२०८२ जेष्ठ ३ शुक्रबार
LATEST NEWS
२०८२ जेष्ठ ३ शुक्रबार

गुल्मी सेवा समाज साईप्रसको बैठक सम्मन्न

दिनेश गौतम
निकोसिया , साईप्रस , अंग्रेजी नया बर्षको अवसर पारेर गुल्मी सेवा समाज साईप्रसको अनलाईन बैठकले तदर्थ कार्यसमितिलाई पुर्ण कार्यसमितिमा परिणत भएको छ ।

समाजका अध्यक्ष श्यामलाल नेपालीको अध्यक्षतामा भएको बैठकले साईप्रसमा रहेका सारा गुल्मेलीहरुलाई एकिकृत गरेर गुल्मेलीहरुको पृथक पहिचान दिने उद्देश्यले समिति गठन गरिएको महासचिव मनोज पन्थले जानकारी दिए ।

महासचिव पन्थका अनुसार समाजको उपाध्यक्षमा मुना ढकाल , सुनिल भण्डारी ,सचिव सरिता सेन ठकुरी , कोषाध्यक्ष प्रभा अधिकारी र सहकोषाध्यक्ष राम प्रसाद सापकोटालाई चयन गरिएको छ भने सदस्यहरुमा शान्ति शाही , प्रकास विक ,दिल मगर , शोभा केसी ,राहुल बस्तेत , बसन्त पौडेल ,नुमु परियार , रबि ज्ञावाली ,सिता गहामगर ,रमेश गरि , प्रतिभा चौलागाई , रितु थापा मगर , रेखा खरेल लगाएत २० जना रहनु भएकोछ ।

यस्तै समाजको बैठकले महिला विभाग प्रमुखमा सरिता सेन ठकुरी , शिक्षा बिभाग प्रमुखमा शुनिल भण्डारी ,सस्कृतिक विभाग प्रमुखमा नमु परियार , र खेलकुद बिभागको प्रमुखमा बसन्त पौडेललाई जिम्मेवारी दिईएको महासचिव पन्थले बताए । गुल्मी सेवा समाजको प्रमुख संरक्षक एवमं सल्लाहकारमा धतानन्द पाण्डेलाई चयन गरिएको छ भने सल्लाहकारहरुमा दर्शन मगर र प्रबिण बुढामगर रहनु भएको छ ।

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट