२०८२ असार २८ शनिबार
LATEST NEWS
२०८२ असार २८ शनिबार

खोप लिएको व्याक्तिको मृत्यु पछि अस्ट्राजेनेका खोप प्रति शंका

११ मार्च २०२१ / लिमासोल

कोरोना विरुद्दको खोप लिएको १० दिन मै अस्ट्रियामा  एक नर्सको मृत्यु  भएको खबर पछि साइप्रसले सो व्याचमा उत्पादन भएको खोप प्रति आशंका जाहेर गरेको छ। पहिलो डोज लिएकी ४९ वर्षीय सो नर्सको रगत जमेर मृत्यु भएको हो।  केहि दिन अघि मात्र सोहि व्याचको खोप लिएकी ३५ वर्षीय  अर्की नर्सलाइ अस्पतालमा भर्ना गरिएको थियो। उनको फोक्सोमा समस्या देखिएको थियो उपचार पछि निको भैरहेको विभिन्न एजेन्सीले जनाएका छन्।

युरोपियन युनियनले भने खोप कै कारण यस्तो अवस्था आएको प्रमाण नभेटिएको बताएको छ। औसधी सेवाका उपनिर्देशकका अनुसार साइप्रसले लिएको सो व्याचको बारे चिन्ताजनक अवस्था नभएको बताएकी छिन्।

अस्ट्रिया, बुल्गारिया, साइप्रस, डेनमार्क, एस्टोनिया, फ्रान्स, ग्रीस, आइसल्यान्ड, आयरल्यान्ड, लाटभिया, लिथुआनिया, लक्जमबर्ग, माल्टा, नेदरल्यान्ड, पोल्याण्ड, स्पेन र स्वीडेनको ब्याचमा एस्ट्राजेनेका खोपको १० लाख डोज पठाइएको थियो।

यस व्याचको खोप मा समस्या नभए अनि सावधानीका लागि यूरोपियन मेडिसिन एजेन्सीको फार्माकोविजिलेन्स जोखिम निर्धारण समितिको अन्तिम रिपोर्ट नआए सम्मका लागि खोप प्रयोग बन्द गरिएको बताइएको छ।  अनुसन्धान  पुरा नहुन्जेल साइप्रस लगायत अन्य देशले सावधानीका लागि सो ब्याचको खोप प्रयोगलाई स्थगित गरिदिएको छ।

साइप्रसको खोप कार्यक्रमको मेरुदण्ड नै एस्ट्राजेनेका खोप हो किनकि यसले १२ लाख डोज खोप को अर्डर गरिसकेको  छ।

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट