२०८२ असार १८ बुधबार
LATEST NEWS
२०८२ असार १८ बुधबार

निकोसिया बैन्क लुटपाट:एक जुत्ताले पक्राउ परे लुटेरा

१७ अगस्ट २०२०

निकोसिया स्थित अस्ट्रा बैन्क को शाखामा लुटपाट गरेको आरोपमा थप १ जनालाई साइप्रस प्रहरीले पक्राउ गरेको छ ।गत शुक्रबार चक्कु देखाइ बैंक बाट करिब तीस हजार युरो लुटिएको थियो । शुक्रबार अबेर सम्म प्रहरीले ३ जनालाई पक्राउ गरिसकेको भए पनि घटना संग संबंधित अन्यको खोजी गरिरहेको थियो । स्थानीय मिडिया फिले न्युजले सो लुटको सन्लग्नतामा १९ वर्षका एक जनालाइ पक्राउ गरेको बताएको छ । उमेरले १७, १९ र २० वर्ष दुई जना युवाले लुट को घटनालाइ अन्जाम दिएका थिए । स्थानीय मिडियाले जनाए अनुसार ती युवा सेवाग्राही बनेर बैन्क प्रवेश गरेर क्यासियरलाई चक्कु देखाइ करिब ३० हजार युरो लुटेर फरार भएका थिए

एउटा जुत्ताले पक्राउ
लुटको घटना पछि सिसिटिभी फुटेज र प्रत्यक्षदर्शी को बयान अनुसार प्रहरीले लुटेराहरुको खोजी सुरु गर्‍यो । लुटेराहरु पैदल नै फरार भएको थाहा पाए पछि बैक आसपासको क्षेत्रहरूमा सर्च अपरेसनको दौरान झाडी को छेउमा फेला परेको एउटा जुत्ताले अनुसन्धान अधिकारीको ध्यान खिच्यो जुन सिसिटिभी फुटेजमा देखिएको थियो जुन महत्त्वपूर्ण “लिड” थियो । सर्च अपरेसनमा महत्त्वपूर्ण लिड भेटिए पछि केही बेरमा नै झाडी मा लुकेर बसेका १७ वर्षीय युवालाई प्रहरीले प्रकाउ गर्यो ।प्रहरीले युवाबाट लुटिएको रकम, चक्कु मास्क र पन्जा बरामद गरेको छ ।
अनुसन्धानको क्रममा प्रहरीले अन्य अपराधीको जानकारी पाए पछि २० वर्षका २ जना गृक सिपृयोट युवालाई पक्राउ गर्न सफल भयो । शुक्रवार पक्राउ परेका ३ जनालाई शनिबार नै निकोसिया जिल्ला अदालतमा पेश गरिएको थियो। न्यायाधीशले ५ दिनको हिरासतमा राख्ने आदेश दिएका छन् ।
चौथो अपराधी पनि छिटै अदालतमा पेश गरिनेछ्न् ।

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट