२०८२ माघ १५ बुधबार
२०८२ माघ १५ बुधबार

साइप्रसमा निधन भएकी मन्दिरा विश्वकर्माको शव जनवरी ३० मा नेपाल पठाइदै

मृतक नेपाली महिला साइप्रस

साइप्रसमा निधन भएकी नेपाली  मन्दिरा कुमारी विश्वकर्माको शव कतार एयरवेज कार्गो मार्फत नेपाल पठाइने भएको छ।

नेपाली वाणिज्यदूतावास निकोसियाले दिएको जानकारी अनुसार  शव ३० जनवरीमा लार्नाका  विमानस्थलबाट कतार एयरवेजको उडान  मार्फत दोहा पठाइने र त्यसपछि ३१ जनवरी शुक्रबार का दिन  QR646 उडानमार्फत काठमाडौं पुग्नेछ। 

शव ढुवानी, कागजात तथा कानुनी प्रक्रिया सबै पूरा भइसकेको वाणिज्यदूतावासले जनाएको छ।

शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मृतकका छोरा योगेश कुमार विश्वकर्मा र श्रीमान ले बुझ्नेछन्। साउदी अरब मा कार्यरत श्रीमान इश्वर विश्वकर्मा  गत हप्ता नै नेपाल पुगी सकेका छन्।  

लालबन्दी–७, सर्लाही घर भएकी मन्दिरा कुमारी विश्वकर्माको उपचारका क्रममा गत जनवरी ११ गते बिहान ९:३० बजे लिमासोलस्थित अस्पतालमा निधन भएको थियो।

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट