साईप्रसमा शुक्रवार ३७ जनालाई राहत वितरण

Facebook
Twitter
LinkedIn

दिनेश गौतम
साईप्रस निकोसिया
१७ अप्रिल २०२०

विश्वब्यापी महामारी कोरोना भाईरसको प्रत्यक्ष असरमा परेका साईप्रसका ३७ नेपाली विद्यार्थीहरुलाई राहत वितरण गरिएको छ ।

अबैतानिक नेपाली बाणिज्य दुतावास साईप्रसको प्रत्यक्ष निगरानी र गैरअवसिया नेपाली सघं साईप्रसको नेतृत्व तथा साईप्रसमा रहेका विभिन्न १२ ओटा समाजिक सघंसथहरुको सहकार्यमा अप्रिल ७ तारिख देखि लगातार राहत वितरण गरिदै आईरहेका छन । साईप्रसमा अहिलेको अवस्थामा सबै भन्दा बढि पिडित नेपाली विद्यार्थी लगाएत केही कामदारहरु समेत प्रभावित भएका छन ।

दुखका बेला सहयोग गर्ने भावनाले आफुहरु यहा रहेका सबै नेपालीहरुको साझा सस्था एन.आर.एन.ए साईप्रस सगं सहकार्य गरि राहत वितरणमा सभागि भएको किरात याक्थुगं चुम्लुगं साईप्रसका अध्यक्ष सविन सिगुले जानकारी दिए । सिगुका अनुसार आफुहरु विपतका बेला सबै नेपालीहरु एक भएर समाना गर्नु पर्ने बेला आएको बताउदै यस राहत कार्यक्रममा साईप्रसमा रहेका सबै समाजिक सघंसस्था एवमं सहयोगी मनका धनिहरु लाग्नु पर्ने आग्रह गरेका छन ।

उता किरात राई यायोख्खाकी प्रतिनिधि गोमा राईका अनुसार अहिले नेपाली समुदायका विद्यार्थीहरुलाई खाना र घर भाडाको समास्या रहेकोले तत्कालका लागि आफुहरु खानाको ब्यवस्था गरिरहेको र अगामी दिनमा पनि एन.आर.एन.एसगैं सहकार्य गरि अगाडी बढ्ने बताएकी छिन ।

गैर अवसिया नेपाली सघं जहिले पनि यहा रहेका नेपालीहरुको सुख दुखमा साथ दिने भएको र आफुहरुको सस्थालाई हरेक किसिमको सहयोग सल्लाह दिने भएको र यस्तो महामारीको समयमा मिलेर काम सहयोग गर्न पाएको नेपाल तामागं घेदुगं साईप्रसकी अध्यक्ष साँमो थोकरले खुसि ब्यक्त गर्नु भएको छ । थोकरले आफुहरु यहा घरमा थारै तलबमा दिनरात काम गरेर भएपनि आफनो दाजुभाई तथा दिदीबहिनीहरु भोकै नहोउन अत्यवाश्यक राहत बितरणमा आफुहरु जहिले सहयोग गर्न तयार रहेका बताउनु भएको छ ।

साईप्रसमा रहेका यि समाजिक सघंसस्थाहरुले यति साथ दिएर यहा रहेका लगभग ४५० भन्दा बढि नेपाली विद्यार्थी तथा पिडित कामदारहरुलाई राहत वितरण गरिएका एन.आर.एन.ए. साईप्रसका युवा संयोजक कुन्दन कार्कीले जानकारी दिए ।

छुटाउनु भयो कि ?

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.