समिम मियाँ
३० मार्च/लिमासोल
साइप्रस सरकारले लक डाउन थप कडा बनाउन आज नयाँ कदमको घोषणा गरेको छ ।
अब अत्यावश्यक परेको खण्डमा प्रती दिन एक Sms मात्र पठाउन मिल्ने बताएको हो । अब कमजोर र वृद्ध (65 वर्ष माथी) का व्याक्ती ले मात्र डिक्लेरेसन पेपर लिन मिल्ने बनाइएको छ ।
यो नियम भोलि बिहान 6 बजे बाट लागू हुने छ भने दैनिक रातमा कर्फ्यु लाग्ने छ। । राती 9 बजे देखि बिहान 6 बजे सम्म कर्फ्यु लाग्ने छ । इम्प्लोयर बाट यो अवधिमा फर्म ए पाएका ले मात्र बाहिर निस्कन अनुमती दिइएको छ। यश अघिको घोषणामा अत्यावश्यक परिस्थितिमा जो सुकैले पनि sms वा डिक्लेरेसन फर्म भरेर निस्कन मिल्ने थियो ।

अब यो नियम नमानेको खण्डमा जरिवाना लाई दोब्बर पारिएको छ । पहिले 150 युरो को जरिवाना भोलीबाट 300 युरो हुनेछ । जरिवाना तिर्नु परेमा 15 दिन भित्र तिरी सक्नु पर्ने बताएकी छ अन्यथा प्रहरीले केश बनाएर अदालत मा उपस्थित गराउन सक्ने व्यवस्था गरिएको स्थानीय मिडियाले जनाएको छ ।
रास्ट्रपति निकोस अनास्ट्सियादास को अध्यक्षतामा बसेको कोभिड १९ सम्बन्धी मन्त्रीको समितीले सोमबार बिहान यो निर्णय गरेको स्वास्थ्य मन्त्रीले बताउदै कोरोना नियन्त्रणमा कडाइ गर्न यो घोषण गरिएको बताए ।
