२०८२ असार २९ आईतवार
LATEST NEWS
२०८२ असार २९ आईतवार

कोरोना रोक्न साइप्रसको कठोर कदम : ३ हप्ता लक डाउन

समिम मियाँ
२४ मार्च/ लिमासोल

राष्ट्रपति निकोस अनास्टसियाडेसले कोरोना को महामारी रोक्न मंगलबार देखि देश लक डाउन गर्ने घोषणा गर्नु भएको छ।

हिजो सोमबार राष्ट्रको नाम मा सम्बोधन गर्दै राष्ट्रपतिले मंगलबार बेलुकी ६ बजे देखि लागु हुने गरि अप्रिल १३ सम्म लक डाउन गर्ने घोषणा गर्नु भएको हो। अत्यन्तै जरुरी काम बाहेक बाहिर निस्किन निषेध गरिएको छ।

“हामी युद्दमा छौ। यो त्यस्तो युद्ध हो जुन हामीले आफ्नो स्थानमा बस्यौं भने मात्र जित्न सकिन्छ। ” राष्ट्रपति निकोस भन्नु भयो।

‘अदृश्य दुश्मन’ कोरोनाले दिएको चुनौतिलाई परास्त गर्न कठोर भन्दा कठोर उपायाहरु अवलम्बन गर्नु पर्ने आवश्यकता छ। उहाँले जोड्नु भयो।

पार्क, बच्चा खेल्ने स्थानहरु, समुन्द्रतट, सार्वजनिक पार्क तथा सभा स्थल , मारिनाहरु, ड्याम , निर्माणस्थल साथै चर्च तथा मस्जिद लगायतका धार्मिक स्थलमा जान समेत निषेध गरिएको छ।

मार्च ९ मा पहिलो पटक कोरोना संक्रमण देखिए पछि एकै दिन मा अहिले सम्मकै ठुलो संख्या २१ जनामा सोमबार भेटिएको थियो। दक्षिण साइप्रसमा मात्र ११६ र उत्तरी साइप्रसमा ३९ जनामा संक्रमण पुस्टि भै सकेको छ।

सरकारले यस अघि नै शैक्षिक संस्था , हवाई उडान, सपिङ्ग मल होटेल र मनोरंजन स्थल हरु बन्द गरिसकेको छ।

मार्च २४ बाट अप्रिल १३ सम्म लागु हुने लक डाउन मा के गर्न पाइन्छ त ?

निम्न कारणहरु हुदा बाहिर निस्किन सकिन्छ।

  • अनुमति प्राप्त काममा जान र आउन
  • अनुमति प्राप्त भएको स्टोर बाट दैनिक उपभोग गर्ने समान किन्न
  • फार्मेसी वा डाक्टर मा जान
  • बैक मा जान
  • असहाय, कम्जोर र अपाङ्लाइ सहयोग गर्न जान
  • बिवाह, मलामी र नाम राख्ने समारोह मा जान , धेरै मा १० जना सम्म जम्मा हुन मिल्ने
  • आफ्नो घरको वरिपरि व्यायाम गर्न र कुकुर डुलाउन जान , बढिमा २ जना

यो पनि पढ्नुहोस् : कोरोना प्रभाव : साइप्रसमा विद्यार्थीलाई न काम न दाम

घर बाहिर यी कारणले निस्किन परेमा भिसा(पिङ्क) कार्ड वा पासपोर्ट वा परिचय खुल्ने आवश्यक कागजात लिएर मात्र निस्कन भनिएको छ। सरकारले कडाइका साथ लागु गरेको यी नियम नमानेको खण्डमा १५० युरो जरिवाना तिर्नु पर्ने स्पस्ट पारेको छ।

यो निषेधाज्ञामा कुन कुन पसल हरु खुल्ला हुन्छन त ?

सरकारले निम्न श्रेणीका पसल तथा स्टोरलाई खोल्न अनुमति दिएको छ।

  • सुपरमार्केटहरु
  • बेकरी
  • कियोस्क
  • माछा तथा मासु मार्केट
  • फार्मेसी
  • अपाङ्गका लागि सामान बेच्ने पसलहरु
  • घरपालुवा जनावरका पसल
  • कार तथा बाइक का पार्ट्स पसल र ग्यारेज
  • टायर पसल
  • अप्टिसियन ( चश्मा पसल )
  • पोस्ट अफिस
  • टेलिकम सेवा को बिल जम्मा गर्ने रिटेल शपहरु

खुल्ल्ला मार्केट , बजारहरु र सडक छेउ राखेर गरिने स-साना पसल हरु पनि संचालनमा निषेध गरिएको छ।

यो पनि पढ्नुहोस : कोरोना भाइरस (कोभिड-१९) – भ्रम र यथार्थ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट