उपत्यकामा काेराेना सङ्क्रमितकाे सङ्ख्या २५ हजार नाघ्याे, काठमाण्डाैमा मात्रै २० हजारभन्दा धेरै

कोरोना
Facebook
Twitter
LinkedIn
काठमाण्डाै – पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा नौ सय ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाण्डौमा आठ सय १७ जना, ललितपुरमा ६८ जना र भक्तपुरमा ५८ जनालाई कोरोनाको सङ्क्रमण देखिएको हो । योसँगै काठमाण्डौ उपत्यकामा कोराना सङ्क्रमितको सङ्ख्या २५ हजार एक सय तीन पुगेको छ ।

काठमाण्डौमा २० हजार तीन सय ९३ जना, ललितपुरमा दुई हजार पाँच सय २५ र भक्तपुरमा तीन हजार एक सय ८५ सङ्क्रमित पुगेका छन् ।गएको २४ घण्टामा देशभर एक हजार नौ सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

देशैभर सक्रिय सङ्क्रमितकाे सङ्ख्या २१ हजार आठ सय ३० नाघेकाे छ ।

साइप्रस का समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

छुटाउनु भयो कि ?

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.