२०८२ असार ३१ मंगलवार
LATEST NEWS
२०८२ असार ३१ मंगलवार

कोरोना दैनिक बढ्दो, के खुल्छ त लकडाउन (पुरा जानकारी )

०३ मार्च २०२१/ लिमासोल

रास्ट्रपति निकोस अनास्टसियादेशले कोरोना सल्लाहकार समिति संग लकडाउन खुलाउने अर्को चरण बारे छलफल गर्नु भएको छ। लकडाउन को अर्को चरण आगमी मार्च १६ लाइ तोकिएको छ। बुधबार हुने  मन्त्रिपरिसद को बैठक ले प्रस्ताव बारे निर्णय गर्नेछ। प्रस्तावमा मार्च १६ बाट भने माध्यमिक विधालय, रेस्टुरेन्ट, बार र क्याफेहरु डाइन इन को लागि खुल्ला हुने भनिएको छ।

रातको कर्फ्यु को समय लाइ घटाएर ११ बजे देखि ५ बजे सम्म गर्न र एसएम एस सेवा पनि २ बाट बढाएर ३ बनाउन प्रस्ताव गरिएको छ।

साथै घर मा १० जना सम्म जम्मा हुन् सकिने र विद्यालयमा जान अनिवार्य कोरोना नेगेटिभ रिपोर्ट आवश्यक पर्ने भनि प्रस्ताब गरिएको छ।

अहिले सरकारले मुख्य प्राथमिकता अस्पताल मा भर्ना हुने कोरोनाका बिरामीलै दिएको छ। अहिले १५४  जना कोरोना बिरामी साइप्रस का विभिन्न अस्पतालमा उपचाररत छन।

स्वास्थ्य मन्त्रालयले आज दिएको जानकारी अनुसार ४२० मा कोरोना पुस्टि भएको छ।  पछिल्लो २४ घन्टामा गरिएको ३४ हजार टेस्ट बाट ४२० मा संक्रमण पुस्टि भएको हो।  हाल सम्म ३७६५० लाइ कोभिड १९ संक्रमण भै सकेको छ। कोरोनाका कारण हाल सम्म २३३ ले ज्यान गुमाइसकेका छन्।  साइप्रसमा लकडाउन केहि खुकुलो भए यता कोरोना संक्रमण मा पनि वृद्धि भै रहेको छ।  खास गरि लिमासोल एरियामा कोरोनाको संक्रमण बढेको नया तथ्यांकले देखाएको छ।

सरकारले कोरोना बिरुद्धको खोप कार्यक्रम पनि तीव्रताका साथ् गरि रहेको छ।  हाल सम्म ६७ उमेर भन्दा माथि का वृद्ध सबै लाइ खोप लगाइ सकिएको छ भने “फ्रन्टलाइन वर्कर लाइ पनि खोप लगाइ सकिएको छ।

यता कोरोना को लागि निशुल्क र्यापिड टेस्ट पनि हरेक दिन देश का विभिन्न शहरका भिन्दाभिन्दै स्थलमा गरिदै आएको छ।

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट