अनलाइन ठगीबाट जोगाउने ईसेवा र खल्तीको विशेष फिचर, यसरी गर्नुहोस् प्रयोग

Facebook
Twitter
LinkedIn

काठमाडौं । धेरै जसो नेपाली उपभोक्ता अनलाइन ठगीमा पर्नुको एउटा मुख्य कारण हो अग्रिम भुक्तानी । अग्रिम भुक्तानी गर्ने कि नगर्ने वा लिने कि नलिने भन्ने विषयले नै विक्रेता र खरिदकर्ता समस्यामा परिरहेका हुन्छन् । 

उपभोक्ताले अर्डर गरेको सामान पठाइसकेपछि रकम नपाए वा खरिदकर्ता नै गायब भएर विक्रेता समस्यामा परिरहेका हुन्छन् । त्यसका लागि अग्रिम भुक्तानी उनीहरूको प्राथमिकतामा पर्छ । 

यसरी अग्रिम भुक्तानी गर्दा अर्कोतर्फ उपभोक्ता सामान आउला कि नआउला भन्ने दुविधामा पर्छन् । अग्रिम भुक्तानी गर्दा धेरै उपभोक्ता ठगीमा समेत परिरहेका हुन्छन् ।

कतिले त अग्रिम भुक्तानीलाई ठगी धन्दा नै बनाएका छन् । यसका लागि उनीहरू सामाजिक सञ्जालमा सस्तोमा सामान विक्रीमा राख्छन् । त्यो देखेर खरिद गर्न आएका उपभोक्तासँग विभिन्न अग्रिम भुक्तानी माग्छन् । खासगरी ‘सामान अन्तिम पिस हो’, ‘अग्रिम भुक्तानी नदिए सामान पठाउन गाह्रो हुन्छ’, भन्दै उपभोक्तालाई बहकाउँछन् र रकम मागेपछि सबै माध्यमबाट ब्लक गरेर सम्पर्क विहीन हुन्छन् । 

ठगहरूको यस्तो रणनीति बुझेका उपभोक्ता अनलाइनमा अग्रिम भुक्तानी गर्न हिचकिचाउँछन् । जसले गर्दा इमानदारी तरिकाले व्यवसाय गर्न खोज्ने व्यवसायी पनि मर्कामा पर्छन् । 

त्यस्तै केही उपभोक्ता अनलाइनबाट सामान खरिद गर्छन् । सामान डेलिभरी हुने समयमा सम्पर्क विहीन भइदिन्छन् । यस्तोमा विक्रेतालाई अनावश्यक रूपमा सामानको डेलिभरी चार्ज तिर्नुपर्ने हुन्छ । यही समस्यालाई मध्यनजर गर्दै डिजिटल वालेटहरूले विशेष खाले फिचर ल्याएका छन्, त्यो हो-इस्क्रो । नेपालका प्रमुख डिजिटल वालेट ईसेवा र खल्तीमा यस्तो फिचर उपलब्ध छ । 

के हो इस्क्रो फिचर अनि यसले कसरी काम गर्छ ?

इस्क्रो भनेको दुई पक्षबिच हुने आर्थिक कारोबारलाई तेस्रो पक्षले सुरक्षित र भरपर्दो बनाइदिने फिचर हो । यो तेस्रो पक्ष (इस्क्रो सेवा प्रदायक-डिजिटल वालेट) का माध्यमबाट सञ्चालित हुन्छ । अर्थात् खरिदकर्ता र विक्रेताबिच मध्यस्थकर्ताका रूपमा वालेट कम्पनी रहेका हुन्छन् । 

लेनदेन सम्पन्न नभएसम्म रकम सुरक्षित रूपमा वालेटले आफूसँग होल्ड गरेर राख्छ । जब लेनदेन सम्पन्न हुन्छ, त्यसपछि वालेटले सम्बन्धित पक्षलाई सो रकम उपलब्ध गराउँछ ।

यसले दुवै पक्षलाई विश्वास र सुरक्षा प्रदान गर्छ । यो सेवा प्रयोग गर्दा विक्रेता र खरिदकर्ता सम्भावित स्क्याम वा फ्रड अर्थात् ठगीबाट जोगिन सक्छन् । 

यसले काम गर्ने प्रक्रिया सरल छ । सबैभन्दा पहिला लेनदेनमा संलग्न दुवै पक्षले इस्क्रोको सेवा प्रयोग गर्ने सहमति गर्छन् । त्यसपछि विक्रेताले वस्तु वा सेवा उपलब्ध गराउँछ भने यता खरिदकर्ताले वालेटमा इस्क्रो अप्सन छानेर विक्रेतालाई पैसा पठाउँछ । तर, सो रकम वालेट कम्पनीको खातामा जम्मा हुन्छ । अर्थात् खरिदकर्ताले विक्रेताको खातामा पठाएको पैसा विक्रेताले तत्काल झिक्न पाउँदैन ।

विक्रेताले लेनदेनको सर्तअनुसार सेवा वा वस्तु खरिदकर्तासम्म पुर्‍याएपछि खरिदकर्ताले वस्तु वा सेवा पाएको पुष्टि गर्छ । जब खरिदकर्ताले सेवा वा वस्तु सही भएको सहमति जनाउँछ, त्यसपछि वालेट कम्पनीले सुरक्षित रूपमा पैसा विक्रेतालाई हस्तान्तरण गर्छ । 

यसरी दुवै पक्षको हित सुरक्षित हुन्छ । तर, खरिदकर्ताले सामान वा सेवा पायो, तर रकम स्वीकृत गरेन भने के हुन्छ ? अनि विक्रेताले सामान वा सेवा पठाएन भने के हुन्छ ?

