साइप्रसमा चासोक तङनाम भव्य रुपमा संम्पन्न

Facebook
Twitter
LinkedIn

साइप्रसमा याक्थुङ समुदायको मुख्य चाड चासोक तङ्नाम २०२४ भव्य रुपमा मनाइएको छ।  डिसेम्बर १५ का दिन लिमासोल स्थित ब्रिटानिया म्युजिक हलमा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रहरीका डिएसपी रबिन्द्र मान गुरूङ ले शुभकामना व्यक्त गर्दै परदेशमा पनि नेपाली संस्कृती देख्न पाउँदा खुसि व्यक्त गरे।

किरात याक्थुङ चुम्लुङ साइप्रसको आयोजनामा भएको  चासोक तङ्नाम येले तङ्बे ५०८४ शुभकामना आदनप्रदान तथा साँस्कृतिक कार्यक्रममा संस्थाका अध्यक्ष चुमन्ता तुम्बापो लिम्बूको सभापतित्व रहेको थियो।  संस्थाका प्रथम उपाध्यक्ष सन्तोष कन्दङ्वाले स्वागत मन्त्तव्य राख्दै  चासोक तङ्नामको महत्व बारे जानकारी गराए।

कार्यक्रमका विशेष अतिथि नेपाल  प्रहरी इनिस्पेक्टर हेम बस्नेत, एन आरएनए साइप्रसका महासचिव धतानन्द पाण्डेय, समाजसेवी बिना थापा, इपिस्कोपी नेपाली परिवारका प्रतिनिधि अमृत मेलुंग मोक्तान लगायत साइप्रसमा स्थापित विभिन्न नेपाली संघ-संस्थाका प्रतिनिधि, समाजसेवी, मिडियाकर्मी को आतिथ्यथा थियो।

दिप प्रज्वलन गरि सुरु गरिएको कार्यक्रममा याक्थुङ समुदायको मौलिक झाँकी सहित  विभिन्न जातिय संस्थाहरूले आफ्नो मौलिक  झाकी नृत्यहरू प्रस्तुत समेत गरिएको थियो। साइप्रसक विभिन्न सहरबाट उपस्थित दर्शकले यी मौलिक प्रस्तुतिलाई निकै मनोरंजनानात्मक भएको प्रतिक्रिया दिए।

याक्थुङ समुदायको मौलिक झाँकी या लाङ् (धान नाच) के लाङ् (च्याब्रुङ नाच) मा दर्शक र अतिथिले भाग लिएर कार्यक्रमको शोभा बढाए।

कार्यक्रमका लागि  युके  बाट आएका अतिथि कलाकार नरेश तुम्बाहाङ्फे (फुर्के लाउरे ) को गायन प्रस्तुतीमा दर्शकले भरपुर मनोरंजन लिए।  फुर्के लाउरेको प्रस्तुतिले दर्शकलाई  एक घण्टा लगातार नाच्न, उफार्न सफल रह्यो। त्यस्तै, स्थानीय कलाकार सनि राई, समिर क्षेत्रीले पनि आफ्नो सांगीतिक  प्रस्तुति पस्किए जसलाई दर्शकले खुब मन पराए।

किरात राइ यायोक्खा साइप्रसको कलाकारले साकेला प्रस्तुत गरेर माहोल आनन्दित बनाए भने तमु समाज साइप्रसको तमु नृत्य प्रस्तुत गरि माहोल  तताए।  शेर्पा किदुग साइप्रस का कलाकारको शेर्पा नृत्य देखेर दर्शक दंग परे। त्यस्तै, सुदूरपश्चिम नेपाली समाज साइप्रसले मौलिक देउडा नृत्य  देखाए।

कार्यक्रममा मौलिक झाकि नृत्य किरात राइ यायोक्खा साइप्रसको साकेला ,तमु समाज साइप्रसको तमु नृत्य,शेर्पा किदुग साइप्रसको शेर्पा नृत्य, सुदूरपश्चिम नेपाली समाज साइप्रसको देउडा नृत्यको प्रस्तुति रहेको थियो।

देउडा गीत पश्चिम नेपालका मेला, चाडपर्व, जात्रामा गाइने एक प्रकारको नृत्यप्रधान गीत हो । यस गीतमा गरिएको नृत्यलाई डेउडा खेल वा  न्याउले खेल भनिन्छ ।

समूहमा प्रस्तुत गरिने भएकोले यो देउडा नृत्यमा दर्शक र अतिथिले समेत सहभागिता जनाए।  विभिन्न जातीय भेषभुषामा सजिएका दर्शकले देउडा गित मा सहभागि भएर मनोरन्जन लिएको  देख्दा  माहोल निकै रमाइलो देखिएको थियो।

“भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण गरौ, लोपोन्मुख पहिचान र इतिहासको अस्तित्व जोगाऔ” भन्ने उद्देशका साथ सन् २०१८ मा स्थापित किरात याक्थुङ चुम्लुङ साइप्रसले हरेक वर्ष चासोक तङ्नामलाई विभिन्न कार्यक्रम गरि मनाउदै आएको छ।

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.