२०८२ जेष्ठ ३ शुक्रबार
२०८२ जेष्ठ ३ शुक्रबार

साईप्रसमा समास्यामा परेकी नेपाली विद्यार्थी भट्टराईलाई स्वदेश फर्काइयो ..

निकोसिया , साईप्रस
साईप्रसमा केही महिना पहिला देखि समास्यामा परेकी एक नेपाली विद्यार्थीलाई आज स्वदेश फकाईएको छ । साईप्रसको सिटी युनिटि कलेजमा अध्ययनको शिलशिलामा आएकी अस्मिता भट्टराईलाई शुक्रवार दिउसो एक बजे कतार एयरवेज मार्फत स्वदेश फर्काइएको हो ।

गैरआवासीय नेपाली सघं साईप्रसका सचिव पुरन मगरका अनुसार केही महिना देखि विद्यार्थी भट्टराई समास्यामा परे पछि निकोसिया सहरमा रहेको रोजी ब्युटी पार्लर मार्फत सम्पर्कमा आएपछि उहालाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरिएको बताए । केही बर्ष पहिला विद्यार्थी भिषामा साईप्रस आएकी भट्टराई काम गर्न नपाएको , पैसाको अभाव लगाएत भएको समास्याबाट भोगेको र उहाको परिवारको सल्लाहमा स्वदेश फकाईएको सचिव मगरले साईप्रस नेपाल डटकमलाई जानकारी दिए ।

विद्यार्थी भट्टराईलाई स्वदेश फिर्ता गर्नका लागि सहयोग गर्ने होनरी कन्सुलेट अफ निकोसियाका प्रमुख डा. रामजिवन पन्जियार , एनआरएनए साईप्रसका प्रमुख सुबास मल्ल , रोजी ब्युटी पार्लर , एनआरएनए युवा संयोजक कुन्दन कार्की लगाएत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सारा नेपाली समुदायलाई एनआरएनए साईप्रसले विशेष धन्यबाद दिएको सचिव मगरले बताए ।

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट