डिसेम्बर २८/ साइप्रस
तमु समाज साइप्रसले तमु सप्री ल्होसार २०८० मनाउने भएको छ। संस्थाले जनवरी ५ तारिखमा राजधानी निकोसिया स्थित एन्टोनकिस हलमा शुभकामना आदान-प्रदान तथा साँस्कृतिक कार्यक्रमआयोजना गरि ल्होसार मनाउने भएको हो।
तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ। चाईनीज ज्योतिषशास्त्र र पात्रो अनुसार बर्षमा १२ महिना हुन्छन् र हरेक महिनाहरु जनावरको आधारमा नामांकृत हुन्छन् ।
तिव्वति बोद्धार्गी अनि तिव्बतो बर्मेली समुदायमा ३ वर्षभरि प्रकारको ल्होसार मनाउने चलन छ । यी ल्होसारहरुमा तमु या तालो ल्होसार, सोनाम ल्होसार अनि ग्याल्बो ल्होसार पर्दछन् ।
गुरुङ समुदायमा १२ वर्ग (ल्हो) रहेका छन्, हरेक वर्ष एउटा ल्हो परिवर्तन हुने परम्परा छ। यो वर्ग परिवर्तनलाई नयाँ वर्षको रूपमा मनाइने चलन छ।
यस वर्ष ल्हो (गडुल वर्ग ) लाई बिदाई गरि सप्री ल्हो (सर्प वर्ग) लाई स्वागत गरेर तमु सप्री ल्होसार मनाइने छ।
सन् 2017 मा स्थापना भएको तमु समाज साइप्रसले हरेक वर्ष कार्यक्रम आयोजना गरि ल्होसार मनाउदै आएको छ।