हेटौँडाका संक्रमितको चितवनमा मृत्यु

हेटौँडाका संक्रमितको चितवनमा मृत्यु – देशसञ्चार
Facebook
Twitter
LinkedIn

चितवन – चितवन मेडिकल कलेजमा उपचारत एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ।मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नं १५ का ५८ वर्षीय पुरुष रहेका कलेजले जनाएको छ।कलेजद्वारा सञ्चालित अस्पतालका निर्देशक डा‍. दयाराम लम्सालका अनुसार ज्वरो र खोकी आएका कारण यही भदौ १४ गते अस्पतालमा भर्ना भएका उनको १५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

उनको म‌ंगलबार बिहान उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको अस्पतालले जनाएको छ ।यससँगै जिल्लामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । चितवनका ९ जना, मकवानपुरका ४ जना, वारा, गोर्खा, कैलाली र नवलपसारी सुस्ता पूर्बका १-१ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।जिल्लाका ७ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

श्रोत :https://deshsanchar.com/2020/09/01/406005/

छुटाउनु भयो कि ?

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.