२०८२ असार २२ आईतवार
LATEST NEWS
२०८२ असार २२ आईतवार

कोरोना परिक्षणको रिपोर्ट नल्याए साइप्रस प्रवेश निषेध

साइप्रस नेपाल / १७ मार्च

स्वास्थ्य परिक्षणको रिपोर्ट नलिई आएका ३ जना नेपाली लाई साइप्रस प्रवेश नदिएको स्थानीय मिडियाले जनाएका छन् । दोहा ट्रान्जिट हुदै आएका ति नेपालीले कोरोना संक्रमण नभएको भनि  कागजात देखाउन नसक्दा दोहा नै फिर्ता पठाएको संचारमाध्यम ले बताएका छन्।  

साइप्रस सरकारले १६ मार्च दखि साइप्रस प्रवेश गर्न स्वास्थ्य परिक्षण गराएर कोरोना  नेगेटिभ भएको रिपोर्ट देखाउनु पर्ने र १४ दिन सरकारी क्वारेन्टाइनमा अनिवार्य बस्नै पर्ने नियम बनाएको छ।  १६ मार्च देखि 30 अप्रिल सम्म यो नियम लागू हुने सरकारले बताइसकेको छ ।

यी नियम नमानेमा साइप्रस प्रवेश नदिने सरकारले स्पस्ट पारेको छ। कोरोना भाइरस को संक्रमण रोक्न सरकारले कडा कदम उठाई रहेको छ। 

विभिन्न देशका लागि कोरोना परिक्षण गर्ने ल्याब बारे सरकारले नामावली जारि गरेको भए पनि नेपाल का लागि भने परिक्षण ल्याब तोकिएको छैन जसले थप अन्यौलता सृजना गरेको छ।

दैनिक जीवनमा अत्यावश्यक पर्ने सेवाहरू जस्तै सुपरमार्केटहरू, फार्मेसीहरू, बेकरी, पेट्रोल स्टेशन,कियोस्क र निजी स्वास्थ्य सेवाहरू बाहेक अन्य सबै निजि कम्पनि को कामकाज ४ हप्ताको लागि बन्द गराई सकेको छ।

यो पनि पढ्नुहोस् :साइप्रस आउँन नयाँ नियम, क्वारेन्टाइन बस्नै पर्ने बाध्यता

निजि कम्पनीहरु जस्तै सपिङ्ग मल, पसलहरु, सिनेमा, थिएयटर, सलुन, मसाज सेन्टर, बार तथा पब, लाइब्रेरी ,क्यासिनो तथा बेटिङ सेन्टर, पुरातात्त्विक स्थानहरु, डिपार्टमेन्टल स्टोर, थिम पार्क संग्रहालयहरु र क्याफे तथा कफि सफ , रेस्टुरेन्टहरु बन्द छन्। जसको प्रत्यक्ष मार मा नेपाली विधार्थी पनि परेका छन्।

मंगलबार बेलुकी स्वास्थ्य मन्त्रालयले ४९ जना मा संक्रमण भेटिएको  बताएको छ।  टर्कीस साइप्रसमा पनि ७ जनामा कोरोना पुस्टि भएको छ।


यो पनि पढ्नुहोस् :शरीरका १० अंगमा रहेका कोठीले दिन्छन् यस्ता संकेत

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट