२०८२ जेष्ठ १२ आईतवार
२०८२ जेष्ठ १२ आईतवार

क्वारेन्टाइन तोड्नेलाई १ वर्ष जेल हुने, संक्रमित संख्या ११५५

सोमबार, ३ अगस्ट २०२०
पछिल्लो २४ घण्टा मा साइप्रसमा ५ नंया बिरामी फेला परेका छन् । २५८१ टेस्ट मध्य ५ मा कोभिड १९ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज को डाटा सहित सन्क्रमित को जम्मा संख्या ११५५ पुगेको छ ।
पहिलो पटक कोरोना पुष्टि भए देखि आज सम्म १९ को मृत्यु भै सकेको छ भने ८५६ जना निको भै सकेका छन् । आइतबार सम्म को विवरण अनुसार २७५ जनामा अझै पनि  संक्रमण सक्रिय छ जो क्वारेन्टाइन वा उपचाररत छन् ।

क्वारेन्टाइन कानुन तोड्नेलाई १ वर्ष जेल हुन सक्ने

पछिल्लो हप्ता लिमासोलमा संक्रमण ह्वात्तै बढ्यो । लकडाउन मा लगाइएका ४ नियम पुन: लागू गरियो । संक्रमण रोक्न देशै भरी मास्क लगाउन अनिवार्य गरियो । संक्रमण बढ्नुको पछाडि क्वारेन्टाइन बसाइ तोडेर बाहिर घुम्ने  कारण पनि एक रहेको छ ।
लिमासोलको घटना :-
शुक्रबार राती लिमासोल स्थित मोलोस पार्क मा सरकार द्वारा संचालित घुम्ती कोरोना परिक्षण कार्यक्रम अन्तरगत नमुना लिइदै थियो । जसमा केही दिन अघि मात्र एकै परिवारका ४ जनामा संक्रमण पुष्टि भए पछि होम क्वारेन्टाइन बस्न निर्देशन दिएको थियो । तर शुक्रबार साँझ फ्री कोरोना परिक्षण हुदै छ भन्ने थाहा पाएर परिवार का २ सन्क्रमित टेस्ट गराउन लाइन मा लागे र टेस्ट पनि गराए । जबकी उनिहरुको आइतबार को लागि रि-टेस्ट गराउने समय ल्याब बाट लिइ सकेको थियो । त्यहाँ बाट कति संक्रमण फैलियो यकिन छैन ।

लार्नाका घटना :- अमेरिका बाट फर्किएकि महिलामा कोरोना पोजेटिभ देखियो। सेल्फ आइसोलेसन मा बस्न दिएको निर्देशन तोडेर केहि दिन पछि उनि विभिन्न क्याफे, रेस्टुरेन्ट पुगिन्। साथी र आफन्त संग भेटघाट गरिन्। यति मात्र होइन उनीले ले छोरी जन्मदिन को पार्टी पनि आयोजना गरिन् । जसको परिणाम मा शनिवार सम्म मा उनको सम्पर्क मा आएका मध्य ९ जना कोरोना पोजेटिभ रहेको पुस्टि भएको छ । सोहि पार्टी मा सहभागी १३ वर्षिया बालिका लाइ पनि पोजिटिभ देखियो जसको उपचार अहिले निकोसिया स्थीत् मकारियु हस्पिटल मा भै रहेको छ। बाकि को कन्ट्याक ट्रेसिंग को काम जारि छ।

यी केहि घटना मात्र हुन् , आफ्नो ज्यान फालेर सर्वसाधारण को ज्यान जोखिम मा पार्ने गरेका छन्। यो परिस्थिति देखिए पछि साइप्रस सरकार कडा रुपमा प्रस्तुत भएको छ। एयरपोर्ट बाट गरिएको टेस्ट मा कोरोना पोजेटिभ पाइए १४ दिन आफ्नो घर मा क्वारेन्टाइन मा बस्न्नु पर्दछ जसको निरीक्षण गर्न दैनिक रुपमा प्रहरी घर मा आउनेछ। निरीक्षण मा आउदा घर मा नभेटिए सोहि समयमा ३०० युरो जरिवाना वा एक वर्ष को जेल सजाय हुने न्याय मन्त्रालयले बताएको छ। साथै क्वारेन्टाइन नियम तोडेको पुस्टि भएमा दफा १९० अनुसार ज्यान जाने रोगको संक्रमण फैलाएको आरोप मा पचास हजार युरो वा १ वर्ष जेल सजाय हुने स्पस्ट गरेको छ।

Read also : साइप्रस मा मास्क अनिवार्य , ३०० युरो जरिवाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट