साइप्रस नेपाल डट कम / लिमासोल /१८ मे २०२०
साइप्रसमा मङलबार ४३ डिग्री सेल्सियस तापक्रम पुग्ने पुर्वानुमान यहाँको मौसम विभाग ले गरेको छ ।
मौसम विभागले ओरेन्ज रङ कि सतर्कता संकेत जारी गर्दै उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।
साथै विभागले सोमबार राती न्युनतम तापक्रम २६ डिग्री सेल्सियस रहने बताएको छ । आज राती १० बजे देखि भोलि बेलुकी ५ बजे सम्मको लागि सतर्कता जारी गरिएको हो ।
बिहिवार सम्म अत्याधिक गर्मी हुने र शुक्रबार भने मौसम राम्रो हुने पुर्वानुमान छ ।
आज दिन भरिको विभिन्न सहरको तापक्रम यश प्रकार छ ।
निकोसिया : ४२
लिमासोल : ३८
लार्नाका एयरपोर्ट :- ४०र पापोस एयरपोर्ट ३६ डिग्री सेल्सियस