामो बसाई गरि ब्यावसाय गरिरहेका खनालले भने कतार एयर लाईन्सले नेपालीहरुको हकमा साईप्रस देश , नेपाल र कतार वा ट्न्जीट पर्ने देश खुलेमा मात्रै आफुहरुले उडान भर्न सक्ने ईमेल मार्फत जानकारी गराएको बताए ।
यसका साथै कतार एयरलाईन्सले जुन महिनाको ७ तारिखबाट देशको अवस्थालाई हेरि आफना्े समय तालिका बनाउने खनालको भनाई थियो ।
खनालले कोरोना भाईरसले गर्दा साईप्रसबाट धेरै नै नेपाली नेपाल जाने वा केही नेपालीहरु फर्कने सम्भावना रहे पनि एयरलाईन्सहरुको ब्यावसाय पुरानो अवस्थामा आउनाका लागि सन २०२१ कुर्नुपर्ने बताए ।
उता लिमासोल सहरमा गोर्खा किचन रेष्टुरेन्ट संचालन गर्दै आउनु भएकी ज्ञानु लामाले कोरोनाका कारण आफनो ब्यापार पुर्ण रुपमा ठप्प रहेको बताईन ।
लामाका अनुसार साईप्रस सरकारले होटल , रेष्टुरेन्टहरु खोल्ने कुरा गरेको छ त्यो धेरै राम्रो हो तर आफुहरु पहिलाको जस्तो ब्यापार गर्न धेरै नै मिहनेत गर्नु पर्ने हुन्छ किनकी अब यो बर्ष पर्यटकहरु पनि कमै आउने सम्भावना रहेको जानकारी दिईन ।
यता साईप्रसमा केही विद्यार्थीहरु समेत पार्टटाईम काम गरिरहे पनि उनिहरु पुर्ण रुपमा बेरोजगार भएकोले अब अगामी दिनमा कसरी कलेज शुल्क आदी तिर्ने भन्ने बारेमा अत्यन्त चिन्तीत भएको विद्यार्थी एवमं एन.आर.एन.ए. साईप्रसका कार्यसमिति सदस्य नितेश सरदारले बताए ।
साईप्रस , निकोसिया
विश्वब्यापी कोरोना भाईरसबाट बढि प्रभावित नेपालीहरुको बसोबास रहेका देशका गैरआवासीय नेपाली सघंका पदाधिकारीहरुसगं आज सोमवार परराष्ट मन्त्रि प्रदिप ज्ञवालीले अनलाईन भिडियो छलफल गर्नु भएको छ ।
मन्त्रि ज्ञवालीले मन्त्रालयबाट विदेशमा रहेका साईप्रस सहित १६ देशका प्रतिनिधिहरुसगं कोरोना भाईरसको कारणले उत्पन्न भएको समस्याका बारेमा जानकारी लिनु भएको हो ।
छलफलमा गैरआवासीय नेपाली सघं साईप्रसकी अध्यक्ष दिल कुमारी तिलीजा पुनले साईप्रसमा रहेका विद्यार्थीहरुको समास्या( खाना , बस्न , कलेज शुल्क) , नेपाली श्रमिकहरुको सवालहरु बारेमा मन्त्रि ज्ञवाली समक्ष राखेकी थिईन ।
अध्यक्ष पुनले साईप्रसमा रहेका विद्यार्थीहरु अहिले ठुलो समास्याबाट गुज्रीरहेकोले यस तर्फ नेपाल सरकार लगाएत सरोकारवालाहरु गम्भिर बन्न आग्रह गर्नुभएको थियो ।
जवाफमा मन्त्रि ज्ञवालीले आफु समास्या समाधान गर्न सकारात्मक रहेको प्रतिक्रिया दिनुभएको अध्यक्ष पुनले जानकारी दिईन ।
सो छलफलमा साईप्रस सहित बेल्जियम , नेदरल्याण्ड , केन्या , कतार , क्यानाडा , अमेरिका लगाएतका एन.आर.एनंए. अध्यक्षहरुको सहभागिता रहेको थियो ।
दिनेश गौतम
युरोप साईप्रस , लोकतन्त्र , शान्ति ,बिकास र समाजिक कार्य गर्ने उद्देश्यका साथ समाजसेबी रिता दुलालको संयोज्कत्वमा साईप्रसमा जिपि कोईराला फाउण्डेशन स्थापना भएको छ ।
फाउण्डेशनकी केन्द्रिय अध्यक्ष एवम. पुर्ब उप प्रधानमन्त्रि सुजाता कोईरालाले गत फेरबुरी महिनामा साईप्रसका लागि रिता दुलाललाई संयोजकमा नियुक्त गर्नु भएको थियो ।
यस्तै फाउण्डेशनको सचिवमा निर्मााला सापकोटा , सह सचिवमा लक्ष्मी पौडेल , कोषाध्यक्षमा रीता थापाहरुलाई चयन हुनु भएको छ भने सदस्यहरुमा नन्दन गौतम ,गिता रसाईली , निमचन्द्र शेर्पा , रोशन थापा , रुबिन महर्जन , मनिष कुमार अधिकारी रहनु भएको छ ।

यस्तै फाउण्डेशनले तिन जना विदेशी सल्लाहकार समेत गठन गरेको संयोजक दुलालले जानकारी दिनुभएको छ ।
दुलालका अनुसार सल्लाहकारहरुमा पाओलो निकोल (ईटाली ) मुलेन्को भिक्टोरिया ( युक्रेन ) अन्दी अन्थोनी ( साईप्रपस) रहनु भएको बताएकी छिन ।
नेपालको शान्ति प्रक्रियामा महात्वपुर्ण भुमिका खेलेका , लोकतान्त्रीक अन्दोलनका नायक गिरिजा प्रसाद कोईरालाको नाममा उहाकी छोरी सुजाता कोईरालाले जिपी फाउण्डेशन स्थापना गरेर विश्वमा रहेका नेपालीहरुको हकहितका लागि अवाज उठाउने शान्ति ,लोकतन्त्र , बिकास र समाजिक कार्यमा साथ दिने हेतुले स्थापना गरिएको छ ।
युरोप साईप्रस २५ अप्रिल २०२०
साईप्रसमा रहेका नेपालीहरुका लागि खुलाईएको अपतकालिन दर्ता विवरणमा अहिले सम्म दुई हजार ७ सय ४२ जनाले आफनो नाम दर्ता गराएको नेपाली राजदुतावास ईजरायलले जनाएको छ ।
दुतावासका प्रवक्ता एवमं उप नियोक प्रमुख अर्जुन घिमिरेका अनुसार साईप्रसमा नेपालीहरुको संख्या १२ हजार भन्दा बढि भएको खबर पाएपछि दर्ताका लागि अह्वान गरे पश्चाप्त यत्ति थोरै संख्यामा यहा रहेका नेपालीहरुले आफनो विवरण दर्ता गराउनु भनेको अत्यन्त न्युन भएको बताएका छन ।
घिमिरेका अनुसार साईप्रसमा नेपालीहरु यस विश्व ब्यापी महामारी कोरोना भाईरसबाट सबै भन्दा बढि प्रभावित नेपाली विद्यार्थीका साथै घरेलु कामदारहरु समेत रहेकोले यस विषयमा राजदुतावास अत्यन्त गम्भिर पुर्बक काम गरिरहेका जानकारी दिनुभयो ।
उहाले साईप्रसमा खास गरि पछिल्लो समय नेपाल जान चाहनेहरुको माग बढेकोले दुतावासले नेपाल फर्कन चाहनेहरुको लागि नाम दर्ता फारम खुलाएमा अहिले सम्म ३३७ जनाले मात्रै आफनो विवरण उपलब्ध गराएको जानकारी दिए ।
यो दुतावासले अह्वान गरेको आपतकालिन दर्ता प्रक्रियामा साईप्रसमा रहेका सबै नेपालीहरुले भरेमा मात्र नेपालीहरुको जम्मा संख्या थाहा हुने भएकाले फेरि पनि आपतकालिनका लागि खुलाईएका अनलाईन फारम भर्न सबैलाई आग्रह गरेको छ ।
प्रवक्ता घिमिरेका अनुसार साईप्रसमा अहिले यहा रहेका विभिन्न समाजिक सघंसस्थाहरु मिलेर नेपाली समुदायका विद्यार्थी एवमं अत्यन्त कमजोर आर्थिक स्थिति रहेकाहरुलाई राहत वितरण गरिहेको कार्य अत्यन्त सरहनिय रहेको बताउदै राजदुतावासले साईप्रस सरकारलाई त्यहा रहेका विद्यार्थीहरुको समास्या ,कामदार , लगाएत सम्पुर्ण नेपालीहरुको अवस्थाका बारेमा बारम्बार चिठि लेखेर अवगत गराईरहेको बताए ।
यसका साथै साईप्रस सरकारले लकडाउन बढाएको खबर पाएसगै अब दुतावासले साईप्रस सरकारलाई पत्र लेखि त्यहा रहेका विभिन्न अन्र्तराष्टिय सघंसस्था एवमं नेपाली समाजिक सघंसस्थाहरु मार्फत नेपाली समुदायलाई राहत दिलाउनका लागि पहल गरिने बताए । साईप्रसमा अहिलेको समास्या भनेको विद्यार्थीहरुको घर भाडा छुट , कलेज , विश्वविद्यालयको शुल्क र काम नपाउने रहेको छ ।
यहा रहेका संघंसस्थाहरुले अबको कार्य योजना राहत वितरण भन्दा पनि समास्यामा परेकाहरुलाई कसरी उद्दार गरेर नेपाल फर्काउने बाताबरण मिलाउने कुरामा ध्यान दिन जरुरी रहेका तर्क छ पत्रकार समिम मियाको ।
मियाका अनुसार नया आएका विद्यार्थीहरु या भिषा नलगेको र कलेज शुल्क बुझाई सकेकाहरुको पैसा फिर्ता गर्ने सम्बन्धमा नेपाली राजदुतावासले पहल गर्नु पर्ने बताए ।
नेपाल फर्कन चाहनेहरुको हकमा भने जसको ईमिग्रेशन भएको छैन उनिहरुले कलेज वा विश्वविद्यालयमा तिरेको पैसा फिर्ता गराउन अब दुतावास लाग्नु पर्ने मियाको तर्क छ ।





