२०८२ श्रावण १ बुधबार
LATEST NEWS
२०८२ श्रावण १ बुधबार

सोमबार ३९ मा कोरोना

२४ अगस्ट २०२०
आज साइप्रसमा ३९ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयले जनाए अनुसार पछिल्लो चौबीस घन्टामा गरिएको टेस्ट मध्य ३० जना एयरपोर्टमा गरिएको परिक्षण बाट पोजेटिभ देखिएका थिए । स्वास्थ्य मन्त्रालयले देशै भरि ३५२२ टेस्ट गरेको जानकारी दिएको छ । आज को डाटा सहित सन्क्रमित को संख्या १४६० पुगेको छ।
गत शनिबार ग्रीस देखि पापोस सम्मको उडानमा आएका मा यात्रु मध्य सत्र जना पोजेटिभ देखिएको हो भने आइतबार  ग्रीस बाट लार्नाका सम्मको उडानमा दुई जनामा कोरोना देखिएको हो।


त्यस्तै, आम्स्टाडाम बाट आएको उडानमा दस जना, लन्डनबाट आएको फ्लाइटमा तीन जना, रोमानियाबाट एक जनामा कोरोना पुष्टि भएको हो । अन्य २ जना भने लक्षण देखा परे पनि यात्रा गरेका थिए । सबै बिरामीको जाँच गराइ कन्ट्याक ट्रेसिङको काम सुरु गरि सकिएको मन्त्रालयले बताएको छ।
कन्ट्याक ट्रेसिङ बाट आज एकहत्तर जनाको टेस्टमा ३ जनामा कोरोना फेला पर्यो भने आफ्नै इच्छाले  छ सय बार्‍ह जनाले टेस्ट गराउदाँ एक मा कोरोना पुष्टि भएको थियो । सो व्याक्ती हालै अर्जेन्टिनाबाट फर्केका थिए ।साथै थप २ जना भने सरकारी प्रयोगशाला बाट पोजेटिभ देखिए ।

“सी ” क्याटेगोरी मा भएका देश बाट आउने यात्रुले पिसिआर टेस्ट नेगेटिभ भएको रिपोर्ट र चौध दिन “सेल्फ आइसोलेसन”  मा बस्नु पर्ने बताइएको छ। मन्त्रालयले हालै विदेश यात्रा गरेर साइप्रस आएका सबै नागरिकलाई फर्किएको सात दिन पछि पुन: पिसिआर टेस्ट गराउन अनुरोध गरेको छ।

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट