साइप्रस सरकारले सम्भावित आपतकालीन अवस्था बेला नागरिकलाई छिटो सूचना दिनका लागि राष्ट्रव्यापी एसएमएस अलर्ट प्रणाली सुरु गरेको छ।
यस प्रणालीमार्फत देशभरका सबै मोबाइल प्रयोगकर्तालाई आवश्यक परेमा तुरुन्तै एसएमएस मार्फत चेतावनी पठाइनेछ।
यसको परीक्षण आज बुधबार साँझ करिब ७ बजे गरिनेछ। त्यस समयमा साइप्रसका सबै मोबाइल फोनमा परीक्षण सन्देश आउनेछ।
आन्तरिक मन्त्री Konstantinos Ioannou ले यो प्रणाली नागरिकको सुरक्षाका लागि महत्त्वपूर्ण भएको बताएका छन्। उनका अनुसार कुनै आपतकालीन अवस्था आएमा यसले मानिसहरूलाई छिटो र विश्वसनीय जानकारी दिन मद्दत गर्नेछ।

यो प्रणाली देशका सबै दूरसञ्चार कम्पनीहरूसँगको सहकार्यमा तयार गरिएको हो र आवश्यक परेमा मात्रै सक्रिय गरिने बताइएको छ।

emergency अवस्था आएमा के गर्ने?
सिभिल डिफेन्सका अनुसार यदि वास्तविक चेतावनी आयो भने शान्त रूपमा नजिकैको बेसमेन्टमा जानुहोस्। आफ्नो घर, छिमेकीको घर वा नजिकैको भवनको बेसमेन्ट प्रयोग गर्न सकिन्छ।
यदि घरमा बेसमेन्ट छैन भने घरभित्रै बस्नुहोस् र ढोका, झ्याल र सिसाबाट टाढा रहनुहोस्। बाहिर हुनुहुन्छ भने तुरुन्तै नजिकको भवनभित्र पस्नुहोस्।
स्कूल, अस्पताल र स्टेडियममा भने त्यहाँका कर्मचारीले पहिलेबाट बनाइएका आपतकालीन प्रोटोकल अनुसार काम गर्नेछन्। अधिकारीहरूले यस्तो अवस्थामा अनावश्यक रूपमा गाडी चलाएर यात्रा नगर्न र अर्को सूचना नआएसम्म सुरक्षित स्थानमै बस्न आग्रह गरेका छन्।
साइप्रसमा शेल्टरको अवस्था
मन्त्री Ioannou का अनुसार साइप्रसमा करिब २,५०० शेल्टर मात्र छन्। तर ती सबैले देशको आधाभन्दा कम जनसंख्या मात्र समेट्न सक्छन्।
उनका अनुसार विश्वमा केवल दुई देश इजरायल र स्विट्जरल्यान्ड मात्र यस्ता छन् जहाँ सम्पूर्ण जनसंख्यालाई शेल्टरमा राख्ने क्षमता छ।
सेल्टर कहाँ छ भनेर थाहा पाउन Playstore/Appstore बाट SAFECY एप डाउनलोड गरि लोकेसन अन गरि हेर्नुहोस्।

ध्यान दिनुहोस्
आज साँझ आउने एसएमएस परीक्षण मात्र हो। यसले कुनै वास्तविक खतरा जनाउँदैन। यदि तपाईंको मोबाइलमा सन्देश आयो भने चिन्ता लिनु पर्दैन। यो प्रणाली ठीकसँग काम गर्छ कि गर्दैन भनेर जाँच गर्ने उद्देश्यले पठाइने हो।
स्रोत: Cyprus Mail (४ मार्च २०२६)







