२०८२ बैशाख ७ आईतवार
२०८२ बैशाख ७ आईतवार

अन्तर्राष्ट्रिय कोडिङ प्रतिस्पर्धामा नेपालका स्कुले विद्यार्थीलाई सफलता

काठमाडौं । नेपालका स्कुले विद्यार्थीहरूले अन्तर्राष्ट्रिय स्तरको कोडिङ प्रतिस्पर्धामा सफलता हासिल गरेका छन् । नेपालसहित भारत, हङकङ, मिडल इस्ट, यूके, अमेरिका, अष्ट्रेलिया लगायत विभिन्न देशका विद्यार्थीहरूबीच भएको ‘इन्टरनेसनल कोडिङ कम्पिटिसन २०२४’ मा विद्यार्थीहरूले विभिन्न विधामा उच्च प्रदर्शन गरेका हुन् । 

नेपालबाट नौ जना विद्यार्थी ग्लोबल प्रतिस्पर्धाका लागि छनोट भएका थिए । त्यसक्रममा एक्सेल्सियर स्कुलका कक्षा ४ का विनायक पंगेनीले जुनियर ब्लक-आधारित कोडिङ विधामा ग्लोबल दोस्रो स्थान प्राप्त गरे भने मेरिडियन इन्टरनेसनल स्कुलका कक्षा ५ का श्रेयश खड्गीले सिनियर ब्लक-आधारित कोडिङमा दोस्रो स्थान हात पारे । त्यस्तै, हाई न्यू भिजन एकेडेमीका कक्षा ८ का कृष्ण रिजालले पाइथन कोडिङ विधामा उत्कृष्ट प्रदर्शन गर्दै ग्लोबल पहिलो स्थान प्राप्त गर्न सफल भए । 

‘इन्टरनेशनल कोडिङ कम्पिटिसन २०२४’ का लागि नेपालमा डस्कभरी एजुकेसन यूके, एडुटेक इन्डियासँग सहकार्य गरी दूरशिक्षाले अनलाइन तथा भौतिक प्रतिस्पर्धा सञ्चालन गरेको थियो । उक्त कार्यक्रमका लागि ईन एसोसिएसन विथ पार्टनरमा आईसीटी फ्रेम रहेको थियो । 

४०० भन्दा बढी विद्यार्थीले अनलाइनबाट परियोजना पठाएको उक्त प्रतियोगितामा भौतिक प्रतिस्पर्धाका लागि ८० जना छनोट भएका थिए । तीमध्ये ९ जना विद्यार्थी अन्तिम चरण अर्थात् ग्लोबल प्रतिस्पर्धाका लागि छनोट भएका थिए ।

प्रतियोगितामा कक्षा २ देखि ४ सम्मका विद्यार्थीहरूले जुनियर ब्लक-आधारित कोडिङ, कक्षा ५ का विद्यार्थीहरूले सिनियर ब्लक-आधारित कोडिङ तथा कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरूले पाइथन कोडिङ विधामा विभिन्न थिममा प्रतिस्पर्धा गरेका थिए । 

यो प्रतियोगिताले सहभागीहरूलाई आफ्नो कोडिङ सीप सुधार्न र समस्याहरूको समाधान गर्ने कुशलता अभिवृद्धि गर्न मद्दत पुर्‍याएको दूरशिक्षाले जनाएको छ । 

नेपालमा विद्यालय लक्षित विभिन्न आईटी तालिम तथा कार्यक्रम सञ्चालन गर्दै आएको दूरशिक्षाले यो प्रतियोगिताले विद्यार्थीहरूको कोडिङ सीप सुधार्न, सिर्जनात्मक सोच अभिवृद्धि गर्न तथा समस्या समाधान गर्ने क्षमतामा निखार ल्याउन महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरेको छ ।

पछिल्लो अध्यावधिक: चैत १४, २०८१ १३:९





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट