२०८२ पुष २८ सोमबार
२०८२ पुष २८ सोमबार

लिमासोल अस्पतालको ICU मा उपचाररत नेपाली घरेलु कामदारको मृत्यु

लिमासोल (साइप्रस) — साइप्रसमा घरेलु कामदारका रूपमा कार्यरत नेपाली महिला मन्दिरा कुमारी विश्वकर्माको उपचारका क्रममा मृत्यु भएको छ। लिमासोलस्थित जनरल अस्पतालको सघन उपचार कक्ष (ICU) मा उपचाररत रहेकी उनको आइतबार  बिहान ९:३० बजे मृत्यु भएको नेपाल कन्सुलेट कार्यालयले पुष्टि गरेको हो।

अवैतनिक वाणिज्यदूतावास निकोसियाका महामहिम डा.राम जीवन पन्जियार का  अनुसार अस्पतालबाट प्राप्त आधिकारिक जानकारीका आधारमा मृत्यु पुष्टि गरिएको हो। यद्यपि अहिले सम्म प्रहरी रिपोर्ट प्राप्त नभएको उहाँ ले बताउनु भयो।मृतकको परिवारलाई समेत यसबारे जानकारी गराइ सकिएको बताइएको छ।

 

४६ वर्षीया मन्दिरा कुमारी विश्वकर्मालाई गत डिसेम्बर ३१ गते हृदयघात भएपछि उपचारका लागि अस्पताल लगिएको थियो। उपचारमा संलग्न चिकित्सकका अनुसार हृदयघात पछि उनको मुटु अचानक बन्द भएको थियो। मुटु बन्द हुँदा दिमागमा लामो समय अक्सिजन नपुगेकाले उनी दिमागले काम गर्न छोडेको हुन सक्ने (सम्भावित ब्रेन डेथ) अवस्थामा पुगेको चिकित्सकहरूले बताएका थिए। 

लालबन्दी–७, सर्लाही घर भएकी मन्दिरा कुमारी विश्वकर्मा गत २२ डिसेम्बर मा नेपालबाट घरेलु कामदार भिसामा साइप्रस आएकी थिइन्। साइप्रस पुगेपछि उनी लिमासोल नजिकको एक गाउँमा एक वृद्ध दम्पतीको हेरचाह गर्ने काममा संलग्न भएकी थिइन्।

काम सजिलो भए पनि वृद्ध (बजु) हेरचाहको वातावरण आफूलाई असजिलो लागेको बताउँदै उनले काम परिवर्तन गरिदिन अनुरोध गरेकी थिइन्। त्यसपछि नेपालस्थित म्यानपावर एजेन्सीले घर परिवर्तन गराइदिन साइप्रसमा आफ्नो प्रतिनिधि पठाएको थियो।

तर काम परिवर्तनका लागि गाडीमा जाँदै गर्दा उनी अचानक अचेत भइन्। गाडीमै बेहोस भएपछि उनलाई तत्काल एम्बुलेन्समार्फत अस्पताल पुर्‍याइएको बताइएको छ। 

ICU मा उपचार जारी रहे पनि स्वास्थ्य अवस्थामा कुनै सुधार नआएपछि अन्ततः  जनवरी ११ गते बिहान ९:३० बजे उनको मृत्यु भएको नेपाल कन्सुलेट कार्यालयले पुष्टि गरेको हो। 

मृतक का श्रीमान साउदी अरबमा कार्यरत छन्। उनका दुई छोरी र एक छोरा छन्। एक छोरी अध्ययनका लागि जापानमा रहेकी छन् भने अर्की छोरी नेपालमै छन्। छोरा अष्ट्रेलियामा रहेका छन्। 

कन्सुलर डा. पन्जियारले यश दु:खद घडी मा मृतक आत्माको चिर शान्ति को कामना गर्दै अब शव व्यवस्थापन, कानुनी प्रक्रिया तथा स्वदेश फिर्तीसम्बन्धी विषयमा आवश्यक समन्वय गर्ने कार्य सुरु हुने जानकारी दिनु भयो। 

गैर आवासीय नेपाली संघ साइप्रसले पनि यस बारे जानकारी दिदै गहिरो दुख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ।

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट