मङ्लबार ८ जनामा कोरोना, ३० करोड भ्याक्सिन किन्दै इयु

COVID 19 CORONA CYPRUS
Facebook
Twitter
LinkedIn

१८ अगस्ट २०२०
साइप्रसमा मङ्लबार आठ जनामा कोरोना संक्रमण दिखिएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ४३१५ टेस्ट गरिएको थियो जस मध्य ८ मा कोरोना देखिएको हो ।  कोरोना कहर सुरु भए देखि आज सम्मको तथ्यांकमा कोरोना सन्क्रमित को जम्मा संख्या १३५९ पुगेको छ ।
कहाँ कसरी भेटियो कोरोनाका बिरामी  ??
“कन्ट्याक ट्रेसिङ” मार्फत १३९ जना व्याक्तिमा गरिएको टेस्ट बाट एक जनामा संक्रमण भेटिएको थियो भने व्याक्तिगत डाक्टरले सिफारिस गरेका १६९ टेस्ट मध्य २ जनामा कोरोना देखिएको थियो ।
एयरपोर्टमा गरिएको २१९९ टेस्ट मा बेल्जियमबाट आएका एक सिपृयोट मा कोभिड १९ पोजेटिभ पाइएको छ । प्राइभेट ल्याब मा गरिएको ८५५ टेस्ट बाट तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भयो। एक जना लन्डन र अर्का मोरोक्को को यात्रा गरेर आएका व्याक्तिहरु हुन् भने अर्का एक सिपृयोट फुटबल खेलाडी हुन् । सरकारले द्वारा निशुल्क दिएको १० हजार टेस्ट कार्यक्रम अन्तर्गत ७७० परिक्षणमा एक जना मा संक्रमण देखिएको थियोे । सो व्याक्ती लिमासोल निवासी भएको बताइएको छ । उनी कोरोना सन्क्रमितको सम्पर्कमा आएका व्याक्ती हुन् तर कोभिड १९ को कुनै पनि लक्षण देखिएको थिएन तर टेस्ट पश्चात कोरोना पुष्टि भएको हो ।
सरकारी अस्पतालका प्रयोगशाला बाट ८२ र चेक पोइन्ट बाट १०१ टेस्ट बाट भने कोरोना संक्रमण नभेटिएको मन्त्रालयले जनाएको छ ।
भ्याकसिन खरिद गर्दै युरोपेली युनियनअगस्ट १४ मा युरोपेली युनियनले ३० करोड भ्याकसिन डोज खरिद गर्न डिल गरेको छ । “अस्ट्राजेनेका फार्मासुटिकल कम्पनी सङ भएको यो डिल महत्त्वपूर्ण छ। युरोपेली युनियनले निम्न र मध्यम वर्गीय आम्दानी भएका देश र अन्य युरोपेली देशलाई वितरण गर्नेछ । अस्ट्राजेनेका भ्याकसिन साइप्रसले कति संख्यामा पाउने छ भन्ने बारे यो हप्ताको अन्तिम सम्ममा थाहा हुने मन्त्रालयले जनाएको छ । उता, उत्तर साइप्रसको `स्वास्थ्य मन्त्रालय´ले पनि पछिल्लो २४ घन्टामा ९ जनामा संक्रमण भेटिएको बताएको छ। जानकारी अनुसार  १६९५ परिक्षण मा ९ मा देखिएका सबै जना विदेशबाट आएका व्याक्तिहरु हुन् ।

छुटाउनु भयो कि ?

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.