२०८२ जेष्ठ ३ शुक्रबार
LATEST NEWS
२०८२ जेष्ठ ३ शुक्रबार

जाडोमा कोरोना बढे संगै लकडाउन हुने सम्भावना कति छ ?

समिम मियाँ
०७ अक्टोबर २०२०/ लिमासोल

केहि हप्ता देखि साइप्रसमा कोरोना संक्रमण दिनहुँ देखिन थाले पछि फेरी लकडाउन हुने हो कि भन्ने चिन्ताले धेरैलाई सताइरहेको छ। मंगलबार र बुधबार दुई दिनमा दुई जनाको मृत्यु हुनुले थप चिन्ता पैदा गरेको छ। हाल देखिएको महामारी प्रति जनतालाई सचेत बनाइ कोरोना को संक्रमणको फैलावट रोक्न सरकारले कोरोना ‘हटस्पट’ मा विभिन्न कदम चालेको छ। देश भरि मास्क लगाउनु अनिवार्य त छदै छ तर पनि सामाजिक दुरी र मास्क लगाउने प्रति सर्वसाधारणले लापरवाही गरेको देखिन्छ।

भ्याक्सिन तयार भएर बजारमा नआए सम्म हामीले हाम्रो दैनिकीमा मास्क, सेनेटाइजर र भौतिक दुरी कायम राख्ने बानीलाई जीवनशैलीको रुपमा अपनाउनै पर्ने हुन्छ। भ्याकसिन वा औसधी पत्ता नलागुन्जेल आफु र आफ्नो समुदायको सुरक्षा गर्नु हाम्रो जिम्मेवारी हो भन्ने मन मस्तिस्कमा राख्नै पर्छ। आउदै गरेको जाडो महिनामा कोरोना अझै बढ्न र फैलावट पनि ठुलो हुन् सक्ने सम्भावनाको आकलन स्वास्थ्य मन्त्रालयले गरेको छ। मौसम परिवर्तन हुँदा देखिने सामान्य रुघाखोकी भनेर लापरवाही गर्दा तपाइँ र आसपासका अन्यलाई पनि हानि पुग्न सक्छ त्यसैले कोरोना भाइरस बारे विभिन्न संचार मध्यमबाट जानकारी लिनु जरुरी छ।

मौसमी संक्रमण नभई कोरोनाको लक्षण देखिएमा लापरवाही वा वेवास्ता नगरी परिक्षण गराउनु पर्छ। परिक्षण गराएको ६० देखि ७५ युरो सम्म लाग्छ जुन साइप्रस भरि रहेका सरकारी वा प्राइभेट हस्पिटल ल्याब मा गराइन्छ। साथै कन्ट्याक्ट ट्रेसिंग गर्न तपाइको सम्पर्क मा आएका सबै को जानकारी पनि दिनु पर्छ चाहे त्यो एक सय जना नै किन नहोस्। जसले कोरोना संक्रमण फैलावटको ‘चेन’ टुटाउन सजिलो हुन्छ।

(कोरोना परिक्षण गर्ने ल्याब को सुची यहाँ क्लिक गरेर हेर्नु होला )

साइप्रस सरकारले तीन आधारलाइ मुख्य रणनिति बनाई कोरोना नियन्त्रण गर्ने लक्ष्य लिएको छ। जसमध्य ठुलो संख्यामा परिक्षण गर्ने, सतर्कता पुर्वक कन्ट्याक्ट ट्रेसिंग गर्ने र स्वास्थ्य प्रोटोकलको पालना गर्ने रहेको छ। भाइरस फैलाउने कि नियन्त्रण गर्ने त्यो सर्वाधारणको व्यवहार र दृष्टिकोणमा भर पर्ने स्वास्थ्य मन्त्रालयले भनेको छ। डाक्टर र वैज्ञानिकको टोलिले सबै ताजा आंकडाको मुल्यांकन गरिरहेका छन्। सावधानी अपनाए लकडाउन गर्न नपर्ने तर स्थानिय स्तरमा विभिन्न नियम र उपायहरु लागु गर्ने तर्फ भने मन्त्रालयले जोड दिएको छ ।

बुधबार थप १ को मृत्यु, २१ मा कोरोना पुस्टि

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट