२०८२ जेष्ठ १२ आईतवार
२०८२ जेष्ठ १२ आईतवार

दुई हप्ता लम्बियो उडान प्रतिबन्ध


समिम मियाँ

४ अप्रिल २०२०/ लिमासोल

साइप्रस सरकारले व्यवसायीक उडान माथी लगाएको प्रतिबन्ध थप दुई हप्ता लम्ब्याएको घोषणा गरेको छ । बिहिबार दिएको जानकारीमा कोरोनाको फैलावट रोक्न यो कदम उठाइएको बताइएको छ ।

यातायात मन्त्री यान्निस करौसोसले एक ट्विट गर्दै अप्रिल ४ तारिख मध्यरात देखि १४ दिनको लागि प्रतिवन्ध लागू हुने बताउनु भयो ।

यात्रु बोक्ने बिमान बन्द भए पनि कार्गो विमान भने सन्चालन मै रहने बताउदै युरोप तथा अन्तर्राष्ट्रिय देशमा देखिएको नाटकीय परिस्थितिको मुल्यांकन गर्दै साइप्रसले यो निर्णय गर्नु परेको उहाँले भन्नू भयो ।


मार्च २१ देखि लागू भएको प्रतिवन्ध ३ अप्रिलमा खुल्नु पर्ने थियो ।
शुक्रबार सम्म ३९६ जनामा कोरोना संक्रमण पुष्टि भै सकेको छ भने १० को मृत्युु भएको छ ।

२८ जना निको भएर घर फर्किएका छन् ।


कोरोना संक्रमण रोक्न मार्च १६ देखि साइप्रस प्रवेश गरेका यात्रुलाई सरकारले विभिन्न क्वारेन्टाइन सेन्टर मा राखेका मध्य पहिलो समूह गत बिहीवार घर फर्किएका छन्

२३ मार्च देखि सुरु भएको लक डाउन अप्रिल १३ सम्म जारी रहने छ।

यो पनि पढ्नुहोस् : कोरोना रोक्न साइप्रसको कठोर कदम : ३ हप्ता लक डाउन

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट