कतै तपाईंको ईमेल वा पासवर्ड लिक भएको त छैन ? यसरि चेक गर्नुहोस्।

Facebook
Twitter
LinkedIn

पछिल्लो समय ह्याकिङ तथा डेटा लिकका घटना बढ्दै गएका छन् । यस्ता घटनामा इन्टरनेट प्रयोगकर्ताको ईमेल तथा पासवर्ड लिक हुने गर्छ । यस्ता विवरण साइबर अपराधीका लागि आम्दानीको स्रोतसमेत हुन् । डार्क वेबमा राखेर यस्ता अपराधीहरूले ठूलो रकम कमाउँछन् ।

हामीलाई ईमेल लिक हुँदा के नै हुन्छ, पासवर्डमात्रै लिक हुँदा के नै हुन्छ भन्ने भान पनि परिरहेका हुनसक्छ । तर, अहिले डेटाको दुनियाँमा यसको महत्व धेरै छ ।

तपाईंको ईमेल र पासवर्ड पत्ता लगाई सामाजिक सञ्जालमा पहुँच बनाउने, विभिन्न गतिविधि गर्ने खतरा हुन्छ । त्यसैले आफ्नो ईमेल र पासवर्ड सुरक्षित छ वा छैन भनी बेलाबेलामा जान्न आवश्यक छ ।

त्यसका लागि विभिन्न माध्यम छन् । त्यसमध्ये सबैभन्दा बढी प्रयोग हुने प्लेटफर्मको रुपमा ‘Have I Been Pwned’ रहेको छ । जसमा हालसम्म लिक भएका ११ अर्ब ४२ करोड ८ लाख भन्दा बढी ईमेल रहेका छन् । जहाँ तपाईंले आफ्नो ईमेल हाली अहिलेसम्म भएको लिकमा आफ्नो ईमेल परे/नपरेको भन्ने विषयमा जानकारी लिन सक्नुहुन्छ ।

त्यस्तै पासवर्डको हकमा पनि विभिन्न प्लेटफर्म रहेका छन् । जसमा एन्टिभाइरस कम्पनी अभास्ट र नोर्डले पनि यो सेवा उपलब्ध गराएका छन् । त्यसमध्ये नोर्डपासमा हालसम्म लिक भएका ७ अर्ब ८८ करोड ४० लाखभन्दा बढी पासवर्ड सामावेश छ । भने, एभास्ट ह्याक चेकमा ५ अर्ब २८ करोड ३८ लाख पासवर्ड छ ।

जहाँ तपाईंले आफूले प्रयोग गरिरहेको पासवर्ड राखी परीक्षण गर्न सक्नुहुनेछ । यदि त्यसरी परीक्षण गर्दा तपाईंको पासवर्ड तथा ईमेल यसअघि नै लिक भइसकेको भएमा तपाईंले तत्कालै पासवर्ड परिवर्तन गर्न तथा ईमेलको हकमा टु फ्याक्टर अथेन्टिकेशन प्रयोग गर्न आवश्यक हुन्छ ।

 यो समाचार पनि पढ्नुहोस् : आठ अर्ब पासवर्ड लिक तपाई को नि पर्यो कि ? 

छुटाउनु भयो कि ?

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.