सजिलै कारोबार सम्पन्न भए डिजिटल वालेटले रकम सहजै विक्रेताको खातामा उपलब्ध गराउँछ । तर, केही विवाद भएमा यहाँ वालेटले मुख्य भूमिका खेल्छ । विक्रेताले सामान वा सेवा उपलब्ध नगराएको अथवा खरिदकर्ताले सामान पाइसकेपछि पनि रकम स्वीकृत नगरेको खण्डमा के हुन्छ त ?

ग्राहकले इस्क्रो वालेटलाई रकम रिलिज गर्न स्वीकृति दिएन भने लेनदेनको सर्त र इस्क्रो सेवा प्रदायक अर्थात् वालेटको नीतिमा रहेर समाधान खोजिन्छ । यस्तो अवस्थामा सबैभन्दा पहिला इस्क्रो सेवा प्रदायकले खरिदकर्तालाई सम्झाउने र रिमाइन्डर पठाउने प्रयास गर्छ । 

कहिलेकाहीँ खरिदकर्ताले स्वीकृति दिन बिर्सिएको वा वस्तु/सेवा पूर्ण रूपमा जाँच गर्न समय लागेको हुन सक्छ । तर, खरिदकर्ताले बिना उचित कारण रकम रोक्ने प्रयास गरेमा विवाद समाधान प्रक्रिया लागु हुन्छ ।

इस्क्रो सेवा प्रदायकले दुवै पक्षसँग प्रमाण माग गरेर विवाद समाधानको प्रक्रिया अगाडि बढाउँछ । खरिदकर्ताले सामान वा सेवामा समस्या रहेको दाबी गरेमा त्यसलाई प्रमाणित गर्नुपर्ने हुन्छ । सेवा प्रदायकले लेनदेनको सर्त समीक्षा गरेर तटस्थ निर्णय गर्छ र रकम सम्बन्धित पक्षलाई हस्तान्तरण गर्छ । 

केही इस्क्रो सेवा प्रदायकले सर्तअनुसार स्वीकृति नदिएको पाइएमा स्वत: रकम रिलिज गर्ने प्रावधान पनि राखेका हुन्छन् । यसरी इस्क्रो सेवाले दुवै पक्षको हित सुरक्षित गर्न प्रयास गर्छ र लेनदेनलाई पारदर्शी र निष्पक्ष बनाउन भूमिका खेल्छ । 

तर यस्तो अवस्था नआओस् भन्नका लागि लेनदेनका सर्त स्पष्ट हुनु र दुवै पक्षले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नु आवश्यक हुन्छ । त्यस बाहेक दुवै पक्षले प्रमाण पनि सङ्कलन र सुरक्षित गर्नुपर्ने हुन्छ । 

ईसेवामा कसरी प्रयोग गर्ने ईस्क्रो सेवा ?

  • यति गरिसकेपछि रकम पाउने व्यक्तिको नामको तल ‘युज इस्क्रो सर्भिस’ भन्ने अप्सन देखिन्छ, त्यसैमा ट्याप गरेर अन गर्नु होस् ।

 

इस्क्रो सम्बन्धी ई-सेवाका सर्तहरू थाहा पाउन यहाँ क्लिक गर्न सक्नु हुन्छ । यो सेवा लिँदा तपाईँलाई १० रुपैयाँ शुल्क लाग्छ भने विवाद भएमा ५० रुपैयाँ तिर्नुपर्ने हुन्छ । 

खल्तीमा कसरी प्रयोग गर्ने इस्क्रो सेवा ?

 

  • यति गरेपछि तलपट्टि देखिएको ‘इनेबल खल्ती इस्क्रो सर्भिस’को अप्सन ट्याप गर्नुहोस् र, रकम पठाउनुहोस् । 

इस्क्रोबारे खल्तीका सर्तहरू थाहा पाउन यहाँ क्लिक गर्न सक्नुहुन्छ । खल्तीका सामान्य सर्तहरू यस प्रकार छन् । 

  • रकम पाउने र पठाउने दुबै प्रयोगकर्ताको अकाउन्ट केवाईसी भेरिफाई भएको हुनुपर्छ । 

  • यो सेवा प्रयोग गर्नका लागि न्यूनतम १० रुपैयाँ शुल्क लाग्छ । 

  • इस्क्रो सेवा प्रयोग गरेर न्यूनतम १०० रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म पठाउन सकिन्छ ।

  • यदि विवाद भयो भने कारोबार सम्पन्न गर्न १०० रुपैयाँ लाग्छ । 

पछिल्लो अध्यावधिक: पुस १, २०८१ २०:२५





समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.