मौसम पूर्वानुमान महाशाखाको वेबसाइट बङ्गलादेशी ह्याकरको कब्जामा

Facebook
Twitter
LinkedIn

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक भएको छ । आइतबार टेलिग्राममा एक पोस्ट राख्दै क्याप्टेन स्मोकर नामक ह्याकर समूहले वेबसाइट ह्याक गरेको दाबी गरेको हो । 

क्याप्टेन स्मोकर (captainsmok3r) नामको यस समूहले महाशाखाको वेबसाइटमा आफ्नो समूहको नाम, फोटो र टेलिग्रामको लिङ्क राखेको छ । टेलिग्राममा यो समूहले विभिन्न निकायका वेबसाइट ह्याक गर्ने र सी-प्यानलको क्रेडेन्सियल लिक गर्ने गरेको देखिन्छ । कतिपय डेटा भने बिक्रीका लागि पनि राखेको छ । 

तर, महाशाखाको सन्दर्भमा भने यस टोलीले कुनै विवरण लिक गरेको देखिएको छैन । यसले वेबसाइट ह्याक गर्नुको कारण पनि खुलाएको छैन । 

क्याप्टनस्मोकर एक कुख्यात ह्याकर समूह हो । यस समूहले सार्वजनिक रूपमा आफू कुन देशको हो भन्ने खुलाएको छैन । तर, खोज्दै जाँदा यो थन्डर साइबर टिम अन्तर्गत रहेको देखिन्छ । थन्डर साइबर टिम बङ्गलादेशी ह्याकरको समूह हो । नेपाली साइबर सुरक्षा अनुसन्धानकर्ताले पनि क्याप्टेन स्मोकर बङ्गलादेशी ह्याकर समूह रहेको बताएका छन् ।

 यसले सरकारी वेबसाइट र हाई-प्रोफाइल संस्थाहरूलाई लक्षित गरी वेबसाइट ह्याक गर्ने गर्छ । खासगरी सुरक्षा प्रणालीका कमजोरीलाई उजागर गर्ने ह्याकर टोलीको रूपमा क्याप्टेन स्मोकर परिचित छ । 

यस टोलीले सरकारी साइटलाई आक्रमण गर्नुका पछाडि थुप्रै उद्देश्य हुने गरेका छन् । सामान्यतः यस समूहले साइबर सुरक्षा कमजोरीबारे सचेतना बढाउने वा विशिष्ट नीति वा क्रियाकलापको विरोध जनाउने उद्देश्यले वेबसाइट ह्याक गर्ने गरेको देखिन्छ । यसअघि यही समूहले निर्वाचन आयोगको वेबसाइट ह्याक गरेको थियो ।

पछिल्लो अध्यावधिक: पुस १, २०८१ १५:१५





समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.