३७ वर्षअघि नाकमा अड्किएको सिक्का कोरोना परीक्षण गर्दा भेटियो

Facebook
Twitter
LinkedIn

न्युजिल्याण्डमा एक महिलाको नाकभित्र झण्डै ४० वर्ष अगाडि अड्किएको प्लास्टिकको सिक्का कोभिड (कोरोना भाइरस) परीक्षण गर्ने क्रममा फेला परेको छ ।

मेरी म्याकार्थी नामकी ती महिलाको नाकको दाहिने प्वालभित्र ३७ वर्ष अगाडि एउटा सानो प्लास्टिकको खेलौना सिक्का अड्किएको थियो ।

टिडली विंक्स नामक खेलमा प्रयोग गरिने सिक्का आकारको सानो प्लास्टिकको वृत्ताकार टुक्रा उनको नाकमा घुसेको थियो ।

उनको उमेर त्यतिबेला जम्मा ८ वर्षको थियो । बाल्यकालमा आफ्नो नाकभित्र प्लास्टिकको सिक्का अड्किएको उनले पत्तो पाइनन् ।

नाकभित्र प्लास्टिकको सिक्का छिरेको हुँदा उनलाई नाकको दुखाई महसुस हुन्यो र कहिलेकाहीँ श्वास फेर्न पनि गाह्रो हुन्थ्यो ।

गत वर्ष कोभिड-१९ परीक्षणका लागि स्वाब लिएसँगै उनको नाक झनै दुख्न थाल्यो र निकै चर्को पिनासको समस्या देखियो । उनको नाकबाट निरन्तर सिगान बग्न थाल्यो ।

उनी नाकको उपचारका लागि धेरै डाक्टरकोमा धाइन्, तर समस्या २० को १९ भएन किनकि नाककको समस्याको जरो पत्ता लागेन ।

अन्ततः एकजना आकस्मिक चिकित्सकले उनलाई तपाईंले कुनै समय आफ्नो नाकभित्र केही राख्नुभएको थियो कि ? भनेर सोधे ।

डाक्टर तथा नर्सहरुले उनको नाकको समस्या केवल पिनास मात्र नभएको ठहर गरेर त्यस्तो प्रश्न सोधेका थिए । म्याकार्थीले पनि आफूले बाल्यकालमा नाकभित्र टिडलीविन्क छिराएको बताइन् ।

त्यसपछि त के चाहियो र ? डाक्टरहरुले उनको नाकको सिटी स्क्यान गरेर नाकभित्र प्लास्टिकको सिक्का रहेको पत्ता लगाए ।

त्यो प्लास्टिकको टुक्राको आकार ठूलो भएको हुनाले शल्यक्रिया गरेरै त्यसलाई निकाल्नुपर्ने भएको छ ।

यो समाचार पनि पढ्नुहोस् : ग्यास ‘लिक’पछि समुद्रको बीचमा आश्चर्यजनक आगोको मुस्लो

छुटाउनु भयो कि ?

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.