२०८२ बैशाख १२ शुक्रबार
२०८२ बैशाख १२ शुक्रबार

लार्नाका क्षेत्रमा शनिवार ३० जनालाई राहत वितरण

दिनेश गौतम
१२ अप्रिल २०२०
साईप्रस युरोप
विश्वब्यापी कोरोना भाईरसको महामारीले साईप्रसमा रहेका नेपाली समुदायका विद्यार्थी तथा केही कामदारहरुलाई प्रत्यक्ष मारमा परिएकाहरुलाई लार्नाका सहरमा रहेको नेपाली समुदायका डेकेलीया ब्रिटिश सेनाको शिविर समुह , निराजन टुटु र सन्दीप राईहरुको समुहले ३० जना लाई हिजो शनिवार राहत वितरण गरेको छ ।
लार्नाका क्षेत्रमा रहेका खास गरि विद्यार्थी तथा केही बाहिर बसेर काम गरिरहेका र केही रिफिउजीहरुको दैनिकि कष्टकर बनिरहेको बेला आफुहरुले लगभग एक हजार ३०० बराबरको राहत वितरण गरेको सदस्य अम्रित मोक्तान तमागंले जानकारी दिए । उहाका अनुसार चामल १० केजी ,तेल ५ लिटर ,आलु २ केजी, प्याज २ केजी, दुध ३ लिटर ,दाल २ पोका ,सोयाविन १ प्याकेट , नुन एक प्याकेट , केचअप १ प्याकेट ,चाउचाउ ३ प्याकेट , अण्डा ३० ओटा लगाएत बितरण गरिएको जानकारी दिए ।

यस क्षेत्रमा यत्ति सम्म राहत पाएर आफुहरुको केही हद सम्म समास्या समाधान भएको अमेरिकन कलेजका विद्यार्थी प्रविन श्रेष्ठले जानकारी दिए । लार्नाका एरियामा रहेका विद्यार्थीहरुलाई त्यहा रहेका विभिन्न समाजसेवीहरुको पहलमा राहत वितरण गरिएको राहत पाएका विद्यार्थी लिला घले गुरुगंले जानकारी दिए ।

यहा रहेका पिडित विद्यार्थीहरु तथा केही रिफिउजीहरुलाई विभिन्न समाजिक सघंसस्थाका प्रतिनिधि ज्युहरुको आग्रहमा आफनो ब्यक्तिगत रुपमा राहत वितरण गर्नुभएका यस समुह लगाएत अग्रजहरुहरुलाई विशेष धन्यबाद प्रवासी नेपाली एकता मचंका सचिव केशव ठकुरीले दिएका छन ।

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट