२०८२ जेष्ठ १० शुक्रबार
२०८२ जेष्ठ १० शुक्रबार

साइप्रसमा पांच नेपाली महिला पक्राउ

समिम मियाँ / १८ सेप्टेम्बर २०२० साइप्रस प्रहरीले जालि कागजपत्र पेश गरि सिमाना पर गर्न खोजेको आरोपमा पांच नेपाली महिलालाई पक्राउ गरेको छ। गत सोमबार दिउँसो आइयोस डोमेटिओस बाट टर्की शाषित उत्तरी साइप्रस जान खोज्दा पक्राउ गरिएको हो। प्रोतोकोल अनुसार सिमा पार गर्न कम्तिमा ४८ घण्टा अघि कोरोना टेस्ट गरेको प्रमाणपत्र देखाउनु पर्ने नियम छ। तर उनीहरुले पेश गरेको कोभिड १९ को रिपोर्ट प्रति शंका लागेपछि प्रहरीले थप छानबिन गरेको थियो। छानबिन पश्चात सो रिपोर्ट नक्कली भएको प्रमाण भए पछि पक्राउ गरिएको प्रहरी प्रवक्ताले बताएका छन्। पाचै जना नेपाली महिला घरेलु कामदार हुन्। उनीहरु कामको खोजीमा उत्तरी साइप्रस जान लागेको बताइएको छ। कोरोना परिक्षण नै नगरी नक्कली कागजात पेश गरि उनीहरु उत्तरी साइप्रस सम्म मात्र जान लागेका हुन् या विभिन्न एजेन्ट मार्फत मानव तस्करीको जालमा परेर अन्य देश छिर्ने दाउ बारे स्पस्ट भएको छैन। मानव तस्करले साइप्रसलाइ ट्रान्जिट हबको रुपमा रुट बनाउदै उत्तरी साइप्रस हुदै टर्की, ग्रीस हुदै फ्रान्स, इटाली, पोर्चुगल लगायतका युरोपेली रास्ट्रहरुमा गैर कानुनी तवरले छिराउने गरेका छन्। धेरै मेहेनत र कम तलबले पिल्सिएका घरेलु कामदारलाई ठुला देश र राम्रो कमाइ र पिआरको लोभ देखाई आफ्नो प्रभावमा पारेर अन्य देश जान उक्साउने दलालले पैसा खाएर भागेको खबर बेला बेलामा आइरहने गरेको छ।

आइतबार लार्नाका देखि निकोसिया बस निशुल्क सेवा

यूरोपियन मोबिलिटी वीक को अवसरमा साइप्रस पब्लिक ट्रांसपोर्ट (सीपीटी)ले नि:शुल्क बस सेवा संचालन गर्न लागेको छ। यो निशुल्क सेवा लार्नाका देखि निकोसिया रुटमा सेप्टेम्बर २० आइतबारको दिन मात्र लागु हुनेछ। कम्पनीका अनुसार सिपिटि बस सेवाको यो योजनाले लार्नाका र निकोसियाको रुटको उपयोग गर्दै सडक मार्गको आनन्द लिन सक्ने बताएको छ। आम मानिसको दैनिक जीवनमा बस को प्रयोग गर्न प्रत्साहन गर्ने र देश मा प्रदुषण कम गर्न वातावरण सृजना गर्ने उद्देश्यका साथ ‘यूरोपियन मोबिलिटी वीक’ कार्यक्रम अन्तर्गत यो योजना प्रस्तुत गरिएको हो।

साइप्रसमा कोरोना संक्रमितको संख्या १५५८ पुग्यो

साइप्रसमा कोरोना संक्रमितको संख्या १५५८ पुगेको छ। स्वास्थ्य मन्त्रालयले बिहिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा गरिएको १९५१ टेस्ट मध्य १० जनामा कोरोना पोजेटिभ देखिएको हो। उता , टर्की शाषित उत्तरी साइप्रसमा पनि बिहिबार गरिएको २२९१ टेस्ट मध्य १२ जनामा कोरोना संक्रमण पुस्टि भएको छ भने हाल सम्म ६५१ जना संक्रमित भै सकेका छन्।

coronaa

साइप्रस को अरु समाचार पढ्न यहाँ क्लिक गर्नुहोस्

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट