२०८२ जेष्ठ १० शुक्रबार
२०८२ जेष्ठ १० शुक्रबार

साईप्रसबाट विहिवार थप ६३ जना स्वदेश फिर्ता , स्वर्गीय अमगाई र कोईरालाको शव शुक्रवार पठाउने तयारी

दिनेश गौतम
युरोप , साईप्रस

युरोपियन देश साईप्रसबाट बिहिवार थप ६३ जना नेपालीहरु स्वदेश फिर्ता भएका छन । साईप्रसमा विभिन्न पेसामा आएर कोरोना भाईरसका कारण अलपत्र परेर बसेकाहरुलाई नेपाली राजदुतावास ईजरायल , गैर आवासीय नेपाली सघं साईप्रस र होनरी नेपाली कन्सुलेट साईप्रसले यहाको आईओ एम.सगंको विशेष सहकार्यमा निशुल्क स्वदेश फर्काईएको नेपाली राजदुतावास ईजरायलका प्रवक्ता अर्जुन घिमिरेले जानकारी दिए ।

प्रवक्ता घिमिरेका अनुसार साईप्रस देशबाट धेरै विद्यार्थीहरुको खाना खाने , बस्ने आदी समास्या , केही कामदारहरुको समास्या , कोरोनाले गर्दा झनै प्रभावित भएकाहरुलाई आईओएम साईप्रसको विशेष पहलमा स्वदेश फर्काइएको र अन्य नाम दर्ता भएकाहरुलाई समेत छिट्टै सोही प्रक्रियाबाट स्वदेश फर्काईने जानकारी दिए । यस्तै कोरोना भाईरसकै कारणले नेपाल पठाउन केही ढिलाइ भएको भन्दै साईप्रसबाट स्व. विवेक अमगाईँ र स्व. रेनुका कोइरालाको पार्थिव शरीर यही सेप्टेम्बर १८ मा नेपाल जाने तय भएको प्रवक्ता घिमिरेले बताए ।

घिमिरेले भन्नु भयो वहाँहरुका परिवार र आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्न चाहन्छौं ईजरायलबाट नेपाल फर्कने क्रममा कोरोनाको पिसिआर परीक्षण रिपोर्ट नभएका कारण सेप्टेम्बर ९ देखि इस्तानबुलको एयरपोर्टमा अलपत्र पर्नुभएकी एक महिलालाई दुतावासले टर्कीका अधिकारीहरुसँग समन्वय गरि नेपाल फर्काउने प्रक्रियामा सहजीकरण गरेको समेत बताए ।

यसका साथै साईप्रस वा ईजरायल देशबाट जो कोही नेपाल पर्कान चाहेमा नेपाली राजदुतावास वा सम्बन्धित् देशमा रहेका समाजिक सघंसस्थाका प्रतिनिधिहरुसगं सम्पर्क गरि राजदुतावासमा जानकारी गराउन घिमिरेले अनुरोध गरे ।

यता साईप्रसबाट नेपालीहरुलाई स्वदेश फर्काउनका लागि गैरआवासीय नेपाली सघंका प्रमुख संरक्षक सुबास मल्ल , एन.आर.एन.ए साईप्रसका प्रतिनिधिहरु र नेपाली अवैतनिक वाणिज्यदूत डा. राम जीवन पन्जियारले विशेष पहल गरेका थिए ।

गैरआवासीय नेपाली सघ. साईप्रसले नेपालीहरुलाई स्वदेश फर्काउनका लागि आईओएमले सहयोग गरेकोमा धन्यबाद समेत दिएको र अगामी दिनमा आफूहरु सहकार्य गर्दै जाने जनाएको छ ।

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट