३ सेप्टेम्बर २०२०/साइप्रस
पापोसमा एक महिला माथी छुरा प्रहार भएको छ । आज दिउँसो भएको घटनामा ३६ वार्षिय महिला एसियन भएको बताइएको छ तर कुन देश को नागरिक हो भनि खुलाइएको छैन । उक्त महिलालाई उपचारको लागि हस्पिटल लगिएको छ ।


महिलाको अपरेसन भएको छ तर अवस्था गम्भीर रहेको साइप्रस मेल ले जनाएको छ । चक्कु प्रहार गर्ने पनि एसियन नै भएको बताइएको छ । अपराधीले महिलाको कार्यस्थल मै गएर छुरा हानेका थिए ।अपराधीलाई स्थानिय बासिले पक्राउ गरि प्रहरीलाई बुझाएको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
