२०८२ जेष्ठ ३ शुक्रबार
२०८२ जेष्ठ ३ शुक्रबार

साइप्रसमा ल्होसार तथा मकर सकराती मनाईयो


दिनेश गौतम
27 जनवरी /युरोप साईप्रस

बौद्ध धार्मावलम्बीहरुको २१४७औ सोनाम ल्होसारको अवसर पारेर ह्यल्मो एकता समाज साईप्रसले विबिधसास्कृतिक कार्यक्रम ल्होसार पर्ब मनाएका छन ।

साईप्रसको लिमासोल सहरमा ह्यल्मो समाजले पहिलो पटक आफनो भेषभुषा झल्कीने गरि ल्होसार मनाएका हुन ।

समाजकी अध्यक्ष दिकी ह्यल्मोको अध्यक्षता तथा अबैतनिक बाणिज्य दुत डा. राम जिवन पजिंयारको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा यहा रहेका सबै समुदायले नेपालको पर्यटन बर्षलाई भब्यताका साथ मनाउनका लागि एक जुट हुनु पर्नेमा जोड दिईएको थियो ।

hyolmo-unity-cyprus

कार्यक्रममा गैरअवसिया नेपालीसघं साईप्रसका महासचिव कृपा थापा , धातानन्द पाण्डे, कुमार सिहं लगाएतले नेपालीहरुको पहिचान नै सबै भाषाभाषीहरुको संरक्षण गर्नुरहेको भन्दै बौद्ध धर्मलाईयुरोपियन देशमा प्रचार प्रसार साथै बुद्धको ज्ञानलाई सारा संसारमा बाड्ने काम ह्यल्मो समाजले गरेको प्रति प्रसांसा समेत गरेका थिए ।

सस्थाकी प्रतिनिधि मिनमर ह्यल्मो तथा कर्चुगं ह्यल्मोको संचालनमा भएको कार्यक्रममा कार्यक्रम सफल बनाउने समाजसेबी तथा सदस्यहरुलाई सम्मान पनि गरिएको थियो ।

hyolmo-unity-cyprus


उता नेपाल मगर सघं साईप्रसले मगर माघे संक्रान्ती तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । संघका अध्यक्ष खगेन राना मगरको अध्यक्षतामा भएको माघे संक्रान्ति तथा सस्कृतिक कार्यक्रममा युरोपका चर्चित गायक तुलसी शिवाकोटीले तुल्सी आँगनमा रोपौला, माया को बारीमा प्रितिको फुल लगाएत विभिन्न नेपाली आधुनिक तथा पप गितहरु पस्केर दर्शकहरुलाई मनोरन्जन दिलाएका थिए ।

magar dress
photo by: Samir gopal magar

संस्थाका महासचिव दर्शन मगरको संचालनमा भएको कार्यक्रममा गैर-आवासीय नेपाली सघं, साइप्रसका पुर्व अध्यक्ष तथा समाजसेबी सुबास मल्ल , एन.आर.एन.ए साईप्रसकी अध्यक्ष दिल कुमारी मगर , महिला प्रतिनिधि सरिता चौधरी , पत्रकार समिम मिया , जनसम्पर्क समितिकी सह महामन्त्री लक्ष्मी पौडेल लगायत् विभिन्न संघसंस्थाका प्रतिनिधिले सहभागीता जनाएका थिए ।

मगर संघ साइप्रसले मनायो माघे सकराती (फोटो/भिडियो सहित )

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट