२०८२ असार २२ आईतवार
LATEST NEWS
२०८२ असार २२ आईतवार

कोरोना खोप भण्डार गर्ने फ्रीजर आइपुग्यो

२० डिसेम्बर २०२०/ लिमासोल

कोरोना को खोप भण्डारण गर्न आवश्यक पर्ने फ्रीजर साइप्रस आइपुगेको छ। पानी  जहाज बाट शनिवार बिहान आइपुगेको डिप  फ्रेजर   जापानमा बनेको हो।  कोरोनाभाइरस विरुद्द प्रयोग हुने बायोटेक/ फ़ाइजर भण्डारण गर्न अत्याधिक कम  माइनस ७५ डिग्री सेल्सियस तापक्रम आवश्यक पर्ने हुनाले यी विशेष किसिमका फ्रिजर खरिद गरिएको हो।  एक फ्रिजर को मूल्य करिब पन्ध्र हजार युरो रहेको स्थानीय मिडियाहरुले बताएका छन्।

भ्याक्सिनहरु सबै  सेन्टरपोइन्ट मा राखिने  र त्यहिँ बाट देश भरिका खोप केन्द्रमा वितरण हुने औसधी फ़ार्मासुटिकल सर्भिसका प्रमुख कोस्तास हिमोनसले बताए।  उहाँका अनुसार फ्रिजरमा  एक लाख तिस हजार भ्याक्सिन स्टोर गर्न सक्ने क्षमता रहेको छ।  “फ्रिजरहरु सबै निर्धारित सुरक्षा प्रणालीहरु अनुसार बनेका छन् ”  उनले थपे।

डिसेम्बर २७ तारिखमा अन्य युरोपियन मुलुक संगै साइप्रसले पनि कोरोना खोप को पहिलो ब्याच प्राप्त गर्ने स्वास्थ्य मंत्री कोंस्तान्तिनुस आयन्नु केहि दिन अघि नै बताईसक्नु भएको छ।

मन्त्रालयका ट्रेनिंग प्राप्त स्टाफहरु मात्र  खोप केन्द्र का इन्चार्ज रहने छन्।  सबै जिल्लाका ३८ खोप केन्द्र लाई वृद्धि गरि एक सय सम्म पुर्याउने योजना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशमा  पहिलो भ्याक्सिन राष्ट्रपति निकोस अनास्ट्सियादेशलाई लगाइने बताइएको छ।

 

 

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट