२०८२ जेष्ठ ३ शुक्रबार
LATEST NEWS
२०८२ जेष्ठ ३ शुक्रबार

विश्वविद्यालयले भन्योः सबै नेपाली विद्यार्थी क्याम्पस फर्क, कक्षामा सहभागी होउ (विज्ञप्तिसहित)

काठमाडौं । भारतको ओडिसा राज्यमा अवस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको घटनाले सामाजिक सञ्जालमा तरंग पैदा गरेको छ।

यस घटनापछि केआईआईटीले सयौं नेपाली विद्यार्थीलाई कलेज छोड्न निर्देशन दिएको थियो, जसको कारण उनीहरू रेल स्टेसनमा विजोग अवस्थामा रहेका थिए। तर, विश्वविद्यालयले पछिल्लो सूचना जारी गर्दै नेपाली विद्यार्थीहरूलाई क्याम्पस नछोड्न र कक्षामा फर्किन आग्रह गरेको छ।

केआईआईटीका अनुसार, मृतक छात्रा प्रकृति लम्सालको प्रेमीलाई प्रहरीले उत्पीडनको आरोपमा पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ। प्रकृतिका साथीहरूले उनका प्रेमी अद्विक श्रीवास्तवले तीन वर्षको सम्बन्धमा प्रकृतिलाई शारीरिक र मानसिक यातना दिएको आरोप लगाएका छन् र उनीहरू न्यायको माग गरिरहेका छन्।

प्रकृतिले यो अवधिमा निरन्तर उत्पीडन सहनु परेको थियो। यसैबीच, शवलाई क्यापिटल अस्पतालमा पोस्टमार्टमको लागि पठाइएको छ र प्रकृतिका अभिभावकहरूलाई यस घटनाबारे जानकारी गराइएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन ५ गते सोमवार



Source link

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट