२०८२ असार २७ शुक्रबार
LATEST NEWS
२०८२ असार २७ शुक्रबार

अब ५० जना सम्म जमघट हुन सकिने, बुधबार १४ जनामा कोरोना

१२ अगस्ट २०२०
कोरोना सन्कट को सकियो कि भनेर ढुक्क भएको केहि हप्ता नबित्दै एकाएक फेरि देखिएको संक्रमणले साइप्रसको स्वास्थ्य मन्त्रालयमा खतराको घण्टी बजाइदियो । लकडाउन को विभिन्न चरण पछि राहत महशुस गरेका सर्वसाधारणले सामाजिक दुरि , मास्क र अन्य व्याक्तिगत सुरक्षाको उपायमा लापरबाही गर्दा संक्रमण पुनः फैलिएको देखिन्छ जसको परिणाममा साइप्रसमा चाडपर्व उत्सब र कार्यक्रमहरु रोकिएका छन् ।
तर अगस्ट १५ बाट सुरु हुने सार्वजनिक विदालाई मध्यनजर गर्दै मन्त्रालयले लिमासोलमा हुने जमघट को प्रतिबन्धमा लचकता दिएको छ । बुधबार देखि लागू हुने गरि अब लिमासोलमा ५० जना सम्म एक साथ जम्मा हुने सकिनेछ। सार्वजनिक स्थलमा यस अघि १० जना भन्दा बढी जम्मा हुन मनाही थियो।
संक्रमण को फैलावट रोक्न लिमासोलमा नयाँ नियम लागू गरिएको छ ।
१. घर वा सार्वजनिक स्थलमा ५० जना भन्दा बढी जम्मा हुन नपाइने । मास्क अनिवार्य
२. रेस्टुरेन्ट तथा बार भित्र ७५ जना र बाहिर १५० जना मात्र
३.चर्च भित्र प्रोटोकोल अनुसार ७५ जना मात्र
४. अन्य स्थानमा लगाइएको नियम कायम नै रहेको छ जस्तै अनिवार्य मास्क प्रयोग

केही हप्ता देखि एकाएक कोरोना संक्रमणमा वृद्धि भए पछि मङलबार २५ संक्रमण संगै एक ७७ वर्षीय वृद्ध को मृत्यु भएको थियो । यता, वुधवार को पत्रकार सम्मेलनमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय ले जानकारी दिएको छ । पछिल्लो २४ घन्टा मा ३७७५ टेस्ट गरिएको थियो । बुधबार को डाटा सहित आज सम्म कोरोना संक्रमीत को जम्मा संख्या १२९१ पुगेको छ।

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट