साईप्रसमा मृतकको सख्यां १० पुग्यो ३६ जना नया बिरामीहरु, उत्तरी साईप्रसमा ४ नया विरामी

Facebook
Twitter
LinkedIn

२० चैत २०७६ युरोप साईप्रस । विश्वमहामरी कोरोना भाईरसबाट साईप्रसमा आज बिहिवार थप एक जनाको मृत्यु भएको छ भने ३६ जना नया संक्रमित बिरामी फेला परेका छन । आज एक लिमासोल सहरकी महिलाको मृत्यु भएको छ र योसगै यहा कोरोनाबाट मृत्यु हुनेहरुको सख्यां १० पुगेको छ भने जम्मा संक्रमितहरुको सख्यां ३५६ जना रहेको स्वास्थ्य मन्त्रालयलार्इ उदृत गर्दै यहाका सचांर माध्यमहरुले जनाएका छन । हिजोको तुलनामा आज ३६ जना विरामी भेटिए पनि यो सख्यां हाम्रो लागि ठुलो हो भन्दै यहा रहेका सबै नागरिकहरुले सरकारले गरेको हरेक गतिविधिलाई सहयोग गर्नुपर्ने सरकारका प्रतिनिधि कोस्त्रीकीस्को भनाई छ ।

उता उत्तरी साईप्रसमा आज चार नया कोरोना संक्रमित बिरामी भेटिएका छन । यो सगै उत्तरी साईप्रसमा विरामीहरुको संख्या ८१ जना भएकोर मृतकको संख्या २ पुगेको छ ।

छुटाउनु भयो कि ?

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.