अवहेलनासम्बन्धी मुद्दामा एक रूपैयाँ जरिवाना

Facebook
Twitter
LinkedIn

भारतको सर्वोच्च अदालतले त्यहाँका वरिष्ठ अधिवक्ता प्रशान्त भूषणविरुद्ध अवहेलनासम्बन्धी मुद्दामा एक रूपैयाँ जरिवाना सजाय ठहराएको छ। फैसलाविरुद्ध भूषणले पुनरवलोकनको निवेदन दर्ता गर्ने जनाएका छन्। ‘अदालतको फैसलापछि तत्कालै मेरा वकिल र साथी राजीव धवनले जरिवाना तिर्न गरेको एक रूपैयाँ सहयोग मैले स्वीकार गरें,’ भूषणले ट्विटरमा लेखेका छन्। उनले एक रूपैयाँ दिएको तस्बिरसहित पोस्ट गरेका छन्। सर्वोच्च अदालतले सोमबार फैसला सुनाएको हो। उनले साथीबाट एक रूपैयाँ सहयोग लिएर सोमबारै अदालतलाई जरिवाना बुझाएका छन्। अदालतले ठहर गरेको जरिवाना तिर्दै उनले फैसला पुनरवलोकनका लागि निवेदन दिने भएका छन्।अदालतको फैसलाअनुसार यदि उनले एक रूपैयाँ जरिवाना नतिरेको भए उनी तीन महिना जेल जानुपर्ने थियो। उनलाई माफी माग्ने विकल्प पनि अदालतले दिएको थियो। तर, भूषणले आफूले जुनसुकै सजाय भोग्न तयार भएको तर माफी माग्न नसक्ने बताएका थिए। ट्विटरमा तस्बिरसहित प्रधानन्यायाधीशको टिप्पणी गरेबापत वरिष्ठ अधिवक्ता भूषणलाई अदालतको अवहेलना गरेको ठहर भएको थियो। उनी सार्वजनिक सरोकारका मुद्दा उठाउने अधिकारकर्मीसमेत हुन्। तस्बिरसहित उनले गत जुन २९ मा गरेको ट्विट यस्तो थियो, ‘प्रधानन्यायाधीश नागपुरको राजभवनमा बिजेपीका नेताको स्वामित्वको ५० लाख रूपैयाँको मोटरसाइकलमा हेलमेट र मास्क नलगाई चढेका छन्।

न्यायमा पहुँच पाउने नागरिकको मौलिक अधिकारलाई अस्वीकार गर्दै सर्वोच्च अदालतलाई लकडाउन मोडमा राखे।’ उनको यही ट्विटका कारण अदालतको अवहेलना भएको भन्दै उनीविरुद्ध मुद्दा दर्ता भएको थियो। मुद्दामा भदौ १ मा उनलाई अवहेलना ठहर गर्दै सजाय तोक्ने आदेश भएको थियो

nagariknews.nagariknetwork.com

छुटाउनु भयो कि ?

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.