समिम मियाँ
१० नोभेम्बर २०२०/ लिमासोल
राष्ट्रपति नोकोस अनास्टसियादेश सँग रोग महामारी विज्ञको सल्लाहकार कमिटिले सोमबार छलफल गरि महामारीको स्थिति बारे जानकारी गराएको छ। कमिटिले राष्ट्रपति समक्ष कोरोना नियन्त्रण गर्न, जनस्वास्थ्य प्रणाली को सम्बन्धमा , महामारी बारे गरिएको अध्ययन र पछिल्लो दिनको कोरोना अपडेट बारे पनि जानकारी गराएको हो।

साथै, कोरोना नियन्त्रण गर्न सरकारले चाल्नु पर्ने कदमको सिफारिस गरेको छ। सिफारिसमा सामान्य उपाय देखि पुर्ण लकडाउन, स्थानीय स्तरको लकडाउन वा कडा नियम बारे बताइएको छ।
हाल लिमासोल र पापोस रेड जोन मा रहेको कोरोनाको हटस्पट मानिएको छ। गत महिना लिमासोल बाट मात्रै १८०० जना संक्रमित भेटिएका थिए। जसको कारण सरकारको पछिल्लो केहि घोषणामा अन्य जिल्ला भन्दा लिमासोल र पापोस मा विशेष नियम लागु गर्दै आएको छ।
कमिटि संग को छलफल पश्चात राष्ट्रपतिले २ दिन भित्र निर्णय गर्ने सरकारका प्रवक्ताले जानकारी दिए। बुधबार बेलुकी ७.४५ बजे मन्त्रीपरिषदको बैठक पश्चात स्वास्थ्य मंत्री वा रास्ट्रपति स्वयम् ले निर्णय बारे जानकारी दिने छन्।

पुर्ण लकडाउन गर्नु भन्दा आवश्यकता अनुसार जहाँ जुनसुकै स्थानमा स्थानीय स्तरमा नियम लागु गर्दा प्रभावकारी हुने सल्लाहकार कमिटिमा आवद्द सदस्यहरुका बताएका छन्।
हालको परिस्थिति हेर्ने हो भने अन्य जिल्ला बाहेक लिमासोल र पापोसमा स्थानीय लकाडाउन लागु गर्न सक्ने सम्भावना देखिएको छ। अत्यावश्यक बाहेक सबै व्यवसाय बन्द गर्ने र स्कुल भने नियमित खुल्ला हुन सक्ने सम्भावना धेरै छ।
विश्व स्वास्थ्य संगठनले पनि स्थानीय स्तरमा कदम उठाउन सुझाव दिने गरेको छ।
युनिभर्सिटी अफ निकोसिया मेडिकल स्कुल का माइक्रोबायोलजी तथा भाइरोलोजि प्रोफेसरले अहिले नै कदम नचालिए अस्पतालमा बिरामीको अत्याधिक चाप बढ्न सक्ने बताउनु भयो।
सोमबार सम्म अस्पताल भर्ना हुने को संख्या ८५ पुगिसकेको छ। यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
आज दिइने स्वास्थ्य मन्त्रालयको कोरोना अपडेट ले भोलि हुने निर्णय मा महत्वपूर्ण भूमिका खेल्नेछ।