२०८२ जेष्ठ १२ आईतवार
२०८२ जेष्ठ १२ आईतवार

लिमासोलमा भ्यानमा बिस्फोट

१० अगस्ट २०२०

लिमासोलमा बिहान एक भ्यानमा विस्फोट भएको छ । सोमबार बिहान निकोउ र डेस्पिना पत्ती स्ट्रीट मा ज्वलनशील रासायनिक सामग्री ट्रान्स्पोट गर्ने भ्यानमा बिस्फोट भएको हो ।भ्यानमा फस्फिन नामक पदार्थ ले भरिएको ब्यारेल राखिएको थियो । फस्फिन एक किसिमको ज्वलनशिल रङहिन बिस्फोटक ग्यास हो जुन सामान्य तापमान मा लसुन वा सडेको माछाको गन्ध जस्तै हुन्छ ।

बिस्फोट को खबर पाउना साथ प्रहरी, दमकल र एम्बुलेन्स सेवा घटनास्थलमा पुगेको थियो । भ्यानमा क्षति पुगे पनि स्थिति सामान्य र सुरक्षित बनाउन प्रहरीले आसपासका पसल बन्द गराइ र स्थानीय बासिन्दाको घर खाली गराएको थियोे । बिस्फोट बाट अन्य केही क्षति नभएको स्थानीय मिडियाले बताएका छन् ।

रोमानिया बाट आएको पानी जहाजमा अन्न संगै सो केमिकल ल्याइएको जानकारी स्थानीय प्रशासनले दिएको छ । नस्ट गर्न भनेर स्थानिय कम्पनीले सो पानी जहाज मार्फत सो केमिकल मगाएको बताइएको छ ।

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट