२०८२ जेष्ठ १२ आईतवार
२०८२ जेष्ठ १२ आईतवार

आफ्ना नागरिकहरु प्रति नेपाल सरकार गम्भिर, नेपाल फर्कन चाहनेहरुका लागि फारम खुल्ला

दिनेश गौतम
१९ अप्रिल २०२०
युरोप साईप्रस ।
कोरोना भाईरसबाट सृजना भएको नेपाली समुदायहरुको समास्याहरु प्रति नेपाल सरकार गम्भिर हुदै साईप्रस सरकारलाई फेरि पत्र पठाएको नेपाली राजदुतावास ईजरायलले जानकारी दिएको छ ।


अहिले साईप्रसमा बसोबास गरिरहेका नेपाली विद्यार्थीहरुको समास्यालाई मध्य नजर गर्दै नेपाली दुतावास ईजरायलले साईप्रस सरकारलाई चिठी लेखि कलेज वा विश्वविद्यालयको शुल्कका बारेमा , घर भाडाको समस्याको बारेमा अवगत गराई रहेको दुतावासका उपनियोग प्रमुख एवमं प्रवक्ता अर्जुन घिमिरेले जानकारी दिए ।


कोभिड १९ संक्रमणबाट उत्पन्न भएको समास्यालाई मध्य नजर गर्दै नेपाली राजदुतावास ईजरायलले आज आईतवार देखि साईप्रस र ईजरायलबाट नेपाल जान चाहनेहरुका लागि विवरण संकलन कार्य सुरु गरेको छ । कोरोना भाईरसका कारणले रोजगार गुमाएका , काम नभएर समस्यामा परेकाहरु , विभिन्न समस्यामा परेकाहरुले साईप्रस र ईजरायललाई विट मार्दै नेपाल फर्कनेहरुको स्पस्ट विवरण संकलन गर्ने हेतुले अनलाईन फारम भर्न व्यवस्था गरिएको दुतावासले जनाएको छ ।


दुतावासका अनुसार यो फारम भर्ने वित्तिकै तत्काललै नेपाल फर्काउने भन्ने नभएर नेपाल जान चाहनेहरुको स्पस्ष्ट संख्या भए पछि आफुहरु यी दुबै देशमा रहेका नेपालीहरुलाई उद्दारका लागि नेपाल सरकारलाई अनुरोध गरिने र नेपाल सरकारको प्रतिक्रिया पश्चाप्त सुचना निकालेर सबैमा जानकारी दिने बताएको छ ।


फारममा नेपाल जान चाहनेहरुले दुतावासको अनलाईन फारम मार्फत आफनो नाम ,राहदानी नम्बर , तपाई साईप्रस कि ईजरायल बस्नुहुन्छ ? के पेशामा हुनुहुन्छ ? सम्पर्क नम्बर उल्लेख गर्नुपर्ने हुन्छ । दुतावासले फारम भरि सकेपछि पनि अत्यवाश्वयक समस्या भएको खण्डमा दुतावासको फेसबुक पेज वा ईमेल मार्फत सिधै सम्पर्क गर्न अनुरोध गरेको छ ।

फारम भर्न तल क्लिक गर्नुहोस्

नेपालि राजदुतावास इजरायल

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट